Monday, 13 May, 2024
शिक्षा

शिक्षक संगठनमा रायमाझी, प्राध्यापक संघमा बस्नेत

शनिवार एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम थाहा नगर भेलामा सम्पन्न भएको छ । प्रमुख अतिथि  प्रदेश सभा सदस्य कुमारी मुक्तानले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गइरहेको शिक्षकहरुले ध्यान दिनु पर्ने बताउनु भयो । शिक्षक अब कुनै पनि अवस्थामा निराश हुनु नपर्ने तर प्रदेश सरकार संगै सकृय भएर अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभयो । मोक्तानले सरकारले पूर्णता पाउने वित्तिकै पार्टी एकता हुने भएकोले कम्युनिष्ट बहुमतको सरकारले सबै शिक्षकको हितमा काम गर्ने भन्दै आफ्नो पेशामा राम्रोसंग लाग्न सुझाब दिनु भएको छ । 
एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका जिल्ला उपाध्यक्ष राजाराम कार्कीको सभाध्यक्षतामा भएको भेला पालुङ बहुमुखी क्याम्पसका सप्रध्यापक विजयबाबु बस्नेतले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश नं. ३ का सदस्य भोगेन्द्र लुईटेल, माओवादी केन्द्र थाहा नगरका अध्यक्ष अरुण रायमाझी, थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट र अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका श्याम छत्कुलीको विशेष आतिथ्यता रहको थियो । 
   कार्यक्रममा जनकल्याण माविका शिक्षक मनोज रायमाझीले सबैलाई स्वागत गरेका थिए । एकीकृत माओवादी केन्द्र थाहा नगर कमिटिका अध्यक्ष रायमाझीले शिक्षकहरुको अहिले सम्मकै सबैभन्दा ठूलो भेला भएकोले सम्पूर्ण शिक्षकहरुको एकआपसमा समन्वयको वाताबरण तयार भएकोले थाहा नगरमा गुणस्तरीय शिक्षाको लागि सबै लाग्नु पर्ने बताउनु भयो । शिक्षकलाई अगाडी बढ्नको निमिक्त सदैब पार्टीको साथ र सहयोग रहने रायमाझीले बताउनु भयो । त्यसैगरि शुभकामना मन्तव्यको क्रममा थाहा नगरनगर प्रमुख विष्टले अब शिक्षकको अधिकार खोसिने भन्दा पनि थपिने हुनाले शिक्षकलाई ढुक्क भएर अगाडि बढ्न सुझाब दिनुभएको थियो । कार्यक्रमको अवसरमा थाहा नगरपालिका २ घाटदेवी आधारभूत विद्यालयमा अध्यापन गराईरहनुभएका र  अहिले अवकास प्राप्त कृष्ण कुमार कार्कीलाई दोसल्ला सहित सम्मान गरिएको थियो । 
    भेलाले मनोज रायमाझीको अध्यक्षतामा १७ सदस्यीय थाहा नगर शिक्षक संगठन गठन गरेको छ ।  उपाध्यक्षमा रामचन्द्र कार्की, जंगबहादुर लामा, सचिवमा देवेन्द्र कार्की, सहसचिवमा राजकुमार मोक्तान र कोषाध्यक्षमा विष्णुमाया डिम्डुङ बिष्ट चयन भएका छन् भने सदस्यहरुमा सन्देश गोपाली, श्रमिका गोले, सीता कार्की, ममता थिङ, तुलसी पौडेल, राजकुमार मोक्तान, सिताराम घलान, राजेन्द्र बलामी, किश्वर गोपाली, विकास प्रधान, सूर्य बहादुर थिङ, अमृत थोकर चयन भएका छन् । भेला थाहा नगरपालिका ३ नयाँ गाउँको रुपचन्द्र स्मृति भवनको हलमा भएको हो । 
    यसै बिच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट राष्ट्रिय प्राध्यापक संघको दोश्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बिजयबाबु बस्नेतको अध्यक्षतामा ७ सदस्यिय नयां कार्यसमिति चयन गरेको छ । समितिको सचिवमा तोयानाथ काफ्ले, कोषध्यक्ष राजन मिश्र, सदस्यहरुमा बिष्णुमाया हिमडुङ बिष्ट, राखी लामा, मनोज रायमाझी सर्बसम्मत चयन भएकाछन् । बिजयी कार्य समितिलाई प्रमुख अतिथि प्रदेश सदस्य मोक्तानले सम्मान गर्नु भएको थियो ।


world-link-1690434568.jpg
मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...