Social-Media-Main-Post1-1759035170.jpg
Friday, 13 Feb, 2026
nagar-shubha-1759206951.jpg

"थाहा"

जस्तोसुकै मौका आउँदा पनि बेइमान नहुने मान्छे रुपचन्द्र विष्टको जीवन र ‘थाहा आन्दोलन’को चिरफार:-श्याम श्रेष्ठ

FB_IMG_1766883886637-1766985513.jpg

 

श्याम श्रेष्ठ

 यथास्थितिविरूद्ध बिद्रोह नै रूपचन्द्रको जीवनपर्यन्तको मूल स्वभाव थियो । विद्रोह गर्दै उहाँ हुर्किनु भयो, विद्रोह गर्दै उहाँ बित्नु भयो । 

उहाँको मलामीमा कुनै शंख बजेन । उहाँको मृत्यु संस्कारमा कुनै पुरोहित राखिएनन् । कुनै धार्मिक संस्कार गरिएन । छोरा, भाइ जीवित थिए र त्यहीँ थिए । तर, उहाँको  शवमा दागवत्ती दिए उहाँका विश्वास- पात्र, जीवनको पछिल्लो घडीका मित्र क. सोनामले ।

उहाँको इच्छाविपरीत शवयात्रा ठूलो होला भनेर मृत्यु भएको लगभग चार घण्टाभित्रै उहाँको शवलाई शववाहन गाडीमा राखेर आर्यघाट  लगियो र दाह संस्कार गरियो । उहाँको मृत्युको खबर सुन्नासाथ केही साथीहरूलाई खवर गरेर उहाँहरूसँगै यो पंक्तिको लेखक हत्तारिदै आर्यघाट पुग्दा उहाँको शव लगभग जलिसकेको थियो । उहाँलाई अन्तिम बिदाइ गर्न चाहनेहरू थुप्रै मकवानपुरबाट पनि बस- ट्रक रिजर्भ गर्दै काठमाण्डू प्रस्थान गरेको बुझियो । तर उनीहरूले त्यो अवसर पाएनन् ।

उहाँको मृत्युअघिका इच्छाहरू र दाहसंस्कार हेर्दा यस्तो प्रतीत हुन्थ्योः उहाँ मृत्युपछि पनि विद्रोह नै गर्दै हुनुहुन्थ्यो । ती सवैसित उहाँ विद्रोह गर्दै हुनुहुन्थ्यो, जसले जिउँदोमा उहाँलाई भेट्न - सुन्न बुझ्न चाहेनन् । "उहाँलाई राम्रो अस्पतालमा वा नर्सिङ होममा लगेर राम्रो डाक्टर देखाउन पाएको भए शायद उहाँ केही बढी बाँच्नुहुन्थ्यो । तर उहाँ पटक्कै मान्नुभएन ।”

"छाप्रेहरू उपचार गर्न जाने अस्पताल बीर अस्पताल हो, मलाई त्यहीँ लैजा । त्यहाँ भर्ना नै गर्नु परेमा जनरल वार्डमा गर, क्याबिनमा नगर । क्याबिनमा सर्वसाधारण नेपाली बस्न सक्दैनन् ।"

अन्तिम समयमा उहाँलाई उपचार गर्न लैजाने रूपचन्द्रका सहकर्मी अजय सुमार्गी आर्यघाटमा बताउँदै हुनुहुन्थ्यो ।

"छाप्रेहरू उपचार गर्न जाने अस्पताल बीर अस्पताल हो, मलाई त्यहीँ लैजा । त्यहाँ भर्ना नै गर्नु परेमा जनरल वार्डमा गर, क्याबिनमा नगर । क्याबिनमा सर्वसाधारण नेपाली बस्न सक्दैनन् ।"

उहाँले यही कुरामा जिद्दी कस्नु भयो । फलस्वरूप, उहाँले भनेबमोजिम नै गरियो । जनरल वार्डमा उहाँको बिग्रँदो स्वास्थ्यमा चौतर्फी र पर्याप्त ध्यान पुग्न सकेन । त्यहाँ उहाँको स्थिति गंभीर भएपछि आइ.सी.यु. मा सारियो, जहाँ उहाँको प्राणपखेरू उड्यो । राम्रो अस्पतालमा भएको भए उहाँ यस पटक बच्नु हुन्थ्यो कि हुन्नथ्यो, त्यो अनुमानको विषय हो । तर आफ्नो निम्ति छाप्रेले उपचार गर्ने अस्पताल नै रोज्ने, छाप्रे बस्नसक्ने बेडमै मात्र बस्ने रूपचन्द्रको अडानले उहाँको जीवन-दर्शन कस्तो थियो, त्यसको झझल्को राम्ररी दिन्छ । 

"उहाँ राष्ट्रिय पंचायतको सदस्य हुँदा पनि कहिल्यै एकचोटि राम्रो रेष्टुराँमा गएर खाएको देखिएन, लोकल ठर्राभन्दा राम्रो रक्सी किनेर खाएको पाइएन, नयाँ कपडा किनेर कोट- पाइण्ट सिलाएको भेटिएन" 

- उहाँलाई लगभग २५-२६ वर्ष नजिकैबाट हेरेका उहाँका सहकर्मी अधिवक्ता रामनारायण बिंडारी भन्नुहुन्छ - "उहाँको रेष्टुराँ भनेको ज्यामीहरूले खाने सामान्य भट्टी हुन्थ्यो । उहाँले किन्ने कपडा भनेको रेडक्रसले धरहरा, कमलाक्षीतिर सस्तोमा बेच्ने लीलामे कोट पाइण्ट र सर्ट हुन्थ्यो । एउटा कोट उहाँले ६३ रूपियाँमा धरहरानेर किन्नुभयो, मेरै सामुन्ने । त्यही कोटले राष्ट्रिय पंचायत गुजार्नु भयो ।"

रूपचन्द्रको जीवनको महानता नै यसैमा देखिन्छ कि उहाँलाई श्री सम्पत्तिको हिसाबले नपुग्दो केही थिएन, उहाँ सम्पन्न परिवारको छोरो हुनुहुन्थ्यो र अन्तिम समयमा पनि कालीमाटीमै उहाँको ३०/३५ लाख पर्ने घर थियो, तर उहाँ त्यो घरमा बस्नु भएन । त्यो घर त्यत्तिकै खाली राख्नुभयो । बस्नुभयो, नजिकैको आफैँले बनाएको झुपडीमा, जहाँ आधा ठाउँ कबाडी समानले भरिएको थियो ।
सुख शयलपूर्वक बाँच्नका लागि उहाँसित स्रोत-साधन प्रशस्त थियो । तथापि सादा जीवन नै उहाँको विशेषता रह्यो । मोजमज्जाको जीवन उहाँको रोजाइ कहिल्यै रहेन । प्रशस्त विकल्प र अवसर हुँदा पनि उहाँले सचेतनतापूर्वक छाप्रेकै राजनीति रोज्नु भयो, छाप्रेकै जिन्दगी बाँच्न खोज्नु भयो । आजीवन उहाँले आफूलाई श्रमिक वर्गको खेमामा उभ्याउनु भयो । श्रमिक वर्गकै जीवन बाँच्न खोज्नु भयो । यो उहाँको आफ्नो वर्ग र त्यो वर्गको जीवन-दर्शनप्रतिको अडान थियो ।

जुन वर्गको राजनीति रोज्यो, उसकै जिन्दगी बाँच्न खोज्ने, धन- मान मोजको आकर्षणबाट कहिल्यै विचलित नहुने मामलामा रूपचन्द्रले जुन उचाइ जीवनमा प्रदर्शित गर्नु भएको छ, त्यो उँचाइ नेपाली कम्युनिष्ट आन्दोलनको निम्ति समेत अनुकरणीय छ ।

जुन वर्गको राजनीति रोज्यो, उसकै जिन्दगी बाँच्न खोज्ने, धन- मान मोजको आकर्षणबाट कहिल्यै विचलित नहुने मामलामा रूपचन्द्रले जुन उचाइ जीवनमा प्रदर्शित गर्नु भएको छ, त्यो उँचाइ नेपाली कम्युनिष्ट आन्दोलनको निम्ति समेत अनुकरणीय छ । त्यो उँचाइ नेपालका कम्युनिष्ट पार्टीका शीर्षस्थ नेताहरूमा भइदिएको भए कम्युनिष्ट आन्दोलनमा यति चर्को सांस्कृतिक विचलन र पाखण्ड देखा पर्ने थिएन ।

वालककाल र युवाकालको विद्रोह 

रूपचन्द्र नेपालका श्रमिक वर्ग र छाप्रेहरूले बिर्सनु हुने नाम नै होइन । 

उहाँ हुनुहुन्थ्यो- राणाकालीन आर्मी क्याप्टेन (जो पछि मेजर पनि बने) का छोरा । बाबु थिए धनाढ्य बिर्तावाल । मकवानपुरको घर्तीखोलामा उनको प्रशस्त जग्गाजमीन थियो र काठमाण्डूमा समेत घर जग्गा यथेष्ट थियो । कुलीन सामन्त वर्गका मान्छे थिए उहाँका बाबु आमाहरू, धर्मकर्ममा अत्यन्त कट्टर । 

तर "बालक रूपचन्द्र बच्चैदेखि बिद्रोही थिए । राँगाको मासु खाँदै नखाने घरमा उनी राँगाको मासु चूल्होमै लगीदिन्थे । जुत्ता लाएर जाने नहुने मन्दिर र भान्सामा उनी जुत्ता लाएर गईदिन्थे । बाहुनले खड्कुलामा भात पकाएको ठाउँमा गएर उनी खडकुंलो तानीदिन्थे । कामी, दमाई, सार्कीलाई गरिने छुवाछूतको उनी बच्चैदेखि विरोध गर्थे र छुवाछूतको सारा नियम उल्लंघन गर्थे । उनी आफू अन्याय गर्दैनथे । अन्याय कसैले गरेको पनि सहन्नथे, अन्याय गरेको देखियो भने, उनी गाउँको मैं हुँ भन्ने मान्छेलाई पनि नराम्ररी ठटाईदिन्थे । उनी घरमा चोरेर कहिल्यै खान्नथें, तर लुटेर चाहिँ खुव खान्थे । उनी झूठो बोल्दैनथे र कोहीसित पनि डराउन्नथे ।" उहाँको बालकालको स्वभावबारे उहाँकै सहोदर कान्छा भाइ (ओशो कम्युनका स्वामी र पोल्ट्री उद्यमी ) गुणचन्द्र बिष्ट यस्तो भन्नुहुन्छ । 

गुणचन्द्रका अनुसार- उहाँको परिवार सातपुस्ते आर्मी परिवार थियो । तर युवा रूपचन्द्रले विद्रोह गर्नुभयो, आर्मीमा जान ठ्याप्पै मान्नु भएन । र, उहाँकै कारणले उहाँकै पालादेखि उहाँको परिवारका दाजुभाइहरू आर्मीमा जाने क्रम टुट्यो । 

बाबु थिए - आर्मीको अनुशासन खोज्ने, रूपचन्द्र थिए एक नंवरको विद्रोही । यी दुइको याङ्-ठ्याङ मिल्ने कुरै थिएन । त्यसैले ११ वर्षकै उमेरमा रूपचन्द्रले बाबुसित विद्रोह गरे र घरबाट निक्लिए । घरमा आमा अति मायालु हुनाले फेरि फर्के । 

काठमाण्डौ को सीताराम हाइस्कूलमा पढ्थे उनी । उनी पढ्नमा औधी तेज थिए । आठ नौ कक्षासम्म कक्षामा कहिल्यै दोश्रो भएनन् । तर, एस.एल.सी. सम्म पुग्दा उनी राजनीतिमा निकै सक्रिय भइसेका थिए । प्रत्येक विद्यार्थी आन्दोलनमा उनको सहभागिता हुन्थ्यो । त्यसैले पढाइ बिग्रियो ।

गुणचन्द्रका अनुसार उनका बाबुले छोरा रूपचन्द्रलाई १४/१५ वर्षको उमेरमा धम्की दिए- ७ दिनभित्र या त घर छोड्, या राजनीति छोड् । 

