jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

शिक्षक नरेन्द्र प्रसाद सिंहलाई पुर्व विद्यार्थीको सम्मान

narendra-sir-1680363025.jpg

सामान्यतया सरकारी सेवाका कर्मचारीको सरुवा दुईदेखि पाँच वर्षभित्र हुने गरेको पाइन्छ । शिक्षकको पनि विभिन्न समयमा सरुवा हुने गरेका खबर हामी पाउँछौँ तर एउटै विद्यालयमा ३८ वर्षसम्म अध्यापन गराएर सोही विद्यालयबाट अवकास हुने शिक्षकको सङ्ख्या हेर्ने हो भने कमै भेटिन्छन् ।

मकवानपुर थाहा नगरपालिका-३ स्थित जनकल्याण  माध्यमिक विद्यालयका शिक्षक नरेन्द्र प्रसाद सिंह  ३८ वर्ष एउटै विद्यालयमा निजीश्रोत बाट अध्यापन  गरेर बिदाइ भएका छन् । २०७९ चैत ५ गते  सेवा अवधि पूरा भएर अवकाशप्राप्त जीवन फर्कदा शिक्षक सिंहलाई पुर्व विद्यार्थीहरुले भावविह्वल हुँदै बिदाइ गरेका छन् ।
देशको  तराईको भिन्न हावापानी र रहन सहनमा हुर्के बढेको कलिलो व्यक्तित्व  सिंह सर तत्कालीन पन्चायतकालीन परिवेश देखी नै यस पहाडी ईलाका दामन पालुङमा आएर शिक्षण पेशामा दृढ रही आफ्नो सम्पूर्ण जीवन यस क्षेत्रको हावापानी रहनसहन, शैक्षिक, धार्मिक, सांस्कृतिक सबै पक्षको चिन्तन मननमा सदैब अग्रसर रहदै यहाँको शिक्षाको ज्योतिलाई बिना भेदभाव सबैमा निरन्तर बाड्न अनवरत र अभिछिन्न रुपले लागिरहनु भयो।


बिगत ४ दशकदेखि थाहा नगरपालिकामा अवस्थित जनकल्याण माध्यमिक विद्यालयमा अनवरत शिक्षण पेशा त्योपनी स्थायी शिक्षकको रुपमा नभै निजीश्रोतको रुपमा अध्यापन गराउदै आइरही २०४१ साल देखि २०७९ साल चैत ५ गते उमेरहदका कारण अवकाश पाउदै चार दशकलामो आफ्नो शैक्षिक पेशाको अन्त गर्दै अन्ततः अब आफ्नै जन्मथलो फर्कदै गर्नुभएका सिंह सर अर्थात नरेन्द्र प्रसाद सिंहलाई वहाँले नै शिक्षा प्रदान गरेका विद्यार्थीहरुले भव्य रुपमा बिदाई गरेका छन।
जनकल्याण माबिका पुर्व विद्यार्थी समुहले सिंह सरलाई थाहा नगरको शैक्षिक विकासमा अतुलनीय योगदानको कदर गर्दै बिकास घरमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरे।
पुर्व विद्यार्थी यादव जंग रायमाझीले शिक्षकले जीवनमा सम्मान बाहेक अरु केही नपाउने भएकाले शिक्षकको सम्मानजनक बिदाइको सुरुवात जनकल्याणका पुर्व विद्यार्थीहरुको समुहले  गरेको बताएका छन् । शिक्षकलाई सम्मान गर्ने वातावरणको विकास गर्न यस्तो  बिदाई गरिएको र यो परम्परालाई निरन्तरता दिने कार्यक्रमका संयोजक समेत रहेका रायमाझीको भनाई थियो ।  


बिदाई हुँदैगर्दा शिक्षक सिंहले विद्यालयले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेको सिकाइ सहजीकरण प्रक्रिया जहाँ गएपनि बिर्सन नसक्ने धारणा राख्नुभएको थियो । विद्यालयले  शिक्षकको क्षमता वृद्धि र उत्प्रेरणामूलक कार्यमा विद्यालयले गरेको सहयोग तथा जनकल्याण माबिका विद्यार्थी ,पुर्व विद्यार्थी तथा यहाँका स्थानीयहरुले दिने माया र सम्मान तथा आदरले  जुनसुकै ठाउँमा गएर पनि शिर ठाडो गर्न सकिने परिस्थिति सिर्जना गरेको समेत बताउनुभयो ।
सिंह सरलाई सम्मान सहित बिदाइ गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तानले  सरको  योगदानको उच्च प्रशंसा गर्दै आगामी सामाजिक जीवन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

