Friday, 10 May, 2024
शिक्षा

रजत जयन्तिको अबसरमा बिद्यार्थीलाई झोला बितरण
लेकाली बसिफाँट माविको रजत जयन्तीको तयारी तिव्र

भिमफेदी गाउँ पालिका ९ स्थित लेकाली बसिफाट माध्यामिक विद्यालयको रजत जयन्तीको अवसरमा थाहा नगरपालीका ४ स्थित ऋषेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला बितरण गरेको छ ।

यही फाल्गुन २८, २९ र ३० गते बिभिन्न कार्यक्रम सहीत रजत जयन्ति मनाउने तयारीमा रहेको बिद्यालयले गतबुधवार ५० जना बिद्यार्थीको लागि झोला बितरण गरेको हो ।
लेकालि बसिफाँट माबि बिध्यालय ब्यवस्थापन समितिको अध्यक्ष बिनोद लामाले ऋृषेश्वर आधारभुत बिध्यालय बिध्यालय ब्यवस्थापन समितिको अध्यक्ष तथा थाहा नगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष दिपक सिं लामालाई हस्तान्तरण गरिएको झोला बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई बितरण गरिएको हो ।
देशकै उत्कृष्ट भौतिक संरचनामा संचालन भैरहेको लेकाली बसिफाट विद्यालयमा भिमफेदी गाउँपालिकाको साथै थाहा नगरपालिकाको दामन, सिमभञ्ज्याङ क्षेत्रबाट बिद्याथीृहरु पढनको लागि जाने गरेका छन् ।
२०४९ सालमा जापानीज सहयोग निकाय जाइटीको सहयोगमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मको पढाइ हुँदै आइरहेको छ ।
   रजत जयन्ति समारोह भव्यताका साथ सम्पन्न गर्नका लागि अहिले विद्यालयले कार्यक्रमको तयारी तिव्र बनाइरहेको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा रजत जयन्ती मुल समारोह सामिति संयोजक बिनोद लामाले जानकारी दिनु भयो ।
संयोजक लामाले विद्यालयको २५ औं बसन्त सब्य तथा भव्य बनाउनका लागि आर्थिक, भौतिक, बौद्घिक तथा सद्भावको सबैमा अनुरोध गर्नुभएको छ ।
   रजत जयन्तीको अबसरलाई विद्यालयको शैक्षिक गुणस्तरका लागि उपलब्धि मूलक बनाउन बिभिन्न दिर्घकालीन योजना अगाडी सारेकोछ जस अन्तरगत बिद्यालयले गरिब तथा जेहन्दार विद्यार्थी सहयोग अक्षयकोष स्थापना, कक्षा ११ र १२ सञ्चालन, प्राबिधिक तथा ब्यावसायिक शिक्षा सञ्चालन,  आवासिय विद्यालय सञ्चालन, एक शिक्षक एक ल्यापटप, एक कक्षा एक प्रोजेक्टर सहित ब्यवस्थित श्रव्य–दृश्य कक्षा सञ्चालन, नमुना  विद्यालयको रुपमा विकास गर्दै शैक्षिक अनुसन्धान केन्द्र स्थापना, शौर्य शक्तिको उचित प्रवन्ध, वामैत्री तथा भयरहित शिक्षण प्रणालीमा जोड, समय सापेक्ष तथा आवश्यक शैक्षिक विधि तथा प्रणालीमा बिशेष शिक्षक तालिमको व्यवस्था, सफासुग्घर–फूलवारी तथा हरियाली कम्पाउण्ड निर्माण, आर्थीक आत्मनिर्भरताको लागि आन्तरीक, ब्यावसायिक तथा नमूना कार्यक्रमहरुको सञ्चालन गरिने योजना तयार गरेको छ ।
बिद्यालयले २८ गते उद्घाटन सहित, स्वास्थ सिबिर, बिज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, पूर्व विद्यार्थी भलिबल प्रतियोगिता, मावि स्तरीय एकल गायन प्रतियोगिता, अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, वाल विबाह एक सामाजिक रोग अनेक विषयक वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
यस्तै २९ गते अभिभाबक घैटो फुटाउने प्रतियोगिता, जेटिए प्रशिक्षणात्मक   कार्यक्रम , अन्तर मावि खुल्ला कबिता प्रतियोगिता तथा कवि सम्मेलन हुनेछ भने ३० गते  ११ बजे मार्चपास प्रदर्शनी ,साँस्कृतिक झाँकी कार्यक्रम , पुरस्कार वितरण, सम्मान कार्यक्रम तथा समापन गरिने भएकोछ ।

 


world-link-1690434568.jpg
१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...