jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

राक्सिराङको सरकारी स्कुलमा मासिक १ सय ५० मा अङ्ग्रेजी माध्यममा शिक्षा

FB_IMG_1683985023869-1683985050.jpg

सुन्दा अचम्म लाग्न सक्छ । यस्तो पनि होलार ? के यो सम्भव छ या सस्तो लोकप्रियताको लागि हो भन्ने प्रश्नै प्रश्न उठ्न सक्छ । र स्वभाबिक नि हो किनकी अहिले सरकारी स्कुलमा त पैसा तिर्नुपर्ने अवस्था छ । तर यो प्रयास राक्सिराङ गाउँपालिका ३ नम्बर वडाको सुर्योदय माबि सरिखेतको हो ।

नर्सरी देखि ३ कक्षासम्म अंग्रेजी माध्याममा पठनपाठन गराउन लागेको हो । शुक्रबार एक कार्यक्रमका बिच बागमती प्रदेश सभा सदस्य संसद ईन्द्र बहादुर बानियाँले औपचारिक रुपमा उद्घाटन गरेका थिए । उनले गुणस्तरीय शिक्षाको लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।

यस्तै गरि गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भैतिक संरचनाको बिकासले मात्र समृद्धि नआउने भन्दै शिक्षाको बिकास र शैक्षिक लगानी पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । राक्सिराङको बिकासको लागि चुनावमा जुन पार्टीको झण्डा लिएर उत्रेपनी सार्बजनिक पदमा पुगेपछी आफुले कहिल्यै कसैलाई काखा र कसैलाई पाखा नगरेको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सुर्योदय स्कुल सफल हुनेमा आशा ब्यक्त गर्नुभयो ।

त्यस्तै गरि वडा अध्यक्ष उत्तम वाईबाले शिक्षा नै बिकासको पहिलो आधार भएको भन्दै आफ्नो वडाले प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानको शुरुवात गरेको बताउदै सहुलियतपूर्ण शिक्षा आफ्नै वडामा प्रदान गरिने भएपछी बालबच्चा पढाउनकै लागि भनेर बजार झर्ने दिनको अन्त्य भएको बताउनुभयो । साथै बिधालयले बाली बिज्ञानको कक्षा समेत संचालन भएको भन्दै गाउँपालिकासङ्ग सहयोगको अपेक्षा गर्नुभयो ।

बिधालयका प्रधानाध्यापक सिताराम सुबेदिले कार्य प्रगति, आगामी लक्ष/कार्यक्रम र समस्या तथा चुनौती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । बिधालयले सुबिधासम्पन्न भवनमा बिधालयकै रहेका शिक्षकहरुद्वारा कक्षा सन्चालन गर्न लागेको हो । गोपिराम रुम्बाको संयोजकत्वमा थप ४ जना शिक्षक रहने प्र.अ.सुबेदिले जानकारी दिनुभयो ।

नर्सरीमा १३ जना,केजिमा १५ जना, १ कक्षामा २८ जना,२ कक्षामा ३३ जना र ३ कक्षामा ३५ जना बिद्यार्थी रहेको र यो कार्यक्रम लागू गर्नलाई प्रयाप्त संख्या रहेको बताउनुभयो ।

बिद्यार्थीहरुलाई पाठ्यपुस्तक निशुल्क प्रदान गरिने बताउदै अभिभावकहरुलाई बिधालय सन्चालन तथा ब्यबस्थापनको लागि मासिक १ सय ५० शुल्क तिर्न आग्रह गर्नुभयो । बिधालयमा बालो बिज्ञान अन्तर्गत कक्षा ९ मा ३२ जना र १० कक्षामा २६ जना बिद्यार्थी अध्ययन गरिरहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रम विभिन्न राजनैतिक दलका प्रतिनिधि, सामाजिक संघ सस्थाका प्रतिनिधीले मन्तब्य व्यक्त गरेका थिए । स्थानिय अभिभावक आफ्ना बालबालिका न्यून शुल्कमानै अंग्रेजी माध्याममा पढ्न पाउने भएपछि खुसी देखिएका थिए । बालबच्चालाई २/४ वटा अंग्रेजी अक्षर चिनाउनकै लागि आफ्नो थापथलो छोडेर अन्त जानुपर्ने बाध्यताबाट मुक्त भयौं भन्दै यो यात्रा निरन्तर चलिरहन सबैको साथ सहयोग रहनुपर्ने बताएका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...