जनकल्याण  माद्यामिक बिद्यालयको शैक्षिक उन्नति र प्रगतिका लागी अवकाश प्राप्त शिक्षक नरेन्द्र प्रसाद सिंहबाट आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै प्रधानाध्यापक सानोभाइ कार्कीले सिंहको योगदान प्रति विद्यालय सदैव ऋणी रहने बताएका थिए ।
तेसै गरि जनकल्याण एल्मुनाइका अध्यक्ष निरन्जन अधिकारीले ‘समय उडेछ र बिदाइको दिन आइपुगेको’ बताउदै शिक्षकको पेसा शिक्षण घडीको टिकटिकमा हिँडेको हुन्छ । मिनेटको हिसाब हुन्छ , मूल्यवान ज्ञान, सीप र विचार पहिचान गर्न सिकाउने पेसाको व्यक्ति शिक्षक " रहेको औल्याउँदै शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावकको तादाम्यता हुनु पर्नेमा जोड दिनुभयो । अधिकारीले  जसरी हरेक विद्यार्थीको अनुहार फरक–फरक हुन्छ, त्यसरी नै तिनीहरूको गुण पनि फरक–फरक हुनेहुदा  शिक्षकको बानीव्यहोरा आचरण र जीवन पद्धतिको प्रत्यक्ष प्रभाव विद्यार्थी, समाज, समुदाय र राष्ट्रमा पार्ने बताए साथै वहाँले  शिक्षण पेसामा उत्प्रेरणा, प्रतिबद्धता र समर्पणको साथै व्यवहारिक ज्ञान, सीप र कलाको पनि उत्तिकै खाँचो पर्छ तेहि खाचो ,ज्ञान् ,सीप ,सिंह सरले थाहाको माटोमा रोपेर जानुभयको बताउनुभयो।



कार्यक्रमका प्रमुख अतिथी तथा पुर्व विद्यार्थी समेत रहेका थाहा नगरका उपप्रमुख भरत गोपालीले असल शिक्षक बन्न हेड (माइन्ड), हार्ट (मन) र ह्यान्डको समायोजन हुनुपर्छ भन्ने साझा मान्यता सिंह सरमा रहेको स्मरण गर्दै सरमा सोचेको कुरा हृदयमा पु¥याउने र हृदयले भनेको कुरा कार्यमा रूपान्तरण गर्नुपर्छ भन्ने भावना रहेको बताए  । सरले हरेक विषय वा पाठमा मानवीय मूल्य समावेश गरेर पढाउनुहुन्थ्यो र विद्यार्थीले रुचाउँथे । शिक्षकको उद्देश्य ठूलो मानिस बनाउने नभएर असलमानिस बनाउने हो सरको मार्मिक कथन थियो । विद्यार्थीको उमेर अनुसार फरक व्यवहार गर्न सक्ने क्षमता सिंह सरमा रहन्थ्यो । विद्यार्थीलाई रचनात्मक र मेहनती बनाउनेमा समेत त्यत्तिकै भूमिका रहेको थियो ।

थाहा नगर र जनकल्याण माबिको  शैक्षिक इतिहासमा सिंह सर एक अविस्मरणीय व्यक्ति रहने बताउदै दामन पालुङको  भूमि र जनकल्याण माविमा पढ्ने हरुले  सिंह सरलाई सधैं सम्झिरहने बताउनुभयो साथै उहाँले शिक्षक सिंहको सेवा निवृत्त जीवनको हार्दिक शुभकामना दिनुभयो।
जनकल्याण माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुको समुहले आयोजना गरेको गुरु बिदाइ समारोहमा सेवा निबृत्त भएका शिक्षक नरेन्द्र प्रसाद सिंहलाई ताम्रपत्र तथा दोसल्ला ओडाएर सम्मान गरियको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...