Monday, 13 May, 2024
शिक्षा

लेकाली बसीफाँटको रजत जयन्ती गाउँपालीका अध्यक्ष हिदम लामाबाट उद्घाटन

फाल्गुन २८ सोमवार,
भिमफेदी गाउँ पालीका ९ स्थित लेकाली बसीफाँट माध्यामिक विद्यालयको रजत जयन्तीको पहिलो दिन गाउँपालीका अध्यक्ष हिदम लामावाट उद्घाटन भएको छ ।
   विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा रजत जयन्ती मूल समारोह समिति संयोजक विनोद कुमार लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लामाले उद्घाटन गर्दै अवको सरकारले सबै नेपालीलाई समान शिक्षाको अवसर मिलाउनु पर्ने वताउनु भयो । निजि स्कूलमा बढ्दो आकर्षणलाई रोक्नका लागि अव सामुदायिक विद्यालयले बिश्वासको वातावरण दिलाउने खालको वातावरण बनाउनु पर्ने भन्दै प्रमुख अतिथि लामाले लेकाली बसिँफाट मा.बि. भिमफेदि गाउपालिकाको मात्र नभइ शैक्षिक सामाग्रीहरु र भौतिक संरचनामा मकवानपुर कै नमुना बिद्यालय भएकोले विद्यालयको लागि आगामी दिनमा गाउपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 
उिद्घाटन कार्यक्रममा जाइटी नेपालका प्रमुख सल्लाहकार तथा नेपाल सरकार शिक्षा मन्त्रालयका तत्कालिन सह सचिब भिमलाल गुरुङ, स्रोत ब्यक्ति गोबिन्द चौलागाई, भिमफेदी गाउपालिका वडा नं ९ का वडाध्यक्ष प्रकाश पुडासैनीको बिशिष्ट आतिथ्यता रहेको थियो । 
  ३ दिन विविध कार्यक्रम सहित रजत जयन्तिको आयोजना गरेको स्कूलले पहिलो दिन स्मारिका बिमोचन गरि रजत जयन्ती समारोह उत्घाटन गरेको हो । 
  कार्यक्रममा जाइटी नेपालका प्रमुख सल्लाहकार तथा नेपाल सरकार शिक्षा मन्त्रालयका तत्कालिन सह–सचिब भिमलाल गुरुङले जाइटी नेपालले हस्तान्तरण गरी सकेपछि पनि विद्यालयको प्रगती तथा रजत जयन्तीमा आउन पाउदा खुशी लागेको बताउनु भयो । उहाँले विद्यालयमा सबैको चासोले भौतिक रुपमा मात्र नभई शिक्षामा पनि पहिलो हुनेमा विश्वास राख्नु भयो ।
कार्यक्रमा मार्चपास प्रदर्शनी,  चुरेहिल अस्पतालको समन्वयमा स्वास्थ्य शिविर, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, मा.वि.स्तरीय एकल गायन प्रतियोगिता, अन्तर मा.वि हाजिरी जवाफ प्रतियोगिता तथा “बाल बिवाह एक, सामाजिक रोग अनेक” बिषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । मा.वि.स्तरीय आयोजित एकल गायन प्रतियोगितामा जनकल्याण माध्यामिक बिद्यालयी छात्रा बिनिषा गोपाली प्रथम, हिमालयण इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका छात्र आयुष गोपाली द्धितिय र हिमालयण इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका छात्रा समिक्षा कार्की तृतीय भएका छन । अन्तर मा.वि स्तरिय हाजिरी जवाफ प्रतियोगिताबाट आयोजक लेकाली बसीफाँट मा.बि. का मनोज गोले, प्रदिप बल र बिक्रम भोम्जन प्रथम, जाल्पा मा.बि. आमभञ्ज्याङका सुनिल न्यौपाने र सुनिल शाह द्धितीय र हिमालयण इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका दिया बिष्ट, अभ्यास बिष्ट र स्प्रीया आचार्य तृतीय भएका छन । त्यस्तै “बाल बिवाह एक, सामाजिक रोग अनेक” बिषयक वक्तित्वकला प्रतियोगिताबाट कालीका मा.बि. प्रथम, लेकाली बसीफाँट मा.बि. द्धितीय र जनकल्याण मा.बि तृतीय भएका छन ।
२०४९ सालमा जाइटी जापानको सहयोगमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मको पढाइ हुँदै आइरहेको छ ।


world-link-1690434568.jpg
चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...