रूपचन्द्रले सातौं दिनमा आफ्नो निधो सुनाए र घर छोडेर पुनः हिँडे । 

राम नारायण बिँडारीका अनुसार- रूपचन्द्र त्यसपछि कुल्ली भए । लरीमा दम दिने, यात्रु खोज्ने र सामान लाद् काम गरे उनले । घरबाहिरै श्रमिकको जीवन बिताए, को मेजरको छोराले । 

१८ वर्षको उमेरमा, २००८ सालमा, उनी काठमाण्डू जिल्लामा कम्युनिष्ट पार्टीको सदस्य भइसकेका थिए । क. निर्मल लामा काठमाण्डू जिल्लाको जिल्ला सेक्रेटरी हुँदा रूपचन्द्र दक्षिणी एरियाको एरिया सेक्रेटरी र यस नाताले, जिल्ला समिति सदस्य भइसकेका थिए । 

क. निर्मल लामाले बताउनु भए अनुसार- "रूपचन्द्र निकै एक्टिभ र जिम्मेवार पार्टी सदस्य थियो । उसलाई पार्टी सदस्यता मै बसेको जिल्ला पार्टी समितिले प्रदान गरेको हो । काठमाण्डू दक्षिण भेगको संपूर्ण संगठन उसैले मिहेनत गरेर बनाएको हो । कीर्तिपूर, पाँगा, नगाउँ, नैकाप सबै ठाउँमा उसैले कम्युनिष्ट पार्टीको जग हालेको हो । काठमाण्डूमा हरेक पटक ठूलोसानो आन्दोलन हुँदा उसले अधिल्लो दिन नै त्यहाँ गएर मिटिङ्ग गरेर भोलिपल्ट आफैं जूलुसको नेतृत्व गरेर आउँथ्यो । त्यस्तो कुनै आन्दोलन हुन्नथ्यो, जसमा रूपचन्द्रको सहभागिता नभएको होस् ।”

तर, रूपचन्द्र पार्टीमा लामो समय टिक्नु भएन । निर्मल लामाका अनुसार पार्टीमा रायमाझीको दक्षिणपन्थी लाइनको दबदबा शुरू भएपछि र रायमाझीको लामासित खटपट पर्न थालेपछि रूपचन्द्रले पार्टी छोडेका हुन् । गुणचन्द्र र बिँडारी उहाँले २०११ सालमा पार्टी छोडेको बताउनु हुन्छ र २०१५ सालमा नैकाप क्षेत्रबाट स्वतन्त्र प्रगतिशील कम्युनिष्ट उम्मेदवारका रूपमा संसदीय चुनावको उम्मेदवार बनेको बताउनु हुन्छ । 

काठमाण्डूमा हरेक पटक ठूलोसानो आन्दोलन हुँदा उसले अधिल्लो दिन नै त्यहाँ गएर मिटिङ्ग गरेर भोलिपल्ट आफैं जूलुसको नेतृत्व गरेर आउँथ्यो । त्यस्तो कुनै आन्दोलन हुन्नथ्यो, जसमा रूपचन्द्रको सहभागिता नभएको होस् ।”

क शंभुराम श्रेष्ठले. बताउनु भएअनुसार रूपचन्द्र अत्यन्त अध्ययनशील, सक्रिय र जिम्मेवार पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँ आफू प्रन्तीय किसान संघको अध्यक्ष हुँदा रूपचन्द्र किसान आन्दोलनमा पनि निकै सक्रिय हुनुहुन्थ्यो । 

रूपचन्द्रले पार्टी छोडेको मितिका बारेमा एउटै मत नपाइए पनि उहाँले पार्टी छोडेका कुरामा भने मतभेद भेटिन्न । तर, पार्टी छोडेतापनि, रूपचन्द्रले फराकिलो घेरामा मार्क्सवादी सिद्धान्त र श्रमिकवर्गीय खेमा कहिल्यै छोड्नु भएन । यो विचारधारा र खेमाविरूद्ध उहाँ कहिल्यै लाग्नु भएन । 

जनमुखी प्रधानपंच र विद्रोही विवाह 

२०२१ सालमा रूपचन्द्र मकवानपुर जिल्लाको दामन क्षेत्र, जसलाई त्यतिखेर शिखरकोट गाउँ पञ्चायत भनिन्थ्यो, त्यसको प्रधानपञ्च चुनिनु भयो । उहाँको प्रधानपञ्च काल निकै उथलपुथलपूर्ण रह्यो ।

उहाँले त्यतिखेर दामन र पालुङ्ग दुइटा गाउँ पंचायतलाई एकतावद्ध गरेर "विकास समिति" बनाउनु भयो र त्यसको अध्यक्ष आफैं बन्नु भयो । उहाँका सहकर्मी अजय सुमार्गीका अनुसार उहाँले त्यस "विकास समिति” मार्फत त्यस क्षेत्रमा "विकास कर" लगाउनु भयो । एक धार्नी आलु बेचेबापत ५ पैसा "विकास कर" लाग्थ्यो । यो " विकास कर" कहाँ कसरी खर्च भइरहेको छ, हरेक दिन कालोपाटीमा हिसाव लेखिन्थ्यो । यही विकास करबाट र श्रमदानबाट पालुङमा देशकै सवभन्दा ठूलो पंचायत घर बन्यो, जसलाई "विकास घर" को नाम दिइएको थियो । यो “विकास घरमा एकैचोटि ५०० जना मान्छे घरभित्र बसेर सभा गर्न सक्छन् ।

उहाँले त्यस "विकास समिति” मार्फत त्यस क्षेत्रमा "विकास कर" लगाउनु भयो । एक धार्नी आलु बेचेबापत ५ पैसा "विकास कर" लाग्थ्यो । यो " विकास कर" कहाँ कसरी खर्च भइरहेको छ, हरेक दिन कालोपाटीमा हिसाव लेखिन्थ्यो । 

 यो विकास घरमा उन्नत जातका बीउहरू, उन्नत जातका ब्याड, राँगा र साँढेहरू राखेर सर्व साधारणलाई उपलब्ध गराउने गरियो । गाउँमा नगदे बालीका लागि प्रोत्साहन गरियो । पालुङ अहिले नगदे तरकारी बाहिर बेच्नसक्ने विकसित ठाउँ बनेको छ । यहाँ अहिले धेरैका घरमा टीनका छाना छन्, जुन संपन्नताको लक्षण हो । यो नगदे तरकारी बालीको लागि जग वा पृष्ठभूमि तयार पार्ने काम प्रधान पंचको रूपमा रूपचन्द्रबाटै भएको थियो ।

