janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

"थाहा"

थाहामा रुदानेको ९१ औं जन्म जयन्ती मनाइयो

FB_IMG_1736513046115-1736513122.jpg

थाहा आन्दोलनका प्रणेता  दिवङ्गत रुपचन्द्र बिष्ट'रुदाने'को ९१ औं जन्म जयन्ती तथा थाहा दिवस बिविध कार्यक्रम गरि मनाइएको छ।
यसैबिच रुपचन्द्रको जन्मभुमी थाहा नगरपालिकामा पनि रुदानेको सम्झनामा थाहा दिवस मानाइयो।
थाहा नगरपालिका वडा न ३ को आयोजना तथा फरक सोचको समन्वयमा शिखरकोटमा रहेको बिकास घरको प्रागणमा कार्यक्रमको आयोजना गरिएको हो।
वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षता तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता र नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा रुपचन्द्र बिष्ट संगै सहकर्मी भएर हिडेका जनमुखी सहकर्मी हरुलाइ सम्मान तथा रुदानेको शालिकमा माल्यार्पण गर्दै जन्मजयन्ती मनाइएको थियो।
कार्यक्रममा वक्ताहरुले थाहा आन्दोलनको मर्म र रुदानेको स्वाभाव बारे चर्चा गर्दै रुदानेको पथमा हिड्न र श्रम र जनता लाई प्रधानता दिई जनमुखी राजनिती गरेमात्र रुदाने प्रती सच्चा श्रदा हुने बताए।
कार्यक्रममा नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,रुपचन्द्र बिष्ट स्मारक स्थानिय समितीका संयोजक बिमल कुमार बिष्ट,जनमुखी सहकर्मी हरु ज्योती रायमाझी,प्रेम कुमार केसी,माओवादी थाहा नगर अध्यक्ष बिनोद कुमार लामा लगायतकाले रुदाने र थाहा दर्शनको बारेमा आफ्ना धारणा राखेका थिए।
यसै बिच बिगत बर्ष देखि फरक सोचले प्रदान गर्दै आइरहेको थाहा पत्रकारीता पुरस्कार थाहा नगरपालिकाका पत्रकार ममता थापा लाई प्रदान गरियो।
अन्नपूर्ण पोष्टमा वरिष्ठ संवाददाताको रुपमा कार्यरत पत्रकार थापालाई उक्त पुरस्कार प्रदान गरिएको हो।
१० हजार नगद सहित सम्मानपत्र द्वारा नगर प्रमुख बिष्णु बिष्ट र उपप्रमुख गोपालीले प्रदान गरे ।
फरकसोचका अध्यक्ष यादव जंग रायमाझीले स्वागत गरेको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी,जनमुखी सहकर्मी हरु तथा स्थानियको उपस्थिति रहेको थियो।

 

FB_IMG_1736513074344-1736513122.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...