pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

विद्यार्थीलाई योग,ध्यान र साधनामार्फत अनुशासित र कर्तव्यनिष्ठ बनाउन जरुरी :- उपप्रमुख भरत गोपाली

yog1-1696858612.jpg

थाहा नगरपालिकाको बज्रबाराही,चित्लाङ,टिस्टुङ क्षेत्रका विधालयका शिक्षकहरुका निम्ति असोज १६ देखि २२ गते सम्म संचालित दोश्रो चरणको एक हप्ते योग शिक्षक तालिम आज समापन भएको छ। थाहा नगरपालिकाका शिक्षकका लागि योग, ध्यान र साधना तालिम १६ असोजबाट सुरु भएको थियो। सात दिनसम्म सञ्चालन भएको तालिम सोमबार विहान सुनौलो बिकास केन्द्रमा समापन भएको हो । थाहा नगरपालिकाका विद्यालयमा योग, ध्यानलाई नियमित गर्ने उद्देश्यले दोस्रो चरणमा थाहाका ५, ६ ९,१०,११,१२ का सार्वजनिक विद्यालयका शिक्षकको सहभागितामा रहेको तालिमका संचालक तथा सुनौला सिकाइ केन्द्रका संयोजक रुपचन्न्द्र गोपालीले जानकारी दिए । पहिलो चरणको तालिममा थाहा नगरपालिका साविक दामन, पालुङ र आग्राका गरी ३१ जनाको सहभागिता रहेको थियो भने दोस्रो चरणको तालिममा ३० विद्यालयका ३५ जना शिक्षक तथा बालयोगी हरुको सहभागिता रहेको थियो। थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा विद्यालयमा नियमित रुपमा विद्यार्र्थीलाई योग, ध्यान कक्षा सञ्चालन गर्ने विषय पारित गरी बजेटसमेत विनियोजन गरेको थियो । शिक्षकलाई तालिम दिएर उनीहरुमार्फत विद्यार्र्थीलाई साधना कक्षामा सहभागी गराउने नगरपालिकाको योजना रहेको छ । विद्यार्थीलाई योग, ध्यान र साधनामार्फत अनुशासित र कर्तव्यनिष्ठ बनाई मानवमूल्यको जगेर्ना गर्ने थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले बताए उनले हरेक मानिसका लागि सकारात्मक उत्प्रेरणा आवश्यक रहेको भन्दै जीवन धकेल्ने नभई असल जीवन यापन गर्न असल उत्प्रेरणा रहेको बताउदै सिकेको ज्ञान् लाई विद्यार्थी माझ लैजान आग्रह गर्नुभयो। तालिमका सहाभागीलाई योगगुरु राजन बिडारीले प्रशिक्षण दिएका थिए । योग गुरु राजन बिडारी द्धारा सञ्चालित शिविरमा योगासन ,ध्यान मुद्रा ,प्राणायाम आहार विहार चर्या र प्रयोगात्मक ज्ञान सहितको विषेश शिक्षक प्रशिक्षण दिएको थियो। समापन कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले अहिले सामुदायिक विद्यालयमा योग र ध्यानको पठनपाठन र अभ्यासका लागि एक/एक जना शिक्षकलाई तालिम दिएर प्रशिक्षित गराएका छौँ, “अब प्रशिक्षित शिक्षकले आ–आफ्नो विद्यालयमा विद्यार्थीलाई योग र ध्यानबारे सैद्धान्तिक र व्यावहारिक अभ्यास गराउनु हुनेछ ।” भन्ने बिश्वास व्यक्त गर्दै सीपलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो। सात दिन सम्म योग ध्यानको प्रशिक्षण दिएका योग गुरु राजन बिडारीले योग र ध्यानले मानिस अनुशासित हुनेसँगै स्वस्थ रहने र मानसिक विकार हटेर आनन्दको अनुभूति गर्नसक्ने भनाइ छ । विद्यालयमा अनिवार्य शुरु गरिने ध्यान र योगका सैद्धान्तिक छलफल र अभ्यासले समाजमा यसको अनुकरण गर्ने थपिँदै जाने बिडारीले बताए । वडा न १ का वडा अध्यक्ष हेरमान गोपालीको सभापतित्वमा सम्पन्न सात दिने शिविरको समापन कार्यक्रममा प्रमुख अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,बिशेष अतिथी प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,अतिथिहरु नगर शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्ल,सुनौला सामुदायिक सिकाइ केन्द्रका संस्थापक अध्यक्ष सानुकाजी गोपाली,लगाएतका उपस्तिथि रहेको थियो। समापन समारोहमा सहभागी शिक्षकहरुले विद्यालय योग कार्यक्रमलाई निरन्तर बिकास गर्दै एक घर एक योगि बनाउने अभियानमा प्रतिबद्धता व्यक्त गरेका थिए । दुई चरणको तालिममा थाहा नगरपालिका भित्र रहेका सबै विद्यालयका एक एक शिक्षकहरुलाई तालिम दिइएको कार्यक्रम संयोजक रुपचन्द्र गोपालीले जानकारी दिनुभयो। तालिमको संयोजन सुनौला सिकाइ केन्द्रले गरेको थियो।सिकाइ केन्द्रले हरेक सनिवार नियमित योग,ध्यान शिविर आयोजना गर्दै आइरहेको छ।

यस अघिको समाचारमा भरत गोपाली हुनुपर्नेमा भारत गोपाली भएकोमा सच्चाइएको छ:-सम्पादक

 

 

 

 

 

 

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg