Tuesday, 23 Apr, 2024
शिक्षा

भाषा सुधारकाे लागि बिद्यालयको तल्लाे तहबाटै ध्यान दिनुपर्छ - जिसस प्रमुख घलान

FB_IMG_1677161150731-1677161665.jpg

फाल्गुन, हेटौडा - बिद्यालय स्तरमा बालबालिकाकाे भाषा सुधारकाे लागि तल्लो (ईसिडी) तहबाटै सुधार गर्न जाेड दिनुपर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बताउनुभयाे ।

बिहिबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विद्यालय स्तरमा भाषा सुधार प्रशिक्षण तथा छलफल एक दिवसीय कार्यक्रममा प्रमुख घलानले उक्त कुरा बताउनु भएको हो । 

अहिले राज्यका तीनै तहका सरकारले भाैतिक पूर्वाधार निर्माण क्षेत्रहरूमा मात्रै बजेट विनियाेजन गर्ने गरेकाे स्मरण गराउदै अब देखि शिक्षा क्षेत्रकाे तल्लाे तहलाई पनि विशेष प्राथमिकतामा राखी बजेट विनियाेजनकाे लागि सुझाउनु भयाे । 

हाम्रा बालबालिकाले सिक्ने र बाेल्ने नेपाली र अंग्रेजी भाषा शुद्ध संग उच्चारण गर्नका लागि विद्यालय स्तरकाे तल्लाे तह ईसीडी कक्षाबाटै सुधार गर्नु पर्ने महसुस गर्दै कार्यक्रमको आयोजना गरिएको प्रमुख घलानले बताउनु भयो। 

भाषा सिकाइलाई प्रभाकारी बनाउन विद्यालयकाे तल्लाे तहबाटै शुद्ध बाेल्न सही अभ्यास गराएमा मात्रै बालबालिकाले पछिसम्म शुद्ध बाेल्न सक्ने मकवानपुरका शिक्षा विकास समन्वय इकाइ प्रमुख दिनानाथ गाैतम र नेपाली भाषा विज्ञ तथा प्रशिक्षक निमेष निखिलले साझा धारणा व्यक्त गर्नु भयाे । अहिले विद्यालय तहमा भाषा सिकाइका सीपहरू सिकाइ पनि उल्टाेबाट हुने गरेकाे तथ्य फेला पारेकाे जिकिर गर्दै यसकाे सुधारमा ध्यानदिन जरूरी भएकाे बताउनु भयाे । 

शिक्षण सिकाइ प्रभावकारी हुन बालबालिकाकाे चाहना, भावना अनुरूप हुनुपर्ने नेल्टा मकवानपुरका उपाध्यक्ष उत्तम अर्यालले बिचार राख्नु भयाे । बालबालिकाकाे भाषा सुधारका सुधारका लागि विशेष गरी विद्यालय तहकाे ईसीडी कक्षाबाटै सुधार गर्नुपर्ने जरूरी भएकाे महसुस गर्दै कार्यक्रम आयाेजना गरेकाे जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारी सुनिता कुमारी गजुरेलले बताउनुभयाे । 

जिल्ला समन्वय समिति प्रमुख ललित घलानकाे प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा उप-प्रमुख सानुकाजी लुँइटेलको सभाध्यक्षतामा सम्पन्न भएको थियो। जिल्ला समन्वय समितिकाे सभा हलमा भएकाे उक्त कार्यक्रममा मकवानपुरका दश स्थानीय तहका शिक्षा प्रमुख र प्रत्येक स्थानीय तहबाट ३/३ जना ईसीडी शिक्षकहरू लगायत विभिन्न सराेकारवाला संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरूकाे  उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा शिक्षा विकास समन्वय इकाइ मकवानपुर प्रमुख दिनानाथ गौतम, जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारीसुनिता कुमारी गजुरेल, नेपाली भाषा विज्ञ निमेष निखिल, अबिभाबक संघ मकवानपुरको पूर्व अध्यक्ष ध्रुबप्रसाद चौलागाईं , नेल्टा मकवानपुरका उपाध्यक्ष उत्तम अर्याल, जिल्ला युवा समितिको अध्यक्ष शिवहरी दाहाल, लगायत जिल्ला समन्वय समितिको सदस्यहरुको आतिथ्यता रहेको थियो |

FB_IMG_1677161157081-1677161668.jpg

world-link-1690434568.jpg
नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...

पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1713624329874-1713624368.jpg

पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...

थाहामा तरकारी खेती सम्बन्धि तीन दिने तालिम सुरु,
FB_IMG_1713523539317-1713523554.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ७ देखि थाहा नगरपालिकाको वडा नम्बर ४ मा...

माओवादी केन्द्र पुनरोदयको सन्निकट : ईन्चार्ज बिजय गौतम
1713453864566-1713453890.jpg

हेटौंडा/नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले माओवादी पार्टी...