pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

लेकाली बसीफाँट मा.वि.काे रजत जयन्ती सम्पन्न

-शम्भु अधिकारी

समाजवादका लागि अनिवार्य आवश्यकता, जिवनपयोगी शिक्षा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ फाल्गुण २८ गते देखि शुभारम्भ भएको लेकाली बसिफाट मा.वि.भिमफेदी–९ को रजत जयन्ति फाल्गुन ३० गते भव्य कार्यक्रम विच सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रदेश सभा सभासद् कुमारी मोक्तानले रजत जयन्ति स्तम्भ अनावरण गरी रजत जयन्ति कार्यक्रम समापन गरेका हुन् । ३० गते भएको भव्य समापन समारोहमा वोल्दै प्रमुख अतिथि मोक्तानले नेपालको शिक्षा निति धेरै नै पुरानो भएकाले त्यसलाई पूर्नविचार नगर्दा समस्या आइरहेको बताउनु भयो, दुखै गरेर भएपनि यस क्षेत्रमा विद्यालय सञ्चालन भैरेहेको र यस्ले यहाका जनजाती बालबालिकाहरुलाई शिक्षा दिन कम्मर कसेर लागि आज स्थापनाको २५ वर्ष पुरा गरेकोमा अभिभावक शिक्षक, विद्यार्थी तथा आम शिक्षा प्रेमीहरुलाई शुभकामना दिदै वहाले सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको समस्या तड्कारो रुपमा रहेकाले शिक्षाकको समस्याले गर्दा पनि सामुदायिक विद्यालय फस्टाउन नसकेको बताउदै अब बन्ने स्थायी सरकारले शिक्षामा कहि न कहि देखिने गरि सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। सांसद मोक्तानले अब विद्यालयले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउदै विद्यालयको लागि प्रदेश सरकारबाट सहयोग भैरहनेमा जोडदिदै विद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।

यस्तै अर्का अतिथि जनकल्याण मा.वि. थाहाका प्रधानाध्यापक सानोभाई कार्कीले हाम्रो शिक्षाले सर्टिफिकेट होल्डरमात्र बनायकाले विद्यालयको नारा जस्तै जिवनपयोगि शिक्षामा जोड दिन आग्रह गर्दै शुभकामना दिनु भयो । त्यस्तै विशिष्ट अतिथि जायटी नेपालका अध्यक्ष अर्जुन सिं तुलाचनले आफ्नो संस्था जाइटीले बनाएको विद्यालयले प्रगति गर्दै, जरो गाड्दै २५ वर्ष पु¥याएकोमा विद्यालय व्यवस्थापन समितिलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