रूपचन्द्रले त्यतिखेर १६ देखि ६० वर्षका मान्छेले महीनामा केही दिन गाउँको विकासको श्रमदान गर्ने प्रस्ताव "विकास समिति" को भेलाबाट
पारित गराउनु भएको थियो । "विकास कर" र विकास श्रमदानबाट पालुङमा जन कल्याण मा.वि. पनि बन्यो । 

उहाँले त्यतिखेरै आफ्नो कार्य क्षेत्रमा जनवर्गीय संगठन पनि बनाउन थाल्नुभयो । अजय सुमार्गीका अनुसार विद्रोहकारी कलिला केटाकेटीहरूको एउटा, क्रान्तिकारी श्रमिकको अर्को र जीवनविषयी बुद्धिजीविको अर्को र सामाजिक परिवर्तनकारी नारीहरूको छुट्टै संगठन बनाइयो ।

उहाँका यी सवै कामबाट प्रतिक्रियावादीहरू थर्कमान भए । भ्रष्टाचार ठ्याप्पै नगर्ने, संपूर्ण हिसाव किताव छर्लगं हरेक दिन देखाईदिने उहाँको स्वभावले गर्दा वरपरका भ्रष्ट व्यक्तिहरू पनि आपतमा परे । यी सवैको झोसपोलबाट रूपचन्द्रलाई प्रधान पंच भएको केही समय पनि नबित्दै २०२२ सालमा गिरफ्तार गरियो र राजकाज अपराधमा जेल चलान गरियो । निर्मला लामा, शंभुरामहरू कैद भएकै झ्यालखानमा उहाँलाई थुनियो । २०२४ सालमा उहाँ जेलबाट छुट्दा उहाँले बनाएका धेरै संगठनहरूमा विरोधीहरूको कब्जा भइसकेको थियो ।

जेलबाट छुटेपछि २०२५ साल, पुषमा उहाँले विवाह गर्नु भयो सम्भ्रान्त वर्गकी छोरी उमा शाहसँग । 

तर उहाँको विवाह लामो समय टिकेन । रूपचन्द्र आफू पनि कठोर शारीरिक श्रम गर्ने, श्रीमतीलाई त्यसै गर्न लगाउने, श्रीमतीलाई त्यो कुरा सह्य नहुने । भनिन्छ, पालुङको हाइस्कूल बनाउँदा रूपचन्द्रले आफ्नी श्रीमतीलाई पनि आफूसरह ढुंगा बोक्न लगाउनु भएको थियो ।

उहाँको विवाह पनि विद्रोहपूर्ण थियो । गुणचन्द्र विष्ट र रामनारायण विँडारीका अनुसार, विवाहमा कुनै पंचेवाजा बजेनन्, कुनै पण्डित- पुरोहित राखिएनन्, कुनै भोज भतेर गरिएन । 'आफ्नो खाजा आफैं खाने गरी' गाउँलेहरूलाई निमन्त्रित गरियो र एउटा सार्वजनिक समारोहमा दुवैले भाषण गरेर विवाह संपन्न गरियो । त्यतिखेरको समयमा यस्तो विवाह विल्कूलै प्रचलनमा थिएन । 

तर उहाँको विवाह लामो समय टिकेन । रूपचन्द्र आफू पनि कठोर शारीरिक श्रम गर्ने, श्रीमतीलाई त्यसै गर्न लगाउने, श्रीमतीलाई त्यो कुरा सह्य नहुने । भनिन्छ, पालुङको हाइस्कूल बनाउँदा रूपचन्द्रले आफ्नी श्रीमतीलाई पनि आफूसरह ढुंगा बोक्न लगाउनु भएको थियो । बिँडारीका अनुसार उहाँहरूको विवाह तव टुट्यो, जव एक जना शंकास्पद व्यक्तिसँग उहाँकी श्रीमतीले संबन्ध बढाएको र नियमित पैसा लिएको भेटियो र त्यसो नगर्न आग्रह गरिंदा त्यसको पालना भएन । 

२०२५ सालमा स्नातकको तर्फबाट रा.पं. सदस्य निर्वाचित हुने - चुनावमा रूपचन्द्र पनि उम्मेदवार बन्नु भयो । रामराजाप्रसाद सिंहहरू जित्नु भयो, उहाँ हार्नु भयो । तर जितेको रामराजालाई शपथ ग्रहण नै गर्न नदिएर जुन हविगत गरियो, त्यसबाट रूपचन्द्रमा पंचायतभित्रै केही गर्ने संभावनाप्रति चर्को निराशा पैदा भयो ।

रूपचन्द्र - जोगीको रूपमा

 प्रतिक्रियावादीहरू र पंचायती सरकारले रूपचन्द्रलाई यतिखेरसम्म राम्ररी चिनिसकेको थियो । रूपचन्द्रलाई मार्ने प्रयत्न पनि यसबीच बारंबार भएको बताइन्छ । रूपचन्द्रलाई आफ्नो ज्यानको सुरक्षा नभएको महशुस भएपछि र पूर्वीय दर्शनको अध्ययन गर्ने इच्छा पनि उत्कट भएकाले उहाँ २०२८ साल माघ १ गते चितवन जिल्लाबाट एक्कासी अलप हुनुभयो । उहाँ भारत जानुभयो र जोगीको भेषमा काशी, गया, हरिद्वार, बम्बई आदि ठाउँहरूमा योगीहरूसित र पूर्वीय दर्शनका ज्ञाताहरूसित सत्संग गर्नु भयो । पूर्वीय दर्शन र धर्म दर्शन बारेमा राम्रो ज्ञान प्राप्त गर्नुभयो । तर उहाँले जीवनमा चाहिँ धर्मदर्शन अभ्यास गर्नु भएन ।

जोगीकै भेषमा कमण्डलु लिएर २०२९ सालको अन्ततिर उहाँ मकवानपुर फर्कनुभयो । फर्केपछि गाउँमा पण्डितहरू डाकेर उनीहरूकै अगाडि धार्मिक अन्धविश्वासको पर्दाफास गर्ने अभियान छेड्नुभयो । 

