pani-1786865868.jpg
Sunday, 01 Nov, 2026
worldlink1-1789963258.gif

"थाहा"

पौष २६ गते थाहा दिवस मनाइने,थाहा पत्रकारीता पुरस्कार राशी माधव कार्कीले प्रदान गर्ने।

FB_IMG_1767773558465-1767773847.jpg

थाहा नगर  । पौष २६ गते थाहा दिवस विभिन्न कार्यक्रमसहित मनाइने भएको छ। दिवङ्गत रुपचन्द्र बिष्टको जन्मजयन्तीको अवसर पारेर विगत डेढ दशकदेखि फरक सोच अभियानद्वारा थाहा दिवस मनाइँदै आएको हो।
‎यस वर्ष रुपचन्द्र बिष्टको ९२औँ जन्मजयन्तीको अवसरमा थाहा पत्रकारिता पुरस्कार–२०८२ तथा तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान–२०८२ प्रदान गरिने फरक सोचका अभियन्ता रामकुमार कार्कीले जानकारी दिनुभयो।
‎थाहा पत्रकारिता पुरस्कार मकवानपुरका सक्रिय पत्रकारलाई निरन्तर प्रदान हुँदै आएको प्रतिष्ठित पुरस्कार हो। विसं २०७२ सालमा पहिलोपटक मकवानपुरका वरिष्ठ पत्रकार प्रताप बिष्टलाई प्रदान गरिएको यो पुरस्कार पछिल्लो वर्ष अन्नपूर्ण पोस्टकी वरिष्ठ पत्रकार ममता थापालाई प्रदान गरिएको थियो। यो पुरस्कार ताम्रपत्रसहित ११ हजार रुपैयाँ नगद सहित प्रदान गरिँदै आएको छ।
‎पुरस्कारस्वरूप प्रदान गरिँदै आएको नगद रकम हालसम्म प्रताप बिष्टले सहयोग गर्दै आउनुभएको थियो भने, यस वर्षदेखि उक्त नगद रकम थाहा नगरपालिका–२ का समाजसेवी माधव कार्कीले प्रदान गर्नुहुने अभियन्ता कार्कीले बताउनुभयो।
‎त्यसैगरी तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान थाहा नगरको प्रचार–प्रसार, प्रवर्द्धन, उन्नयन तथा सामाजिक, शैक्षिक, खेलकुदलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ। यस सम्मानबाट यसअघि चलचित्र निर्देशक शोभित बस्नेत, पर्यटन क्षेत्रमा होटल अध्याय, पानोरमा, सुनगाभा अर्चिड रिसोर्ट लगायतलाई सम्मान गरिसकिएको छ।

FB_IMG_1767773669833-1767773847.jpg

माधव कार्की

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg