edu-1681783152.jpg
Saturday, 10 Jun, 2023
sahara-1681783426.jpg

शिक्षा

राक्सिराङको सरकारी स्कुलमा मासिक १ सय ५० मा अङ्ग्रेजी माध्यममा शिक्षा

FB_IMG_1683985023869-1683985050.jpg

सुन्दा अचम्म लाग्न सक्छ । यस्तो पनि होलार ? के यो सम्भव छ या सस्तो लोकप्रियताको लागि हो भन्ने प्रश्नै प्रश्न उठ्न सक्छ । र स्वभाबिक नि हो किनकी अहिले सरकारी स्कुलमा त पैसा तिर्नुपर्ने अवस्था छ । तर यो प्रयास राक्सिराङ गाउँपालिका ३ नम्बर वडाको सुर्योदय माबि सरिखेतको हो ।

नर्सरी देखि ३ कक्षासम्म अंग्रेजी माध्याममा पठनपाठन गराउन लागेको हो । शुक्रबार एक कार्यक्रमका बिच बागमती प्रदेश सभा सदस्य संसद ईन्द्र बहादुर बानियाँले औपचारिक रुपमा उद्घाटन गरेका थिए । उनले गुणस्तरीय शिक्षाको लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।

यस्तै गरि गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भैतिक संरचनाको बिकासले मात्र समृद्धि नआउने भन्दै शिक्षाको बिकास र शैक्षिक लगानी पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । राक्सिराङको बिकासको लागि चुनावमा जुन पार्टीको झण्डा लिएर उत्रेपनी सार्बजनिक पदमा पुगेपछी आफुले कहिल्यै कसैलाई काखा र कसैलाई पाखा नगरेको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सुर्योदय स्कुल सफल हुनेमा आशा ब्यक्त गर्नुभयो ।

त्यस्तै गरि वडा अध्यक्ष उत्तम वाईबाले शिक्षा नै बिकासको पहिलो आधार भएको भन्दै आफ्नो वडाले प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानको शुरुवात गरेको बताउदै सहुलियतपूर्ण शिक्षा आफ्नै वडामा प्रदान गरिने भएपछी बालबच्चा पढाउनकै लागि भनेर बजार झर्ने दिनको अन्त्य भएको बताउनुभयो । साथै बिधालयले बाली बिज्ञानको कक्षा समेत संचालन भएको भन्दै गाउँपालिकासङ्ग सहयोगको अपेक्षा गर्नुभयो ।

बिधालयका प्रधानाध्यापक सिताराम सुबेदिले कार्य प्रगति, आगामी लक्ष/कार्यक्रम र समस्या तथा चुनौती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । बिधालयले सुबिधासम्पन्न भवनमा बिधालयकै रहेका शिक्षकहरुद्वारा कक्षा सन्चालन गर्न लागेको हो । गोपिराम रुम्बाको संयोजकत्वमा थप ४ जना शिक्षक रहने प्र.अ.सुबेदिले जानकारी दिनुभयो ।

नर्सरीमा १३ जना,केजिमा १५ जना, १ कक्षामा २८ जना,२ कक्षामा ३३ जना र ३ कक्षामा ३५ जना बिद्यार्थी रहेको र यो कार्यक्रम लागू गर्नलाई प्रयाप्त संख्या रहेको बताउनुभयो ।

बिद्यार्थीहरुलाई पाठ्यपुस्तक निशुल्क प्रदान गरिने बताउदै अभिभावकहरुलाई बिधालय सन्चालन तथा ब्यबस्थापनको लागि मासिक १ सय ५० शुल्क तिर्न आग्रह गर्नुभयो । बिधालयमा बालो बिज्ञान अन्तर्गत कक्षा ९ मा ३२ जना र १० कक्षामा २६ जना बिद्यार्थी अध्ययन गरिरहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रम विभिन्न राजनैतिक दलका प्रतिनिधि, सामाजिक संघ सस्थाका प्रतिनिधीले मन्तब्य व्यक्त गरेका थिए । स्थानिय अभिभावक आफ्ना बालबालिका न्यून शुल्कमानै अंग्रेजी माध्याममा पढ्न पाउने भएपछि खुसी देखिएका थिए । बालबच्चालाई २/४ वटा अंग्रेजी अक्षर चिनाउनकै लागि आफ्नो थापथलो छोडेर अन्त जानुपर्ने बाध्यताबाट मुक्त भयौं भन्दै यो यात्रा निरन्तर चलिरहन सबैको साथ सहयोग रहनुपर्ने बताएका थिए ।

nepalaya-copy-1675152884.jpg
himalayan-1681783251.jpg

nagarpalika-1661488385.jpg
viber_image_2022-09-27_22-1664340402.jpg
thaha-1681783216.jpg
sahara-1681783294.jpg
जनश्रमदान बाट जगडाँडामा सिंचाइ
FB_IMG_1686329002487-1686329014.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ...

न्युनतम सेवा मापदण्डमा थाहाका ३ स्वास्थ्य संस्था जिल्ला उत्कृष्ट
FB_IMG_1686328336817-1686328359.jpg

स्वास्थ्य कार्यालय मकवानपुरले  स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम...

आगामी बजेटबाट आफ्नो माग पूरा गर्न थाहाका इसिडी शिक्षकहरुको ध्यानाकर्षण
FB_IMG_1686320188458-1686321670.jpg

नेपाल बाल विकास शिक्षक समिती थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा...

शिक्षक महासंघ थाहाले नगरको शैक्षिक सुधारको निम्ति बुझायो सुझाव पत्र
FB_IMG_1686319789757-1686320988.jpg

नेपाल शिक्षक महासंघ थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक...

मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला
FB_IMG_1686319918571-1686320015.jpg

जेठ, हेटौडा (मनहरी) - मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका...

पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।
FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ...

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।
FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका...

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।
FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र...

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,
FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको...