Friday, 10 May, 2024
साहित्य

मलाई कठघरामा उभ्याइयो उसले गलाभरि माला पहिरिएर हिँड्यो

बेजोड रचनाका सर्जक Yash Lama लाई धन्यबाद,

गाई मारा भर्सेस् भाइ मारा

स्कुल पढ्दा देखि नै नगर्नु पर्ने शंका गर्थे साथीहरूले मलाई ।

गुरूहरू अापसी कानेखुसी गरेको सुन्थें

साउती मारेको देख्थेँ

यसको पुर्खाले त गाई खान्छ गाई सायद अहिले पनि खाँदो हो ।

जब म निकै कठिनताका बाबजुद सिक्दैथेँ भाषा

जस्तो कि कति गाह्राे हुन्छ गह्रौं भारी बोकेर गन्तव्य पुग्न

त्यतिबेला मलाई जिस्काएर भाग्थे पर… प�र…

सखाहरू भोटे मरे डाँडामा चामल पिठो भाँडामा ।

म बालाई सुनाउँथें

अाबा ङादा बाम  नला कोला कादेसे जोराङ पाङ्जी बा सालिन हुनुहुन्थ्यो मात्र यत्ति भन्नुहुन्थ्यो

मिला लिच्छा थाब्राऊ खुरू खुरू पढ्दिऊ ।

काकालाई सुनाउँथेँ

अाब्च्याङ ङादा बामनलाई कोलाकादेसे जोराङ पाङ्जी हाला थे ङादा अोन्गो दारेम् तिगाई बिजिबिसाम पुङ्गो स्वा ताइन्ना, ङा मुला काका अलिक मुढी हुनुहुन्थ्यो ।

तर…… च्याङ्बाले भने जवाफ फर्काइ हाल्थ्यो

अोई !

काठा निउ खोज्छस् ?

आइज जुध्ने ?

सिङ्गल सिङ्गल आइज ।

देश कहाँदेखि कहाँ पुग्यो

म पनि ठूलो भएँ

ठूलो कयौँ वादहरू पनि निलियो

धर्मनिरपेक्षता पनि देखियो

सङ्घीयता पनि देखियो

विद्रोहीहरूले गाई काटेर भोज गरेको पनि देखियो

तैपनि मलाई अपराधी सम्झेर हेर्छन्

केही जोर अपराधी अाँखाहरूले ।

म त मुस्कानसँग हारेको मान्छे

रिसलाई जितेको मान्छे

कत्तिले मेरो जातसँग जोडेर कुकुरको अगाडि भोटे जोडिदिए

कत्तिले ताल्चाको अघि तैपनि चुपचाप छु म

म सोच्छु सकारात्मक सोच्छु कुकरहरू इमान्दार हुन्छन् भन्ने बुझ्छु

ताल्चाहरू बलिया हुन्छन् भनेर बुझ्छु ।

अब त जरा खोज्न सक्ने भइसकेको छु

म त्यतिबेला मेरा बालसखाहरूको मस्तिष्कमा रोपिएको जरा ?

तैपनि अवशेषहरू रिसको नाममा खुसीको नाममा दिललग्गीको नाममा आइलाग्ने गर्छन् मसँग ।

हलि सम्झिन्छन् मलाई हलि म चेतको ढोकामा देख्छु

लिखुरे चुच्चो ताल्चा र ताल्चामा देख्छु लामो डोरो ।

जसले मलाई स्कुल पढ्दा जिस्काउँथे

ऊ बुढी गाई लिएर जान्छ मेरो घरको आँगन हुँदै सिमा पारिसम्म पछि पछि पुच्छर समाउँदै हिँड्छ

उसको छोरो फर्किँदा खसी डोहोर्याउँदै ल्याउँछ छोरो ललीपप चुस्दै आउँछ ।

सम्धी सञ्चै छ भनी सोध्छ म एकैखाले जवाफ दिन्न घरिघरि मात्रै यत्ति सोच्छु तन्नेरी खसीसँग बुढी गाई किन साट्यो ?

उसको छोराले पुच्छरको दाम किन माग्यो ?

फेरि एकोहोरो रिस किन गरिरह्यो ?

लक्ष्मी भनिने राष्ट्र प्रतीक मानिनेको पनि किन मोलमोलाइ गर्यो ?

किन बेचियो ?

किन्नेले मात्र खाने प्रयोजनले किने बेच्नेले के प्रयोजनले बेचे ?

गाई खाने अपराधी भए कथित धार्मिक आस्था बेच्ने र कथित देशकै प्रतीक बेच्ने देशमा�राहरू सज्जन भइरहे ।


world-link-1690434568.jpg
१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...