pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

विद्यार्थीलाई योग,ध्यान र साधनामार्फत अनुशासित र कर्तव्यनिष्ठ बनाउन जरुरी :- उपप्रमुख भरत गोपाली

yog1-1696858612.jpg

थाहा नगरपालिकाको बज्रबाराही,चित्लाङ,टिस्टुङ क्षेत्रका विधालयका शिक्षकहरुका निम्ति असोज १६ देखि २२ गते सम्म संचालित दोश्रो चरणको एक हप्ते योग शिक्षक तालिम आज समापन भएको छ। थाहा नगरपालिकाका शिक्षकका लागि योग, ध्यान र साधना तालिम १६ असोजबाट सुरु भएको थियो। सात दिनसम्म सञ्चालन भएको तालिम सोमबार विहान सुनौलो बिकास केन्द्रमा समापन भएको हो । थाहा नगरपालिकाका विद्यालयमा योग, ध्यानलाई नियमित गर्ने उद्देश्यले दोस्रो चरणमा थाहाका ५, ६ ९,१०,११,१२ का सार्वजनिक विद्यालयका शिक्षकको सहभागितामा रहेको तालिमका संचालक तथा सुनौला सिकाइ केन्द्रका संयोजक रुपचन्न्द्र गोपालीले जानकारी दिए । पहिलो चरणको तालिममा थाहा नगरपालिका साविक दामन, पालुङ र आग्राका गरी ३१ जनाको सहभागिता रहेको थियो भने दोस्रो चरणको तालिममा ३० विद्यालयका ३५ जना शिक्षक तथा बालयोगी हरुको सहभागिता रहेको थियो। थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा विद्यालयमा नियमित रुपमा विद्यार्र्थीलाई योग, ध्यान कक्षा सञ्चालन गर्ने विषय पारित गरी बजेटसमेत विनियोजन गरेको थियो । शिक्षकलाई तालिम दिएर उनीहरुमार्फत विद्यार्र्थीलाई साधना कक्षामा सहभागी गराउने नगरपालिकाको योजना रहेको छ । विद्यार्थीलाई योग, ध्यान र साधनामार्फत अनुशासित र कर्तव्यनिष्ठ बनाई मानवमूल्यको जगेर्ना गर्ने थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले बताए उनले हरेक मानिसका लागि सकारात्मक उत्प्रेरणा आवश्यक रहेको भन्दै जीवन धकेल्ने नभई असल जीवन यापन गर्न असल उत्प्रेरणा रहेको बताउदै सिकेको ज्ञान् लाई विद्यार्थी माझ लैजान आग्रह गर्नुभयो। तालिमका सहाभागीलाई योगगुरु राजन बिडारीले प्रशिक्षण दिएका थिए । योग गुरु राजन बिडारी द्धारा सञ्चालित शिविरमा योगासन ,ध्यान मुद्रा ,प्राणायाम आहार विहार चर्या र प्रयोगात्मक ज्ञान सहितको विषेश शिक्षक प्रशिक्षण दिएको थियो। समापन कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले अहिले सामुदायिक विद्यालयमा योग र ध्यानको पठनपाठन र अभ्यासका लागि एक/एक जना शिक्षकलाई तालिम दिएर प्रशिक्षित गराएका छौँ, “अब प्रशिक्षित शिक्षकले आ–आफ्नो विद्यालयमा विद्यार्थीलाई योग र ध्यानबारे सैद्धान्तिक र व्यावहारिक अभ्यास गराउनु हुनेछ ।” भन्ने बिश्वास व्यक्त गर्दै सीपलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो। सात दिन सम्म योग ध्यानको प्रशिक्षण दिएका योग गुरु राजन बिडारीले योग र ध्यानले मानिस अनुशासित हुनेसँगै स्वस्थ रहने र मानसिक विकार हटेर आनन्दको अनुभूति गर्नसक्ने भनाइ छ । विद्यालयमा अनिवार्य शुरु गरिने ध्यान र योगका सैद्धान्तिक छलफल र अभ्यासले समाजमा यसको अनुकरण गर्ने थपिँदै जाने बिडारीले बताए । वडा न १ का वडा अध्यक्ष हेरमान गोपालीको सभापतित्वमा सम्पन्न सात दिने शिविरको समापन कार्यक्रममा प्रमुख अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,बिशेष अतिथी प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,अतिथिहरु नगर शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्ल,सुनौला सामुदायिक सिकाइ केन्द्रका संस्थापक अध्यक्ष सानुकाजी गोपाली,लगाएतका उपस्तिथि रहेको थियो। समापन समारोहमा सहभागी शिक्षकहरुले विद्यालय योग कार्यक्रमलाई निरन्तर बिकास गर्दै एक घर एक योगि बनाउने अभियानमा प्रतिबद्धता व्यक्त गरेका थिए । दुई चरणको तालिममा थाहा नगरपालिका भित्र रहेका सबै विद्यालयका एक एक शिक्षकहरुलाई तालिम दिइएको कार्यक्रम संयोजक रुपचन्द्र गोपालीले जानकारी दिनुभयो। तालिमको संयोजन सुनौला सिकाइ केन्द्रले गरेको थियो।सिकाइ केन्द्रले हरेक सनिवार नियमित योग,ध्यान शिविर आयोजना गर्दै आइरहेको छ।

यस अघिको समाचारमा भरत गोपाली हुनुपर्नेमा भारत गोपाली भएकोमा सच्चाइएको छ:-सम्पादक

 

 

 

 

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...