pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

भू-माफियालाई पोस्नकै लागि भुमी सम्बन्धी अध्यादेश ल्याईयो : पुर्व सभामुख सापकोटा

1739808175159-1739808196.jpg

बर्तमान सरकारले संसदलाई छलेर अध्यादेश मार्फत ल्याईएको विधेक भू-माफियालाई पोस्नकै लागि ल्याईएको  बताउनुभयो । 

प्रेस सेन्टर नेपाल बागमती प्रदेश कमिटीको पाचौं अधिबेशनलाई सम्बोधन गर्नुहुदै नेकपा माओबादी केन्द्र प्रबक्ता एबम पार्टी उपाध्यक्ष अग्नि सापकोटाले यस्तो खुलासा गर्नुभएको हो । पुर्व सभामुख समेत रहनुभएका सापकोटाले सेन्टरको सुकुटे अधिवेशनलाई सम्बोधन गर्नुहुदै जनपक्षीय पत्रकारको रुपमा सेन्टरको टिम अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

बर्तमान सरकारका प्रधानमन्त्रीमा संसदले उठाईएका जनपक्षीय  सवालको जवाफ दिन नसकेको प्रती पार्टीको ध्यानाकर्षण भएको बताउनुभयो ।प्रश्न सोधिएको प्रयाप्त समय प्राप्त गर्दा पनि जवाफ दिने सामर्थ्य राख्न नसक्नु र संसदबाट भाग्नु संसदिय ब्यबस्थाको बर्खिलाप भएको बताउनुभयो । साथै वलि नेतृत्वको सरकार पुन: संसद विघटनको बाटोमा उद्दत देखिएको समेत जिकिर गर्नुभयो । संसदलाई बायस गर्दै अध्यादेश मार्फत अगाडि बढ्नु भनेको संसदिय ब्यबस्थामा  खतराको संकेत देखिएको बताउनुभयो । माओबादी केन्द्रको स्पष्ट धारणा भनेको प्रत्यक्ष कार्यकारी राष्ट्रपति  र पुर्ण समानुपातिक निर्वाचन  प्रणाली भएको समेत बताउनुभयो । बाहिर भुमी सम्बन्धी अध्यादेश भनिएता पनि भू -माफियालाई पोस्नकै लागि ल्याईएको समेत जिकिर गर्नुभयो ।  अध्यादेशबाट ल्याईएका विधेकबाट गिरिबन्दु टि स्टेट,ललिता निवास लगाएत अन्य थुप्रै काण्डका माफियालाई पोस्नको लागि विधेक उद्दत भएकोले वास्तविक सुकुम्बासी र भुमिहिनहरुको नाममा भनिएको विधेक सिमित ब्यक्ती मोटाउने मात्र हुने निश्चित रहेको समेत बताउनुभयो । केपि शर्मा वलि नेतृत्वको सरकारले ३१ वटा विधेक संसद छलेर अध्यादेश मार्फत ल्याईएको थियो । 

फाल्गुन ५ र ६ गते दुईदिन सम्म सन्चालन हुने अधिबेशनमा पुर्व सभामुख पार्टीका केन्द्रिय उपाध्यक्ष अग्नि सापकोटा, प्रेस सेन्टर नेपाल केन्द्रिय अध्यक्ष बिष्णु  सापकोटा जुगल, पार्टी केन्द्रिय सदस्य केशब नेपाल, पार्टी बागमती प्रदेश कमिटी अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्री,सिन्धुपाल्चोक जिल्ला पार्टी  संयोजक गोबिन्द पराजुली,प्रेस सेन्टर नेपाल वरिष्ठ  केन्द्रिय उपाध्यक्ष कमल गिरि ,केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का,केन्द्रिय उपाध्यक्ष निर्मल ज्ञवाली,केन्द्रिय उपाध्यक्ष गङ्गा बराल,केन्द्रिय महासचिव संतोष पौडेल , नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर,प्रेस सेन्टर सिन्धुपाल्चोक जिल्ला अध्यक्ष ध्रुब दङ्गाल लगाएतको आतिथ्यता रहेको थियो । 

उद्घाटन समारोहमा प्रेस सेन्टर नेपाल बागमती प्रदेश कमिटी अध्यक्ष यदुनाथ गौतमको सभाध्यक्षता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस सेन्टर बागमती प्रदेश कमिटी महासचिव ध्रुव अधिकारीले गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने  महादिवेशनबाट ९९ सदस्यीय कमिटी प्रदेश कमिटी र २९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...