Friday, 03 May, 2024
साहित्य

भोलीबाट हेटौंडामा आँचलको आयोजनामा बृहत साहित्य महोत्सव

हेटौंडा । मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जले यही फागुन २० र २१ गते हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गर्दै छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई जम्मा गरेर बृहत साहित्यक महोत्सवको आयोजना गरेको हो । 

साहित्यका विभिन्न विषय र साहित्य र समाजसँग जोडिएका विषयवस्तु माथि बहस, अन्र्तक्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको आँचलका अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । उनका अनुसार महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा,  दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने छ । महोत्सवले समग्र साहित्य, कला, संस्कृति, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने उनले बताइन् । 

महोत्सवले भाषा साहित्यको विकास र संरक्षण गर्दै फरकफरक परिवेश, समूह, भाषा, संस्कृति तथा रहनसहनमा रहेका साहित्यकार बीच साहित्य आदानप्रदान हुने अध्यक्ष न्यौपानले उल्लेख गरिन् । सााहित्य, भाषा, तथा कलाको अहिलेको अवस्थाका बारेमा बहस हुने भएकाले साहित्यलाई अझ परिस्कृत र बलियो बनाउँदै लैजाने अपेक्षा महोत्सवबाट लिइएको उनको भनाई छ । 

दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा देशका विभिन्न स्थानबाट ६० जना भन्दा बढी साहित्यकार आउने जनाइएको छ । मकवानपुरका साहित्यकारसहित करिब दुई जनाको सभागिता रहने महोत्सवमा साहित्यका विभिन्न क्षेत्रमा बहस हुने आँचलकी सचिव भावना सापकोटाले जानकारी दिइन् । उनका अनुसार महोत्सव फागुन २० गते शुक्रबार उद्घाटन हुनेछ ।  महोत्सवमा  ‘साहित्यमा राजनीति’ विषयमाथि बहस हुने छ । त्यस्तै महोत्सवमा कविता, गीत, गजल, मुक्तक वाचन कार्यक्रम रहेको सापकोटाले बताईन् ।

यस्तै महोत्सवमा  ‘समकालिन कविताको मार्ग चित्र’, ‘मकवानपुरको साहित्यिक महक’ विषयमाथि बहसको कार्यक्रम पनि रहेको सचिव सापकोटाले जानकारी दिइन् । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने महोत्सव अन्र्तगत  ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहस भने पर्यटकीय स्थल गुम्बाडाँडामा हुने छ । यस्तै महोत्सवमा ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत हुने र त्यस माथि बहस हुने जनाइएको छ । यस बाहेक महोत्सवमा साङ्गीतिक कार्यक्रम, पुस्तक प्रर्दशनी, कला प्रर्दशनी समेत हुने छ । 

महोत्सवमा  ‘साहित्यमा राजनीति’ विषयको बहसका लागि भुपाल राई, धनकुमारी सुनार र घनश्याम घिमिरे वक्ता रहेका छन् भने यसको सहजकर्ता ठाकुर वेलबासे रहेका छन् ।  ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका छन् । यस्तै  ‘समकालिन कविताको मार्ग चित्र’ विषय माथि बहस गर्न भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहेका छनभने यसको सहजकर्ता निमेष निखिल रहेका छन् । यसैगरी  ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यक्रम कार्यपत्र ज्ञानु अधिकारीले प्रस्तुत गर्नेछिन् । कार्यपत्र माथि  प्रणेता र राम अविकासले टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...