अन्ततः जोगीकै भेषमा कमण्डलु लिएर २०२९ सालको अन्ततिर उहाँ मकवानपुर फर्कनुभयो । फर्केपछि गाउँमा पण्डितहरू डाकेर उनीहरूकै अगाडि धार्मिक अन्धविश्वासको पर्दाफास गर्ने अभियान छेड्नुभयो । तल्लो जातका मान्छेहरू डाक्ने र उनीहरूका सामुन्ने उनीहरूले सुन्नै नहुने भनिएको गायत्री मन्त्रको अर्थ सुनाउने जस्ता काम पनि उहाँले थाल्नुभयो । 

दार्शनिक र 'थाहा आन्दोलनका प्रवर्तक रूपचन्द्रको उदय 

दार्शनिक रूपचन्द्रको उदय लगभग यही समयदेखि भएको देखिन्छ २०३० को दशकको शुरूदेखि । र, 'थाहा' आन्दोलनको प्रारम्भ पनि निर्माण यही दशकदेखि भएको देखिन्छ । 

रूपचन्द्र त्यसपछि आफैले गरेको जन कल्याण मा.वि.को प्रधानाध्यापक हुनुभयो र दामन टावर र रेष्टुराको संचालक पनि । 

स्कूलमा उहाँले गरेका तीनवटा कुराहरू निकै उल्लेखनीय छन् : एउटा स्कूलमा ४ बजेपछि हरेक दिन अन्तर्राष्ट्रिय राजनीति र राष्ट्रिय राजनीतिको बारेमा विद्यार्थीहरूलाई ब्याख्यान । अर्को, हरेक दिन प्रत्येक विद्यार्थीले आधा घण्टा श्रम गर्ने पर्ने, संगीत सिक्नै पर्ने र खेलकूद सिक्नै पर्ने भन्ने नयाँ खालको अनिवार्य रूटीन । र तेश्रो राष्ट्रिय गानका रूपमा "श्री मान गंभीर" नगाउने, आफूले रचना गरेको अर्कै गीत राष्ट्रिय गानका रूपमा गाउने भन्ने निर्णय । 

यस्तो काम मकवानपुरका १०० वटा जति स्कूलमा गराइयो । यी प्रयत्नबाट रूपचन्द्रमा अझै विद्रोही। भावना र युवाहरूलाई राजनीतिक रूपले जागृत पार्नुपर्छ र उनीहरूमा श्रमप्रति र सौन्दर्यप्रति रूची जगाउनु पर्छ भन्ने जागरूकता पर्याप्त मात्रामा भएको झलक मिल्छ । 

रूपचन्द्र तीन चार वर्षभन्दा लामो समय प्र.अ. हुनुभएन । तर दामन टावरको र रेष्टुराँको संचालक चाहिँ ७ वर्षसम्म भईरहनु भयो । यही दौरानमा ग्रह नक्षत्रको अध्ययन गर्ने, जीव-जन्तुको अध्ययन गर्ने, प्रकृति र भूगर्भको अध्ययन गर्ने काम उहाँको दिनचर्या बन्यो । 

यी प्रयत्नबाट रूपचन्द्रमा अझै विद्रोही। भावना र युवाहरूलाई राजनीतिक रूपले जागृत पार्नुपर्छ र उनीहरूमा श्रमप्रति र सौन्दर्यप्रति रूची जगाउनु पर्छ भन्ने जागरूकता पर्याप्त मात्रामा भएको झलक मिल्छ ।

२०३६ सालमा जनमत संग्रहको घोषणा भएपछि उहाँले टोपीदेखि जुत्तासम्म बहुदलको चुनावी रंग नीलो लगाएर बहुदलको प्रचारमा जिल्ला भ्रमण गर्नुभयो । पछि, बालिग मताधिकार र आम चुनावको आधारमा राष्ट्रिय पंचायतको गठन हुने गरी संविधान संशोधन भएपछि रूपचन्द्र " थाहा आन्दोलन" का प्रवर्तकका रूपमा २०३८ सालको आम चुनावमा उम्मेदवारको रूपमा खडा हुनुभयो । 

२०३८ सालमा प्रायः सबै प्रतिपक्षी पार्टीहरूले पंचायती चुनाव बहिष्कार गरे । तर रूपचन्द्रले ती प्रतिपक्षको प्रतिनिधित्व गर्दै चुनावमा भाग लिनुभयो र बिजयी पनि हुनुभयो । 

एक्लो हुँदा पनि ठीक कुरो बोलीछोड्ने साहस, तर्कपूर्ण ढंगले आफ्ना कुराहरूले प्रतिक्रियावादीहरूलाई नतमस्तक बनाउने क्षमता, पंचायती शासक प्रशासकहरूलाई "तँ भाते कुकुर !" भनेर ठाडो हकार्ने हिम्मत, पद, आशा, पैसामा पटक्कै बिक्री नहुने उहाँको नैतिक स्तर र भ्रष्टाचारमुक्त छवि तथा देशव्यापी 'थाहा' आन्दोलनले गर्दा रूपचन्द्र यो अवधिमा सिर्फ व्यक्ति रहनु भएन, संस्था बन्न पुग्नुभयो । 

२०३८ सालदेखि २०४३ सालसम्मको राष्ट्रिय पंचायतमा रूपचन्द्र एक्लैले राष्ट्रिय पंचायत थर्काउनु भयो । चाहे सैनिक ऐन आउन लाग्दा होस् वा अरू घटनामा, उहाँ एक्लैले पनि पंचायती संसदका सिमाहरूलाई पर्दाफास गर्ने कार्य निकै राम्ररी चलाउनु भयो । एक्लो हुँदा पनि ठीक कुरो बोलीछोड्ने साहस, तर्कपूर्ण ढंगले आफ्ना कुराहरूले प्रतिक्रियावादीहरूलाई नतमस्तक बनाउने क्षमता, पंचायती शासक प्रशासकहरूलाई "तँ भाते कुकुर !" भनेर ठाडो हकार्ने हिम्मत, पद, आशा, पैसामा पटक्कै बिक्री नहुने उहाँको नैतिक स्तर र भ्रष्टाचारमुक्त छवि तथा देशव्यापी 'थाहा' आन्दोलनले गर्दा रूपचन्द्र यो अवधिमा सिर्फ व्यक्ति रहनु भएन, संस्था बन्न पुग्नुभयो । उहाँको संबन्धमा थुप्रै किंवदन्तीहरू बने । यो क्रम २०४३ सालको आम चुनावबाट उहाँको र उहाँजस्ता अरू ४/५ जना जनपक्षीय सांसदहरूको एउटा टीम नै संसदमा उपस्थित भएपछि पनि कायम रह्यो । रूपचन्द्र यो अवधिमा चर्चा र लोकप्रियताको शिखरमा पुग्नुभयो ।

उहाँको लोकप्रियताबाट त्रसित भएर २०४३ सालमा उहाँलाई "होशियार !” नामक कविता-पर्चा निकालेको निहुँमा पंचायती सरकाले जेलमा थुन्यो, तर यसबाट उहाँको लोकप्रियता घटेन, अरू ज्यादा बढ्यो । उहाँ को " थाहा आन्दोलन" ले मकवानपुरमा र देशभरि पंचायती र मण्डलेविरोधी चेतना जागृत गर्न ठूलो भूमिका खेल्यो ।

प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र मरिचमान सिंहले रूपचन्द्रलाई मन्त्रीपद र पैसाले किन्न प्रशस्तै प्रयत्न गरेको कुरा रूपचन्द्र स्वयंले बताउनु भएको थियो ।
 

तर रूपचन्द्र त्यस्तो व्यक्तिको रूपमा नेपाली श्रमिक वर्गको आन्दोलनमा निक्लिनु भयो, जो कुनै पनि पद र पैसामा बिक्री हुँदैन । यतिखेर नेपाली कम्युनिष्ट आन्दोलनमा मौका पाउनासाथ बेइमान हुने नेताहरू थुप्रै निक्लेका छन् । तर रूपचन्द्रले आफूलाई सर्वथा अलग अगुवाका रूपमा प्रस्तुत गर्नुभयो- जस्तोसुकै मौका आउँदा पनि बेइमान नहुने मान्छेका रूपमा ।

२०४० को दशकको शुरूतिर पुग्दा रूपचन्द्र नेपालमा दन्त्यकथाका नायकजस्तै हुनुभएको थियो । उहाँका बारेमा थुप्रै कथाहरू प्रचलित थिए, देशव्यापी रूपमा । प्रतिक्रियावादीहरूको निम्ति रूपचन्द्र एक्लै पनि पन्छाउनै मुश्किल ठूलो चुनौतीको पहाड जस्तो हुनुभएको थियो ।

यी सबै विशेषताको फलस्वरूप, रूपचन्द्र प्रति र उहाँको थाहा आन्दोलनप्रति आम जनताको जिज्ञाषा र आकर्षण काफी मात्रामा वृद्धि भयो । २०४० को दशकको शुरूतिर पुग्दा रूपचन्द्र नेपालमा दन्त्यकथाका नायकजस्तै हुनुभएको थियो । उहाँका बारेमा थुप्रै कथाहरू प्रचलित थिए, देशव्यापी रूपमा । प्रतिक्रियावादीहरूको निम्ति रूपचन्द्र एक्लै पनि पन्छाउनै मुश्किल ठूलो चुनौतीको पहाड जस्तो हुनुभएको थियो । उहाँको | कवितात्मक शैलीका पर्चाहरू व्यापक मात्रामा हातहातै बिक्थे । उहाँका भनाइहरू कुनै पनि पत्रिकाले ठूलो महत्वकासाथ छाप्थे । उहाँ जहाँ उभिनु हुन्थ्यो, त्यहाँ मान्छेको कुँडुलो लाग्थ्यो । शासक-प्रशासकहरू उहाँबाट थर्कमान थिए । रूपचन्द्र अफिस, विभाग, मंत्रालय पुग्दा काम फत्ते गर्न घूस ख्वाउनु पर्दैनथ्यो । 

"थाहा आन्दोलन"

उहाँले प्रारम्भ गर्नु भएको " थाहा आन्दोलन" नेपाली श्रमिक वर्गको जागरणको निमित्त अत्यन्त महत्वपूर्ण आन्दोलन थियो । यसको सार के थियो भने, श्रमिकको राजनीति पूँजीपतिले गरीदिएर हुन्न, छाप्रेको राजनीति दरवारले गरीदिएर हुन्न, मोहीको राजनीति तल्सीङ्गले गरीदिएर हुन्न, महिलाको राजनीति पुरुषले गरीदिएर हुन्न, उनीहरू आआफैं जागत हुनुपर्छ । आफ्नो राजनीति आफै गर्नुपर्छ । हरेक कुरा बुझेर, थाहा पाएर गर्नुपर्छ । यो वा त्यस प्रक्ष लागेर राजनीति गर्ने होइन, सत्य र ठीकको पक्ष लागेर राजनीति गर्नुपर्छ । सत्य खोज्ने, ठीक काम गर्ने, आफू बेठीक नगर्ने, अरूले गरेको बेठीक नसहने- यत्ति गर्न सकियो भने गरीबमारा, बजेटमारा र मुलुकमाराहरू भागाभाग गर्न बाध्य हुन्छन् ।

" थाहा आन्दोलन" को चूरो कुरो - "निष्पक्ष सक्रियताको अभ्यास" हों । अर्थात् मान्छे यो वा त्यसको पक्ष लिने र पछिलाग्ने होइन, सत्य र ठीकको पक्ष लिने र पछि लाग्ने गर्नुपर्छ र ऊ बाँकीमा निष्पक्ष हुने प्रयत्न गर्नुपर्छ । निष्पक्ष भएपछि सक्रिय हुन निकै गाह्रो हुन्छ । तर त्यहीं गाह्रो काम गर्नुपर्छ । र एक चोटि एक दिन, एक महीना होइन, जीवभर निष्पक्ष रहेर सक्रियताको अभ्यास गर्न साधना गर्नुपर्छ । 

हरेक कुरा बुझेर, थाहा पाएर गर्नुपर्छ । यो वा त्यस प्रक्ष लागेर राजनीति गर्ने होइन, सत्य र ठीकको पक्ष लागेर राजनीति गर्नुपर्छ । सत्य खोज्ने, ठीक काम गर्ने, आफू बेठीक नगर्ने, अरूले गरेको बेठीक नसहने- यत्ति गर्न सकियो भने गरीबमारा, बजेटमारा र मुलुकमाराहरू भागाभाग गर्न बाध्य हुन्छन् ।

'हामी कसैका होइनौ

कोही हाम्रा होइनन् 

हामी सत्य र ठीकका 

सत्य र ठीक हाम्रो ।' 

रूपचन्द्र विष्टको ‘‘निष्पक्ष सक्रियताको अभ्यास " को सार कुरो यही हो । 

" थाहा आन्दोलन" मनुष्यत्व मूर्च्छाबाट व्युँझनुपर्छ, जागृत हुनुपर्छ र आफ्नो लागि आफै व्युँझनुपर्छ भन्ने आन्दोलन हो । जागृत मनुष्यत्व साम्यवादको पनि सार हो । जागृत मनुष्यत्वकै आधारमा मार्क्स एंगेल्सले शोषणरहित, वर्गरहित र राज्यरहित समाजको परिकल्पना गर्नु भएको हो । मानव जागृत भयो भने र विवेकशील भयो भने, कुनै दमनकारी राज्ययन्त्र र कानूनको जरूरत पर्दैन, स्वविवेकको आधारमा मान्छे अनुशासित हुनेछ भन्ने सवाल नै साम्यवादको चूरो कुरो हो । यस परिप्रेक्ष्यमा, सम्यवादको चुरो कुरो र थाहा आन्दोलनको चूरो कुरोमा कुनै तात्विक भिन्नता भेटिन्न । दुवैको सार र सन्देश एउटै हो । 

" थाहा आन्दोलन" ले व्युँझाउन लक्षित गरेको मानव समुदाय कलिला बालक बालिकाहरू, श्रमिकहरू, जीवन र जगतबारे चिन्तित बुद्धिजीविहरू र नारीहरू हुन् । यस अर्थमा 'थाहा आन्दोलन' मा श्रमिक र उत्पीडित वर्गीय पक्षधरता पनि स्पष्ट रूपमा भेटिन्छ । 

नेपाली राजनीतिमा, अझ कम्युनिष्ट आन्दोलनमै पनि मान्छेलाई जागृत गर्ने होइन, भक्त बनाउने र दास बनाउने प्रक्रिया चर्को रूपमा हावी छ । सत्य र ठीकको पक्ष लिने होइन, यो वा त्यो व्यक्ति-नेताको, यो वा त्यो गूटको पछि लाग्ने, लगाउने प्रवृत्ति चर्को मात्रामा हावी छ । यो परिप्रेक्ष्यमा, समाज मात्र होइन, नेपाली कम्युनिष्ट आन्दोलनभित्रै पनि रूपचन्द्रको “थाहा आन्दोलन " को सान्दर्भिकता छ । यसले कम से कम, 'कुनै नेता वा गुटको होइन, सत्य र ठीकको पछि लाग' भन्ने जागृतिमूलक सन्देश त दिन्छ । 

नेपाली राजनीतिमा, अझ कम्युनिष्ट आन्दोलनमै पनि मान्छेलाई जागृत गर्ने होइन, भक्त बनाउने र दास बनाउने प्रक्रिया चर्को रूपमा हावी छ । सत्य र ठीकको पक्ष लिने होइन, यो वा त्यो व्यक्ति-नेताको, यो वा त्यो गूटको पछि लाग्ने, लगाउने प्रवृत्ति चर्को मात्रामा हावी छ । यो परिप्रेक्ष्यमा, समाज मात्र होइन, नेपाली कम्युनिष्ट आन्दोलनभित्रै पनि रूपचन्द्रको “थाहा आन्दोलन " को सान्दर्भिकता छ । 

रूपचन्द्रले थाहा आन्दोलनको द्वन्दात्मक भौतिकवाद हो. यसको ध्येय शोषणरहित समाज हो, दर्शन -यसको तात्कालीन राजनीति गणतन्त्र हो भनेर खुलस्तै बताउनु भएको छ (हेर्नुहोस् 'जन एकता' मा प्रकाशित अन्तिम थाहा अन्तर्वार्ता, २४ जेठ २०५६) । यस परिप्रेक्ष्यमा रूपचन्द्र को आन्दोलन' र नेपाली कम्युनिष्ट आन्दोलनको लक्ष्य, उद्देश्य र रणनीतिमा कुनै खास अन्तर्विरोध देखिन्न । उहाँले आफ्नो मौलिक भाषाबाट कम्युनिष्ट आन्दोलनले पक्रनु पर्ने चूरो कुरो नै पक्रनु भएको छ भन्ने मलाई लाग्दछ । वास्तवमा विश्वका प्रत्येक कम्युनिष्ट आन्दोलनले गर्नु पर्ने मूल काम नै जागृतिको आन्दोलन हो, जुन नेपालमा भइराखेको भेटिन्न । त्यसैलाई उहाँले आफ्नो भाषामा " थाहा आन्दोलन" भन्नुभयो ।

 

रूपचन्द्र र थाहा आन्दोलनले अघि सारेको विचार र संस्कृतिको वरपर देशव्यापी संगठनको प्रारूप तयार पार्ने यी अपूर्व अवसर थियो । तर यो समय र परिवेशलाई पक्रने र अपूर्व अवसरलाई उपयोग गर्ने पहल भने रूपचन्द्रबाट बेलैमा भएको देखिएन । 

उहाँको यो महत्वपूर्ण थाहा आन्दोलन, माथि नै भनिसकियो, ४० को दशकको शुरूमा लोकप्रियताको शिखरमा थियो । रूपचन्द्र स्वयं देशव्यापी आकर्षणको विषय हुनुहुन्थ्यो । रूपचन्द्र र थाहा आन्दोलनले अघि सारेको विचार र संस्कृतिको वरपर देशव्यापी संगठनको प्रारूप तयार पार्ने यी अपूर्व अवसर थियो ।

