jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

मलाई कठघरामा उभ्याइयो उसले गलाभरि माला पहिरिएर हिँड्यो

बेजोड रचनाका सर्जक Yash Lama लाई धन्यबाद,

गाई मारा भर्सेस् भाइ मारा

स्कुल पढ्दा देखि नै नगर्नु पर्ने शंका गर्थे साथीहरूले मलाई ।

गुरूहरू अापसी कानेखुसी गरेको सुन्थें

साउती मारेको देख्थेँ

यसको पुर्खाले त गाई खान्छ गाई सायद अहिले पनि खाँदो हो ।

जब म निकै कठिनताका बाबजुद सिक्दैथेँ भाषा

जस्तो कि कति गाह्राे हुन्छ गह्रौं भारी बोकेर गन्तव्य पुग्न

त्यतिबेला मलाई जिस्काएर भाग्थे पर… प�र…

सखाहरू भोटे मरे डाँडामा चामल पिठो भाँडामा ।

म बालाई सुनाउँथें

अाबा ङादा बाम  नला कोला कादेसे जोराङ पाङ्जी बा सालिन हुनुहुन्थ्यो मात्र यत्ति भन्नुहुन्थ्यो

मिला लिच्छा थाब्राऊ खुरू खुरू पढ्दिऊ ।

काकालाई सुनाउँथेँ

अाब्च्याङ ङादा बामनलाई कोलाकादेसे जोराङ पाङ्जी हाला थे ङादा अोन्गो दारेम् तिगाई बिजिबिसाम पुङ्गो स्वा ताइन्ना, ङा मुला काका अलिक मुढी हुनुहुन्थ्यो ।

तर…… च्याङ्बाले भने जवाफ फर्काइ हाल्थ्यो

अोई !

काठा निउ खोज्छस् ?

आइज जुध्ने ?

सिङ्गल सिङ्गल आइज ।

देश कहाँदेखि कहाँ पुग्यो

म पनि ठूलो भएँ

ठूलो कयौँ वादहरू पनि निलियो

धर्मनिरपेक्षता पनि देखियो

सङ्घीयता पनि देखियो

विद्रोहीहरूले गाई काटेर भोज गरेको पनि देखियो

तैपनि मलाई अपराधी सम्झेर हेर्छन्

केही जोर अपराधी अाँखाहरूले ।

म त मुस्कानसँग हारेको मान्छे

रिसलाई जितेको मान्छे

कत्तिले मेरो जातसँग जोडेर कुकुरको अगाडि भोटे जोडिदिए

कत्तिले ताल्चाको अघि तैपनि चुपचाप छु म

म सोच्छु सकारात्मक सोच्छु कुकरहरू इमान्दार हुन्छन् भन्ने बुझ्छु

ताल्चाहरू बलिया हुन्छन् भनेर बुझ्छु ।

अब त जरा खोज्न सक्ने भइसकेको छु

म त्यतिबेला मेरा बालसखाहरूको मस्तिष्कमा रोपिएको जरा ?

तैपनि अवशेषहरू रिसको नाममा खुसीको नाममा दिललग्गीको नाममा आइलाग्ने गर्छन् मसँग ।

हलि सम्झिन्छन् मलाई हलि म चेतको ढोकामा देख्छु

लिखुरे चुच्चो ताल्चा र ताल्चामा देख्छु लामो डोरो ।

जसले मलाई स्कुल पढ्दा जिस्काउँथे

ऊ बुढी गाई लिएर जान्छ मेरो घरको आँगन हुँदै सिमा पारिसम्म पछि पछि पुच्छर समाउँदै हिँड्छ

उसको छोरो फर्किँदा खसी डोहोर्याउँदै ल्याउँछ छोरो ललीपप चुस्दै आउँछ ।

सम्धी सञ्चै छ भनी सोध्छ म एकैखाले जवाफ दिन्न घरिघरि मात्रै यत्ति सोच्छु तन्नेरी खसीसँग बुढी गाई किन साट्यो ?

उसको छोराले पुच्छरको दाम किन माग्यो ?

फेरि एकोहोरो रिस किन गरिरह्यो ?

लक्ष्मी भनिने राष्ट्र प्रतीक मानिनेको पनि किन मोलमोलाइ गर्यो ?

किन बेचियो ?

किन्नेले मात्र खाने प्रयोजनले किने बेच्नेले के प्रयोजनले बेचे ?

गाई खाने अपराधी भए कथित धार्मिक आस्था बेच्ने र कथित देशकै प्रतीक बेच्ने देशमा�राहरू सज्जन भइरहे ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...