Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको उपाध्यक्षमा जोशी

thah-768x513-1700752393.jpg

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको आर्थिक र प्रशासनिक क्षेत्रको उपाध्यक्षमा पदमसुन्दर जोशी नियुक्त भएका छन्।

अन्तर्राष्ट्रिय छनोट प्रक्रियाका आधारमा जर्मनीको काल्र्सस्रुहे विश्वविद्यालयबाट रिसोर्स इन्जिनियरिङमा स्नातकोत्तर गरेका जोशीलाई संरक्षक समितिको निर्णयबाट यही मङ्सिर १ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ ।

उनले यसअघि बासस्थानसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका नेपाल प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक भइसकेका छन् । स्वायत्त र मौलिक प्रकृतिको उक्त नयाँ विश्वविद्यालयका कुलपति, उपकुलपति नभई अध्यक्ष, उपाध्यक्ष र संरक्षणक समितिको कानुनी प्रबन्ध गरिएको छ ।

मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङस्थित सात सय ४० रोपनी जग्गामा स्थापित विश्वद्यालयका अध्यक्ष डा राजेन्द्रध्वज जोशी रहेका छन् । विश्वविद्यालयले नेपालमै पहिलो पटक विश्वस्तको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावारिधि तहमा यसै वर्षदेखि शिक्षण सुरु गरेको छ ।

विश्वविद्यालयले ती तहमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इञ्जिनीयरिङ, अर्ग्यानिक एग्रिकल्चर एण्ड फुड, डिजिटल टेक्नोलोजी, टुरिजम साइन्स एण्ड इञ्जिनीयरिङ, डेटा साइन्स विषयमा पढाउन थालेको छ । विश्वविद्यालयले हाल सुविधा सम्पन्न प्रयोगशालासहित चार वटा बहुद्देश्यीय भवन निर्माण गरिसकेको छ । रासस

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png