pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

रजत जयन्तिको अबसरमा बिद्यार्थीलाई झोला बितरण
लेकाली बसिफाँट माविको रजत जयन्तीको तयारी तिव्र

भिमफेदी गाउँ पालिका ९ स्थित लेकाली बसिफाट माध्यामिक विद्यालयको रजत जयन्तीको अवसरमा थाहा नगरपालीका ४ स्थित ऋषेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला बितरण गरेको छ ।

यही फाल्गुन २८, २९ र ३० गते बिभिन्न कार्यक्रम सहीत रजत जयन्ति मनाउने तयारीमा रहेको बिद्यालयले गतबुधवार ५० जना बिद्यार्थीको लागि झोला बितरण गरेको हो ।
लेकालि बसिफाँट माबि बिध्यालय ब्यवस्थापन समितिको अध्यक्ष बिनोद लामाले ऋृषेश्वर आधारभुत बिध्यालय बिध्यालय ब्यवस्थापन समितिको अध्यक्ष तथा थाहा नगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष दिपक सिं लामालाई हस्तान्तरण गरिएको झोला बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई बितरण गरिएको हो ।
देशकै उत्कृष्ट भौतिक संरचनामा संचालन भैरहेको लेकाली बसिफाट विद्यालयमा भिमफेदी गाउँपालिकाको साथै थाहा नगरपालिकाको दामन, सिमभञ्ज्याङ क्षेत्रबाट बिद्याथीृहरु पढनको लागि जाने गरेका छन् ।
२०४९ सालमा जापानीज सहयोग निकाय जाइटीको सहयोगमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मको पढाइ हुँदै आइरहेको छ ।
   रजत जयन्ति समारोह भव्यताका साथ सम्पन्न गर्नका लागि अहिले विद्यालयले कार्यक्रमको तयारी तिव्र बनाइरहेको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा रजत जयन्ती मुल समारोह सामिति संयोजक बिनोद लामाले जानकारी दिनु भयो ।
संयोजक लामाले विद्यालयको २५ औं बसन्त सब्य तथा भव्य बनाउनका लागि आर्थिक, भौतिक, बौद्घिक तथा सद्भावको सबैमा अनुरोध गर्नुभएको छ ।
   रजत जयन्तीको अबसरलाई विद्यालयको शैक्षिक गुणस्तरका लागि उपलब्धि मूलक बनाउन बिभिन्न दिर्घकालीन योजना अगाडी सारेकोछ जस अन्तरगत बिद्यालयले गरिब तथा जेहन्दार विद्यार्थी सहयोग अक्षयकोष स्थापना, कक्षा ११ र १२ सञ्चालन, प्राबिधिक तथा ब्यावसायिक शिक्षा सञ्चालन,  आवासिय विद्यालय सञ्चालन, एक शिक्षक एक ल्यापटप, एक कक्षा एक प्रोजेक्टर सहित ब्यवस्थित श्रव्य–दृश्य कक्षा सञ्चालन, नमुना  विद्यालयको रुपमा विकास गर्दै शैक्षिक अनुसन्धान केन्द्र स्थापना, शौर्य शक्तिको उचित प्रवन्ध, वामैत्री तथा भयरहित शिक्षण प्रणालीमा जोड, समय सापेक्ष तथा आवश्यक शैक्षिक विधि तथा प्रणालीमा बिशेष शिक्षक तालिमको व्यवस्था, सफासुग्घर–फूलवारी तथा हरियाली कम्पाउण्ड निर्माण, आर्थीक आत्मनिर्भरताको लागि आन्तरीक, ब्यावसायिक तथा नमूना कार्यक्रमहरुको सञ्चालन गरिने योजना तयार गरेको छ ।
बिद्यालयले २८ गते उद्घाटन सहित, स्वास्थ सिबिर, बिज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, पूर्व विद्यार्थी भलिबल प्रतियोगिता, मावि स्तरीय एकल गायन प्रतियोगिता, अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, वाल विबाह एक सामाजिक रोग अनेक विषयक वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
यस्तै २९ गते अभिभाबक घैटो फुटाउने प्रतियोगिता, जेटिए प्रशिक्षणात्मक   कार्यक्रम , अन्तर मावि खुल्ला कबिता प्रतियोगिता तथा कवि सम्मेलन हुनेछ भने ३० गते  ११ बजे मार्चपास प्रदर्शनी ,साँस्कृतिक झाँकी कार्यक्रम , पुरस्कार वितरण, सम्मान कार्यक्रम तथा समापन गरिने भएकोछ ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...