jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

मकवानपुरका शैक्षिक संस्थाहरु आइतबारदेखि संचालन

२६ भदौं/ कोरोना संक्रमण दरमा कमि आएपछि मकवानपुर जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरको १० वटै स्थानीय तहलाई संक्रमण दरको अवस्था विद्यालय तथा शैक्षिक संस्था खोल्न मिल्ने निर्णय गरेसँगै विगत ४ महिनादेखि बन्द रहेका मकवानपुरका विद्यालय र शैक्षिक संस्थाहरु भोलि २७ गते आइतबारदेखि संचालनमा आउने भएका छन। 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरमणी पाण्डेको अध्यक्षतामा भदौ १७ गते बसेको व्यवस्थापन केन्द्रको बैठकले १० वटै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो। शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख प्रेमराज खरेलको संयोजकत्वमा विद्यालय खोल्न मिल्ने नमिल्ने भन्ने बारे प्रतिवेदन पेश गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले समिति गठन गरेका थिए। 

डिसिसिएमसीको निर्णय अनुसार १० वटा स्थानीय तहमा रहेको शिक्षा विकास महाशाखाले महाशाखा अन्तर्गत पर्ने विद्यालयलाई विद्यालय संचालन सम्बन्धि कार्यढाचाँ सहित व्यवस्थापन समितिको निर्णय पठाउन विद्यालयलाई पत्राचार गरेको थियो। पत्रचार अनुसारनै १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजि विद्यालय भोली अर्थात भदौ २७ गते आइतबारबाट खुल्ने भएका हुन। सम्बन्धित विद्यालयले सुचना जारी गर्दै विद्यालय आइतबारबाट खोल्ने जनाएका छन।

विद्यालय संचालनमा आएपनि स्वास्थ्य मापदण्डलाई पुर्ण पालना गर्न,भौतिक दुरी कायम गर्न, भिडभाड हुने सामुहिक कार्य नगर्न नगराउन भनिएको छ। कोरोना संक्रमण दर बढेसँगै बैशाखको १५ गतेबाट मकवानपुरका विद्यालय बन्द गरिएको थियो भने बिद्यालहरुले  वैकल्पिक माध्यमबाट अध्यन आध्यापन गराइदै आएको थियो।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...