pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने

FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ।
स्वास्थ्य कार्यालय ललितपुरले आगामी विहीबार र शुक्रबार दुईदिन जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बायोएनटेक भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागेको हो।
 स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रमुख सतिस विष्टले मंगलबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ६ वटै स्थानीय तहका ५५ वर्षमाथिका वृद्धलाई बुष्टर डोजको दोस्रो मात्रा दिन लागेको हो।
यस्तै अभियानमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, गर्भवती महिला र दीर्घ रोग भएका १२ वर्षमाथिका नागरिकलाई पहिलो चरणमा खोप दिइनेछ।
‘पहिलो चरणमा ९ र १० गते ३१ हजार खोप दिन्छौं,’ विष्टले भने, ‘त्यसका लागि स्थानीय तह अनुसार वितरण व्यवस्था मिलाइएको छ। ललितपुर महानगरपालिकामा १५ हजार, महालक्ष्मी नगरपालिकामा ५७२४, गोदावरी नगरपालिकामा ३१८८, महांकाल गाउँपालिकामा ८८६, कोन्ज्योसोम गाउँपालिकामा ७४९ र बागमतीमा ४९० जनालाई फाइजर“बायोएनटेक भ्यालेन्ट एडल्ट बुस्टर डोज खोप लगाउँछौँ।’
जिल्लामा ६४ हजारलाई बुस्टर डोज दिनुपर्ने प्रारम्भिक आँकडा रहेको विस्टले बताए।


५५ वर्ष माथिका सवै नागरिकहरूलाई पहिलो बुष्टर नलगाएकाहरूलाई पहिलो बुष्टर र पहिलो बुष्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुष्टर मात्रा दिने उनको भनाई छ।

‘जिल्लामा प्रचारात्मक रुपमा लगाइने खोप कार्यक्रम प्रभावकारी भएपछि थप खोप माग गर्छाैँ, खोपका लागि सबै स्थानीय सरकार तयार रहेको, जोखिममा परेका समूह पहिचान गरेर बुस्टर दोस्रो मात्रा दिन लागिएको हो,’ विस्टले थपे।
महांकाल गाउँपालिकाले भने नियमित खोप कार्यक्रममा सहभागी गराउनेगरी १०, ११ र १२ गते बुस्टर डोज कार्यक्रम गर्ने स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए

FB_IMG_1679407362222-1679407814.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...