pani-1786865868.jpg
Sunday, 01 Nov, 2026
worldlink1-1789963258.gif

"थाहा"

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड

FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका,
थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को सम्झनामा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगर प्रमुख बिष्णु बिष्टको अध्यक्षतामा विकास घरको प्रांगणमा रहेको रुदानेको सालिकमा माल्यार्पण गर्दै सम्पन्न भयो।
कार्यक्रममा वक्ताहरूले रुपचन्द्र बिष्टको योगदान स्मरण गर्दै “श्रमलाई प्राथमिकता दिन सक्नु नै उनलाई सच्चा श्रद्धाञ्जली दिने तरिका हो” भन्ने धारणा राखेका थिए। उनीहरूले बिष्टको जीवन र विचार आज पनि सान्दर्भिक रहेको बताए।
कार्यक्रममा उपप्रमुख भरत गोपाली, स्थानीय स्मारक समितिका अध्यक्ष बिमल कुमार बिष्ट, जिल्ला बहुउद्देश्यीय सहकारीका कोषाध्यक्ष बिमलकुमार ढकाल, माओवादी, जिल्ला समन्वय सदस्य अरुण रायमाझी, जनमुखी सहकर्मी ज्योती रायमाझी लगायतका वक्ताहरूले रुपचन्द्र बिष्टको राजनीतिक, सामाजिक योगदान र थाहा दर्शनको महत्त्वमाथि चर्चा गरेका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू तथा जनमुखी सहकर्मीहरूको उपस्थित रहेको थियो। वक्ताहरूले रुदानेले नेपाली समाजमा श्रम, न्याय, समानताको आवाज उठाएको उल्लेख गर्दै उहाँको आदर्श पछ्याउनु आजको आवश्यकता भएको बताए।
रुदानेको संक्षिप्त जीवन परिचय:
• जन्म: १९९० साल पुस २६ गते, मकवानपुरको दामन घर्तीखोला
• राजनीतिक योगदान: २०२८ सालमा स्नातक कोटाबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित
• राजनीतिक उत्पीडन: प्रजातन्त्रवादी विचारका कारण राष्ट्रिय पञ्चायत सदस्य रहँदा पनि पक्राउ परेका
• दर्शन: 'थाहा दर्शन' का प्रवर्तक, श्रमिक र किसानका हक अधिकारका पक्षपाती
• निधन: २०५६ साल असार ७ गते

FB_IMG_1750517623840-1750517646.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg