pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

"थाहा"

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन

1750518014275-1750518066.jpg

मकवानपुर ।
थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको अवसरमा हेटौंडाको थाहाचोकमा शनिबार साँझ दीप प्रज्वलन कार्यक्रम सम्पन्न भयो।

रुपचन्द्र बिष्ट स्मारक समिति नेपाल र नुरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान हेटौंडाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले निष्पक्ष सक्रियताको अभ्यासलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याए।
संविधानसभा सदस्य प्रल्हाद लामिछानेले रुपचन्द्र बिष्ट सबैको साझा ब्यक्तित्व भएको बताउँदै उनको विचार आज पनि सान्दर्भिक रहेको धारणा राखे।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, वडा नम्बर १० का सदस्य ईश्वरप्रसाद मैनाली, नेपाल अडिटर्स एसोसिएसनका प्रतिनिधि प्रकाश ढकाल, अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्याल लगायतको उपस्थिति थियो।

वि.सं. १९९० साल पुष २७ गते जन्मिएका रुपचन्द्र बिष्ट नेपाली समाज रूपान्तरणका लागि जनमुखी सहकर्मीको रूपमा चिनिन्थे। 'रुप', 'रुपे', 'रुदाने', 'रापसरु', 'जसरु' जस्ता नामले परिचित उनी “थाहा आन्दोलन” मार्फत जनचेतना फैलाउने कार्यमा सक्रिय थिए।
उनको निधन वि.सं. २०५६ साल असार ७ गते भएको थियो

1750518024203-1750518066.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...