pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

लेकाली बसीफाँटको रजत जयन्ती गाउँपालीका अध्यक्ष हिदम लामाबाट उद्घाटन

फाल्गुन २८ सोमवार,
भिमफेदी गाउँ पालीका ९ स्थित लेकाली बसीफाँट माध्यामिक विद्यालयको रजत जयन्तीको पहिलो दिन गाउँपालीका अध्यक्ष हिदम लामावाट उद्घाटन भएको छ ।
   विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा रजत जयन्ती मूल समारोह समिति संयोजक विनोद कुमार लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लामाले उद्घाटन गर्दै अवको सरकारले सबै नेपालीलाई समान शिक्षाको अवसर मिलाउनु पर्ने वताउनु भयो । निजि स्कूलमा बढ्दो आकर्षणलाई रोक्नका लागि अव सामुदायिक विद्यालयले बिश्वासको वातावरण दिलाउने खालको वातावरण बनाउनु पर्ने भन्दै प्रमुख अतिथि लामाले लेकाली बसिँफाट मा.बि. भिमफेदि गाउपालिकाको मात्र नभइ शैक्षिक सामाग्रीहरु र भौतिक संरचनामा मकवानपुर कै नमुना बिद्यालय भएकोले विद्यालयको लागि आगामी दिनमा गाउपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 
उिद्घाटन कार्यक्रममा जाइटी नेपालका प्रमुख सल्लाहकार तथा नेपाल सरकार शिक्षा मन्त्रालयका तत्कालिन सह सचिब भिमलाल गुरुङ, स्रोत ब्यक्ति गोबिन्द चौलागाई, भिमफेदी गाउपालिका वडा नं ९ का वडाध्यक्ष प्रकाश पुडासैनीको बिशिष्ट आतिथ्यता रहेको थियो । 
  ३ दिन विविध कार्यक्रम सहित रजत जयन्तिको आयोजना गरेको स्कूलले पहिलो दिन स्मारिका बिमोचन गरि रजत जयन्ती समारोह उत्घाटन गरेको हो । 
  कार्यक्रममा जाइटी नेपालका प्रमुख सल्लाहकार तथा नेपाल सरकार शिक्षा मन्त्रालयका तत्कालिन सह–सचिब भिमलाल गुरुङले जाइटी नेपालले हस्तान्तरण गरी सकेपछि पनि विद्यालयको प्रगती तथा रजत जयन्तीमा आउन पाउदा खुशी लागेको बताउनु भयो । उहाँले विद्यालयमा सबैको चासोले भौतिक रुपमा मात्र नभई शिक्षामा पनि पहिलो हुनेमा विश्वास राख्नु भयो ।
कार्यक्रमा मार्चपास प्रदर्शनी,  चुरेहिल अस्पतालको समन्वयमा स्वास्थ्य शिविर, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, मा.वि.स्तरीय एकल गायन प्रतियोगिता, अन्तर मा.वि हाजिरी जवाफ प्रतियोगिता तथा “बाल बिवाह एक, सामाजिक रोग अनेक” बिषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । मा.वि.स्तरीय आयोजित एकल गायन प्रतियोगितामा जनकल्याण माध्यामिक बिद्यालयी छात्रा बिनिषा गोपाली प्रथम, हिमालयण इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका छात्र आयुष गोपाली द्धितिय र हिमालयण इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका छात्रा समिक्षा कार्की तृतीय भएका छन । अन्तर मा.वि स्तरिय हाजिरी जवाफ प्रतियोगिताबाट आयोजक लेकाली बसीफाँट मा.बि. का मनोज गोले, प्रदिप बल र बिक्रम भोम्जन प्रथम, जाल्पा मा.बि. आमभञ्ज्याङका सुनिल न्यौपाने र सुनिल शाह द्धितीय र हिमालयण इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका दिया बिष्ट, अभ्यास बिष्ट र स्प्रीया आचार्य तृतीय भएका छन । त्यस्तै “बाल बिवाह एक, सामाजिक रोग अनेक” बिषयक वक्तित्वकला प्रतियोगिताबाट कालीका मा.बि. प्रथम, लेकाली बसीफाँट मा.बि. द्धितीय र जनकल्याण मा.बि तृतीय भएका छन ।
२०४९ सालमा जाइटी जापानको सहयोगमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मको पढाइ हुँदै आइरहेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...