त्यस्तै अर्का विशिष्ट अतिथि जायटी नेपालका अध्यक्ष आचोसी कोवायोसीले आफुले बनाएको संस्थाको कार्यक्रममा त्यति टाढाबाट उपस्थित हुन पाउदा धेरै खुशी लागेको बताउनुभयो वहाले अगाडी भन्नुभयो हामीले धेरै दुःख गरेर स्थापना गरेको विद्यालय नेपालीको सहयोगमा हामीले सम्पूर्ण खर्च व्यहोरेर स्कुल चलाइरहेकोमा स्थानियको आफनत्वको भावना विकास होस् भनेर हामीले यहाको स्थानिय र सरकारलाई हस्तान्तरण गर्दै गयौ । आज यहासम्म आइपुग्दा राम्रो भएको छ । खुसी लाग्छ । “वहाले नेपालीको न्यानो मायाबाट प्रभावित भएको बताउदै वहा अगाडी भन्नुहुन्छ” प्रत्यक वर्ष सरद ऋतुमा हामी जापानबाट आउछौ यहा आउदा धेरै स्वागत गर्नुहुन्छ, यहाको सानानानी वाबुहरुले पढेको देख्दा खुशी लाग्छ । अहिले जापानमा पनि शैक्षिक सत्रको वदली हुन लाग्यो सायद यहापनि यस्तै होला, भन्दै विद्यालयमा पढेका जानेका कुराहरु द्येश विकासमा लगाउनु पर्ने जोड दिदै वहाले विद्यालयको विद्यार्थीहरुले देश र जनताको विकारलाई टेवा पुग्ने काम गरी हाम्रो परिश्रमलाई खेर जान नदिने विश्वास व्यक्त गर्दै आगामि दिनमा पनि विद्यालयको सहयोगको लागि आयरहने बचन प्रतिवद्धता व्यक्त गर्दै । विद्यालयले स्थापना गरेको शिक्षा अक्षयकोषको लागि दुई लाख उेन नगद सहयोग र्नुभयो । त्यसैगरी विद्यालयका संस्थापक अध्यक्ष तथा जाइटी नेपालका पूर्व अध्यक्ष किकुची केन्सुकेले विद्यालयको संस्थापकको रुपमा पहिलो पटक कँष १ मा ३० जना विद्यार्थीहरु भर्ना गरेर आज २५ औं वार्षिकोत्सव मनाउन सफल भएकोमा खुशी व्यक्त गर्दै विद्यालयलाई यस अवस्थासम्म पु¥याउन सहयोग गर्नु भएकालाई सम्पूर्णलाई जाइटी नेपालको तर्फबाट शुभकामना तथा धन्यवाद दिनुहुदै विद्यालय स्थापनाको लागि ३५ रोपनी जग्गा दान दिनुहुने स्व. लोढसांग तेन्जिंग शेर्पालाई विर्सन नसकिने बताउनु भयो । सन् २०१२ मा विद्यालय पूर्णरुपमा हस्तान्तरण गरिसकेको भएतापनि पूर्णतया आत्मनिर्भर हुन आर्थिक दृष्टिकोणले कठिन भएकाले अहिले पनि जाइटी जापानबाट सहयोग भइरहेको बताउदै नेपालको आर्थिक स्थिती र शिक्षा नितिमा सुधार आय उक्त समस्याको पनि हल हुने विश्वास व्यक्त गर्नुभयो । वहाले सबै तह र तरिकाका मानिसहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग भईरहे नेपालकै नमुना विद्यालय हुने दावी गर्नुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विनोद कुमार लामाको, सभाध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभासदस्य कुमारी मोक्तान, विशिष्ट अतिथिहरु प्ूार्व जाइटी नेपालका अध्यक्ष ता विद्यालयका संस्थापक किकुची केन्सुके जाइटी जापानका प्रमुख आचुसी कोवायासी, जाइटी जापानका अफिस चिक तोसांकाजु मारुयामा जाइटीका शुभचिन्चक मिचिको किकुची, जाइटी नेपालका अध्यक्ष अर्जुन सिं तुलाचन, जाइटी नेपालका म्यानेजर श्री बहादुर के.सी. जाइटीका सहयोगि हरिध्वज तुलचान, जनकल्याण मा.वि.का प्राचार्य सानोभाई कार्की, विद्यालयका पूर्व प्र.अ. हरि अधिकारी, चिनिया लामा एभरेष्ट क्लव दामनका अध्यक्ष शिवकुमार खत्री प्र.अ. विष्णु आचार्य,एन्टो थाहानगरका अध्यक्ष तथा विद्यालयका पूर्व शिक्षक मनोज रायमाझी विद्यालयका ककनी व्राइटर दिल्ली गौतम, पूर्व शिक्षक कल्याण् राई, करुणा भुमिसा.व.उ.स.का किशोर प्रधान, झिरघारी सावउसका अध्यक्ष शान्ति रुम्वा, च्वाइस नेपालका प्रताप घिमिरे, सेतिगणेश आधारभुत विद्यालयका प्र.अ. उर्मिला श्रेष्ठ, तथा पत्रकारहरुको उपस्थिति रहेको थियो समापन समारोहमा विद्यालयलाई जग्गा दान दिने २ व्यक्ति थाहा–४ का अक्कल बहादुर के.सी.लाई र परणोपरान्त स्व. लोढसाङ तेन्जिङ शेर्पालाई कदर पत्र सहित प्रमुख अतिथिले सम्मानपत्र द्धारा सम्मान गर्नुभयो त्यसैगरी जाइटी नेपालका संस्थापक कोलायासी साके र स्व. विर्ख बहादुर जिरेललाई पनि परणोपरान्त सम्मान गरियो । समापन कार्यक्रममा विद्यार्थी तथा थाहा कलाकेन्द्र तथा झिरघारी व्याण्डले विविध सांस्कृतिक कार्यक्रमको प्रर्दशन गरेका थिए भने विद्यालयका पूर्व शिक्षक तथा मेरी वास्सैका सभामुख कल्याण राईले आफ्नो प्रस्तुति मार्फत मनोरन्जन प्रदान गरे । समापन कार्यक्रममा रजत जयन्तिमा भएको विविध प्रतियोगिताका विजेता विद्यालय तथा विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरियो भने रजत जयन्ति सफल पार्न सहयोग गर्नुहुने महानुभावलाई सम्मानपत्र तथा मायाको चिनो प्रमुख अतिथि मोक्तान र अध्यक्ष लामाले गर्नुभयो ।

व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार लामा र प्र.अ. एल.एल. प्रसाद मण्डलले रजत जयन्ति सफल पार्न महत्वपूर्ण भूमिका खेल्नुहुने शिक्षक, विद्यार्थी, अभिभावक र भिमफेदी गाँउपालिका र थाहा नगरपालिकाका सहयोगी दाताहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । विद्यालयले प्राविधिक शिक्षा सञ्चालनमा सहयोग पुग्न खोलेको शिक्षा अक्षय कोषमा रु. ४००,०००÷– (अक्षरेपी चार लाख) जम्मा भएको जानकारी दिइयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...