pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

"थाहा"

पौष २६ गते थाहा दिवस मनाइने,थाहा पत्रकारीता पुरस्कार राशी माधव कार्कीले प्रदान गर्ने।

FB_IMG_1767773558465-1767773847.jpg

थाहा नगर  । पौष २६ गते थाहा दिवस विभिन्न कार्यक्रमसहित मनाइने भएको छ। दिवङ्गत रुपचन्द्र बिष्टको जन्मजयन्तीको अवसर पारेर विगत डेढ दशकदेखि फरक सोच अभियानद्वारा थाहा दिवस मनाइँदै आएको हो।
‎यस वर्ष रुपचन्द्र बिष्टको ९२औँ जन्मजयन्तीको अवसरमा थाहा पत्रकारिता पुरस्कार–२०८२ तथा तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान–२०८२ प्रदान गरिने फरक सोचका अभियन्ता रामकुमार कार्कीले जानकारी दिनुभयो।
‎थाहा पत्रकारिता पुरस्कार मकवानपुरका सक्रिय पत्रकारलाई निरन्तर प्रदान हुँदै आएको प्रतिष्ठित पुरस्कार हो। विसं २०७२ सालमा पहिलोपटक मकवानपुरका वरिष्ठ पत्रकार प्रताप बिष्टलाई प्रदान गरिएको यो पुरस्कार पछिल्लो वर्ष अन्नपूर्ण पोस्टकी वरिष्ठ पत्रकार ममता थापालाई प्रदान गरिएको थियो। यो पुरस्कार ताम्रपत्रसहित ११ हजार रुपैयाँ नगद सहित प्रदान गरिँदै आएको छ।
‎पुरस्कारस्वरूप प्रदान गरिँदै आएको नगद रकम हालसम्म प्रताप बिष्टले सहयोग गर्दै आउनुभएको थियो भने, यस वर्षदेखि उक्त नगद रकम थाहा नगरपालिका–२ का समाजसेवी माधव कार्कीले प्रदान गर्नुहुने अभियन्ता कार्कीले बताउनुभयो।
‎त्यसैगरी तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान थाहा नगरको प्रचार–प्रसार, प्रवर्द्धन, उन्नयन तथा सामाजिक, शैक्षिक, खेलकुदलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ। यस सम्मानबाट यसअघि चलचित्र निर्देशक शोभित बस्नेत, पर्यटन क्षेत्रमा होटल अध्याय, पानोरमा, सुनगाभा अर्चिड रिसोर्ट लगायतलाई सम्मान गरिसकिएको छ।

FB_IMG_1767773669833-1767773847.jpg

माधव कार्की

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...