Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

"थाहा"

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड

FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका,
थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को सम्झनामा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगर प्रमुख बिष्णु बिष्टको अध्यक्षतामा विकास घरको प्रांगणमा रहेको रुदानेको सालिकमा माल्यार्पण गर्दै सम्पन्न भयो।
कार्यक्रममा वक्ताहरूले रुपचन्द्र बिष्टको योगदान स्मरण गर्दै “श्रमलाई प्राथमिकता दिन सक्नु नै उनलाई सच्चा श्रद्धाञ्जली दिने तरिका हो” भन्ने धारणा राखेका थिए। उनीहरूले बिष्टको जीवन र विचार आज पनि सान्दर्भिक रहेको बताए।
कार्यक्रममा उपप्रमुख भरत गोपाली, स्थानीय स्मारक समितिका अध्यक्ष बिमल कुमार बिष्ट, जिल्ला बहुउद्देश्यीय सहकारीका कोषाध्यक्ष बिमलकुमार ढकाल, माओवादी, जिल्ला समन्वय सदस्य अरुण रायमाझी, जनमुखी सहकर्मी ज्योती रायमाझी लगायतका वक्ताहरूले रुपचन्द्र बिष्टको राजनीतिक, सामाजिक योगदानथाहा दर्शनको महत्त्वमाथि चर्चा गरेका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू तथा जनमुखी सहकर्मीहरूको उपस्थित रहेको थियो। वक्ताहरूले रुदानेले नेपाली समाजमा श्रम, न्याय, समानताको आवाज उठाएको उल्लेख गर्दै उहाँको आदर्श पछ्याउनु आजको आवश्यकता भएको बताए।
रुदानेको संक्षिप्त जीवन परिचय:
• जन्म: १९९० साल पुस २६ गते, मकवानपुरको दामन घर्तीखोला
• राजनीतिक योगदान: २०२८ सालमा स्नातक कोटाबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित
• राजनीतिक उत्पीडन: प्रजातन्त्रवादी विचारका कारण राष्ट्रिय पञ्चायत सदस्य रहँदा पनि पक्राउ परेका
• दर्शन: 'थाहा दर्शन' का प्रवर्तक, श्रमिक र किसानका हक अधिकारका पक्षपाती
• निधन: २०५६ साल असार ७ गते

FB_IMG_1750517623840-1750517646.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...