 तर यो समय र परिवेशलाई पक्रने र अपूर्व अवसरलाई उपयोग गर्ने पहल भने रूपचन्द्रबाट बेलैमा भएको देखिएन । मकवानपुरमा "जनमुखी रापंस सहयोग समिति” गाउँ गाउँमा बनाउनु बाहेक त्योभन्दा उन्नत स्तरको संगठन निर्माण गर्ने कार्य र उहाँका सहकर्मीहरूबाट भएन । एकातिर रूपचन्द्र व्यक्ति उहाँ नभएर संस्था बनिसकेको स्थिति, अर्कोतिर, आफ्नै आन्दोलन र कामले तयार भएको यो सांगठनिक पूर्वाधार र प्रारूपलाइ न्वारन गरेर संगठित रूप दिन रूपचन्द्र स्वयम्मै मानसिक बेतयारी र हिच्किचाहट, यो अनौठो विरोधाभास २०४० को दशकको मध्यतिर सिर्जना भइरहेको थियो । 

सीमाहरू र ओरालोको शुरूवात 

सारा उँचाइ र सकारात्मक विशेषताका वावजूद रूपचन्द्र पनि मान्छे नै हुनुहुन्थ्यो र उहाँका पनि कमजोरी र सीमाहरू थिए । तिनै विशिष्ठ कमजोरी र सीमाको कारणले संगठन निर्माणका लागि सारा संभावनाहरू, जग र पूर्वाधारू तयार भएर पनि "जनमुखी सहयोग समिति " भन्दा माथिल्लो र उन्नत श्रमिक वर्गको संगठन रूपचन्द्रबाट २०४६ सालअघि निर्माण गर्ने प्रयत्न भएन ।

रूपचन्द्रको सीमा के हो भने, उहाँमा व्यक्तिगत स्वतन्त्रतालाई र निजत्वलाई आवश्यकताभन्दा निकै ज्यादा प्राथमिकता दिने आफूकेन्द्रित सोच र प्रवृत्ति रहेको देखियो । आफूभन्दा -कम क्षमताका मान्छेसित सामूहिक द्वन्द र अन्तर्क्रियाको प्रक्रियामा हेलिँदा आफ्नो व्यक्तिगत स्वतन्त्रता र निजत्व नै कैद हुने हो कि भन्ने भ्रमपूर्ण भय उहाँमा व्याप्त रहेको देखियो । 

संगठन गर्न अरू कुराका अलावा साझा लक्ष्य र उद्देश्यका निम्ति व्यक्तिगत स्वतन्त्रतालाई सामूहिक द्वन्द र अन्तर्क्रियाको प्रक्रियामातहत राख्ने तत्परता प्रत्येक अगुवासित हुनुपर्छ । त्यसो गर्दा यथार्थमा व्यक्तिगत स्वतन्त्रता हनन हुँदैन, व्यक्ति-व्यक्तिको अन्तर्क्रिया र द्वन्दबाट आफ्नो र विचार दुवैको विकास र परिमार्जन हुन्छ भन्ने विश्वास प्रत्येक व्यक्तिमा हुनुपर्छ । त्यो विश्वास नहुने हो भने, सामूहिक अन्तर्क्रिया र द्वन्दले व्यक्तिगत "स्वतन्त्रता र निजत्व कै"


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
पालुङ जेसीजको २६औँ पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न, युवाको नेतृत्व विकासमा सहकार्य गर्न नगरपालिका तयार : उपप्रमुख गोपाली
FB_IMG_1770717081031-1770717114.jpg

पालुङ जेसीजको २६औँ पदस्थापना एवम् पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। थाहा नगरपालिकास्थित जेसीज...

सिङ्गो बलामी समूह कपुगाउँको साथ उमेद्वार लवशेर बिष्टलाई
FB_IMG_1770559029840-1770559039.jpg

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मी बढ्न थालेकोछ । उमेदवारहरुलाई मतदाता...

थाहामा निर्वाचन प्रहरीको तालिम जारी, ३४ जना सहभागी
FB_IMG_1770477624635-1770477832.jpg

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै थाहा नगरपालिकामा निर्वाचन प्रहरीको तालिम सुरु गरिएको छ। नेपाल...

थाहा नगर उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारण सभा सम्पन्न
FB_IMG_1770462215362-1770462231.jpg

थाहा नगर उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारण सम्पन्न भएको छ। थाहा नगरपालिका स्थित पालुङ बहुउद्देश्यीय...

निर्वाचन : मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिँदै
facebook_1770428223277_74-1770428257.jpg

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । दुई वटा...

विद्यार्थीलाई लक्षित तीनदिने ‘माइन्ड एन्ड मोटिभेसनल’ शान्ति तथा ध्यान शिविर सम्पन्न
FB_IMG_1770381936906-1770381962.jpg

बोधिचर्य फाउन्डेसनको आयोजनामा थाहा नगरपालिकामा बृहत शान्ति तथा ध्यान शिविर अन्तर्गत तीनदिने “MIND AND MOTIVATIONAL WORKSHOP”...

थाहा–४ शिखरकोटकी एकल महिला चिनिमैयाँ नेपालीलाई वाईसीएलद्वारा पक्की घर निर्माण गरी हस्तान्तरण
FB_IMG_1770367131593-1770367228.jpg

थाहा नगरपालिका–४, शिखरकोट निवासी एकल महिला आमा चिनिमैयाँ नेपालीको जीर्ण तथा बस्न अयोग्य अवस्थामा रहेको घर...

लवशेर बिष्टको ईन्द्रसरोवर र थाहाको घरदैलोमा शानदार ईन्ट्री:-स्थानीयले भने बिष्ट हाम्रो उमेदवार हो
FB_IMG_1770303743606-1770303780.jpg

आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा यति खेर सबै पार्टीका उमेदवार घरदैलोमा ब्यस्त रहेकोछ । नेकपा (...

लायन्स बर्ष सम्मान सहित लायन्स र लियो क्लव अफ थाहा पिसको ९ औँ पदस्थापन सम्पन्न
FB_IMG_1770219071079-1770219085.jpg

थाहा नगरमा सामाजिक सेवामा सक्रिय  लायन्स क्लव लायन्स क्लव अफ थाहा पिसको वर्ष २०२५/०२६ का लागि ९ औँ पदस्थापन...