bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

शिक्षा

मदन भण्डारी विश्व विद्यालयमा पुस देखि पढाई सुरु हुने,
जैविक कृषि बिषयमा स्नातकोत्तर र विद्यावारिधीको पढाई सुरु हुने

FB_IMG_1691488474989-1694569899.jpg

मकवानपुरको चित्लाङमा स्थापना गरिएको मदन भण्डारी  विज्ञान तथा  प्रविधि विश्वविद्यालयले आगामी पुस १ गतेदेखि जैविक कृषि विषयमा स्नातकोत्तर र विद्यावारिधिको पढाइ सुरु गर्ने भएको छ ।  

थाहा नगरपालिका—९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पठनपाठन सुरु गर्नका लागि भवनलगायत ल्याब निर्माण गरिरहेको छ । करिब ८९ लाखको लागतमा एक वर्षदेखि निर्माण कार्य सुरु गरिरहेको छ । ‘चार वटा भवनमध्ये अव एउटा मात्र भवन तयार हुन बाँकी छ,’विश्व विद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले भने,‘पुस १ गतेदेखि पढाइ सुरु गर्ने लक्ष्य लिएका छौँ ।’ स्नातकोत्तर र विद्यावारिधिका लागि जम्मा ३२ जना विद्यार्थी भर्ना लिने विश्वविद्यालयले जनाएको छ ।

 

‘उक्त विश्वविद्यालयमा अध्ययनरत विद्याथी चित्लाङमै कोठा लिएर पनि बस्न सक्छन् । काठमाडौंदेखि आउजाउ पनि गर्न सक्छन्,’ अध्यक्ष जोशीले भने । थानकोटबाट चित्लाङ १२ किलोमिटरको दूरीमा छ । विश्वविद्यालयलाई आवश्यक पर्ने विद्युत् पनि सोलारमार्फत उत्पादन गरिसकेको छ । अहिले विद्युत् आवश्यक नपरेकाले विद्युत् प्राधिकरणको ११ केभी प्रसारण लाइनमा जोडिएको छ । विश्वविद्यालयले प्राधिकरणलाई प्रतियुनिट ५ रुपैयाँ ८४ पैसामा विक्री गरेको जनाएको छ । सय वटा सोलार प्यानलबाट ५ सय किलोवाट विद्युत् उत्पादन हुन्छ ।

चित्लाङको ताकाटारमा मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय निर्माण गरिएको छ । सरकारले १ सय ८० रोपनी जग्गाको भोगाधिकार उक्त विश्वविद्यालयलाई दिइसकेको छ । थप ८ सय रोपनी जग्गाको भोगाधिकार उपलब्ध गराउन प्रक्रिया सुरु गरिएको छ ।

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...