pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

मकवानपुरमा किशोरावस्थामै गर्भवती हुने र सन्तान जन्माउनेको संख्या बढ्दै

123-1699067897.jpg

 

हेटौैंडा अस्पतालमा असोज महिनामा मात्र १९ वर्ष मुनिका ३३ जना गर्भवती किशोरीले सुत्केरी सेवा लिएका छन् । हेटौंडा अस्पतालमा असोज महिनामा ३ सय ५८ जना गर्भवती सुत्केरी भएका मध्ये किशोरी आमाहरु ३३ जना रहेको अस्पतालका मेडिकल रेकर्डर राजीव झाले जानकारी दिए । मेडिकल रेकर्डर झाका अनुसार ३ सय ४५ जना मध्ये १२ जनाको गम्भीर अवस्थामा बच्चा निकाल्नु परेको थियो । यस्तै, २ सय ४२ जनाको सामान्य अवस्था रहँदा १ सय ४ जनाले शल्यक्रिया गरी बच्चा जन्माएका थिए । हेटौंडा अस्पतालमा एक महिनामा १ सय ७२ बालिका र १ सय ९० बालक गरी ३ सय ६२ जनामा जन्म लिएका छन् ।

हेटौंडा अस्पतालका स्त्री तथा प्रसुती स्वास्थ्य विशेषज्ञ डाक्टर राम काजी महर्जनका अनुसार किशोरावस्थामा गर्भवती हुनुका धेरै कारणमध्ये मुख्य कारण सामाजिक सञ्जालको दुरुप्रयोग रहेको छ । सामाजिक सञ्जालको प्रयोग गर्दै जाँदा किशोरावस्थामा प्रेम सम्बन्धी स्थापित हुने गरेको छ । प्रेम सम्बन्धपछि भागी विवाह गर्ने क्रम बढेसँगै किशोरावस्थामै गर्भवती हुने र सन्तान जन्माउने अवस्था रहन्छ ।

हेटौँडा अस्पतालसँगै मकवानपुर जिल्लाका अन्य स्वास्थ्य संस्था तथा प्रसुती सेवा उपलब्ध हुने स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा पनि गर्भवती किशोरीले प्रसुती सेवा लिने गरेका छन् । हरेक महिना किशोरीहरु जोखिमपूर्ण अवस्थामा गर्भवती हुने र सन्तान जन्माउने विषयमा समाचार प्रकाशन हुँदा स्थानीय, प्रदेश सरकार र नागरिक समाजको समेत ध्यान पुग्न सकेको छैन । २० वर्षभन्दा कम उमेरमा केटा र केटी दुबैको विवाह गैरकानुनी हुने भनिए पनि व्यवहारमा भने कानुन कार्यान्वयन हुन सकेको छैन ।

 
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...