jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

माओवादी केन्द्र थाहा नगरको चुनावी अभियान तिब्र।
चित्लाङको सडकमा एमालेको राजनिती ।

नेकपा माओवादी केन्द्र थाहा नगरले आज नगरको विभिन्न वडामा चुनावी अभियान अन्तर्गत अगुवा कार्यकर्ता प्रशिक्षण ,वडा बैठक ,जस्ता चुनावी कार्यक्रम हरुलाइ तिब्रता दियको छ।माओबादी केन्द्र थाहा नगरका अनुसार आज वडा न १० मा चुनावी रणनीति तय गर्न वडा बैठक आयोजना गरियको छ भने वडा न १ मा माओबादी केन्द्रको वडा कार्यालयको स्थापना गरि उद्घाटन गरियको छ।वडा कार्यालय लाई माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभयो।तेस्तै वडा न २ को आयोजनामा अगुवा कार्यकर्ता भेला तथा चुनावी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।२ न वडा अध्यक्ष शंकर तामाङको अध्यक्षता मा सम्पन्न कार्यक्रममा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा थाहा-इन्द्रसरोवरका चुनावी कमान्डर सन्तोष बिष्ट ,माओवादी केन्द्र केन्द्रिय सहकारी बिभागका केन्द्रिय सदस्य बिष्णुहरि ढकाल जंगली ,माओबादी केन्द्रका प्रदेश सदस्य हरु ज्योति रायमाझी ,बिष्णु बिष्ट आदर्श ,प्रदेश समन्वय समिति सदस्य जगन्नाथ ढकाल,जिल्ला समन्वय समिति सदस्य तथा भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी ,जिल्ला समन्वय समिती सदस्यहरु तारा सिन्तान ,बिनायक गोले ,लक्ष्मण बिष्ट ,नगर अध्यक्ष बिनोद लामा ,प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य धुर्बराज ढकाल,बागमती प्रदेश सचिव इच्छापुर्ण कार्की,थाहा नगर अध्यक्ष शम्भु अधिकारी लगायतका नेता कार्यकर्ताको उपस्थित रहेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका नवप्रबेशी हरुलाइ स्वागत गरियको थियो भने जेष्ठ पार्टी सदस्यहरुलाइ सम्मानित गरियको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले वडा न २ मा अघिल्लो चुनावमा ४ जना सदस्य जित्दा पनि अध्यक्ष हार्नुको कारणमा आत्मसमीक्षा गर्दै आगामी चुनावमा जसरिपनी बिजयी हुन आबश्यक रणनिती तय गर्नुपर्नेमा जोड दियका थिय भने वडा न ३ मा वडा अध्यक्ष हिरेन्द्र रायमाझीको अध्यक्षता मा सम्पन्न भेलालाइ सम्बोधन गर्दै माओवादी केन्द्र सहकारी बिभागका केन्द्रिय सदस्य बिष्णुहरि ढकालले एमाले ले चित्लाङको बाटोमा राजनिती गरिरहेकोले आम नगरबासी सचेत रहनुपर्ने बताउदै सडक निर्माणमा बजेट हाल्ने सरकार ,काम गर्ने ठेकेदार तर सडक हेर्ने नाममा कथित सरोकारवाला समिती भन्दै जनता सङ खाजा रकम भन्दै पैसा उठाउदै ढुङ्गा बेचिरहेको बताउदै अब तेहि प्रयोग गर्ने ढुङ्गा पनि सक्किसकेको र हिउदमा सबारी साधन चलेपनी बर्षामा पहिरो जाने र फेरि हिउदमा ढुंगाको व्यापार गर्ने अनौठो कार्य भैरहेको बताउदै नगरको बिकासमा प्रत्यक्ष सरोकार राख्ने सडकमा राजनिती नगरी सरकारलाइ काम गर्नदिन आग्रह गर्दै काठमाडौ तराइ द्रुत मार्ग जस्तै थाहा नगर हुँदै काठमाडौ चितवन फास्ट ट्र्याक बनाइ ५० किलोमीटर मा काठमाडौ बाट चितवन सडक बनाउन सर्बे गर्न माओवादीले  जोड गरिरहेको बताउनु भयो।
भेलाले वडा हरुमा निर्वाचन परिचालन कमान्डर हरुको समेत चयन गरेको छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...