jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

भाषा सुधारकाे लागि बिद्यालयको तल्लाे तहबाटै ध्यान दिनुपर्छ - जिसस प्रमुख घलान

FB_IMG_1677161150731-1677161665.jpg

फाल्गुन, हेटौडा - बिद्यालय स्तरमा बालबालिकाकाे भाषा सुधारकाे लागि तल्लो (ईसिडी) तहबाटै सुधार गर्न जाेड दिनुपर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बताउनुभयाे ।

बिहिबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विद्यालय स्तरमा भाषा सुधार प्रशिक्षण तथा छलफल एक दिवसीय कार्यक्रममा प्रमुख घलानले उक्त कुरा बताउनु भएको हो । 

अहिले राज्यका तीनै तहका सरकारले भाैतिक पूर्वाधार निर्माण क्षेत्रहरूमा मात्रै बजेट विनियाेजन गर्ने गरेकाे स्मरण गराउदै अब देखि शिक्षा क्षेत्रकाे तल्लाे तहलाई पनि विशेष प्राथमिकतामा राखी बजेट विनियाेजनकाे लागि सुझाउनु भयाे । 

हाम्रा बालबालिकाले सिक्ने र बाेल्ने नेपाली र अंग्रेजी भाषा शुद्ध संग उच्चारण गर्नका लागि विद्यालय स्तरकाे तल्लाे तह ईसीडी कक्षाबाटै सुधार गर्नु पर्ने महसुस गर्दै कार्यक्रमको आयोजना गरिएको प्रमुख घलानले बताउनु भयो। 

भाषा सिकाइलाई प्रभाकारी बनाउन विद्यालयकाे तल्लाे तहबाटै शुद्ध बाेल्न सही अभ्यास गराएमा मात्रै बालबालिकाले पछिसम्म शुद्ध बाेल्न सक्ने मकवानपुरका शिक्षा विकास समन्वय इकाइ प्रमुख दिनानाथ गाैतम र नेपाली भाषा विज्ञ तथा प्रशिक्षक निमेष निखिलले साझा धारणा व्यक्त गर्नु भयाे । अहिले विद्यालय तहमा भाषा सिकाइका सीपहरू सिकाइ पनि उल्टाेबाट हुने गरेकाे तथ्य फेला पारेकाे जिकिर गर्दै यसकाे सुधारमा ध्यानदिन जरूरी भएकाे बताउनु भयाे । 

शिक्षण सिकाइ प्रभावकारी हुन बालबालिकाकाे चाहना, भावना अनुरूप हुनुपर्ने नेल्टा मकवानपुरका उपाध्यक्ष उत्तम अर्यालले बिचार राख्नु भयाे । बालबालिकाकाे भाषा सुधारका सुधारका लागि विशेष गरी विद्यालय तहकाे ईसीडी कक्षाबाटै सुधार गर्नुपर्ने जरूरी भएकाे महसुस गर्दै कार्यक्रम आयाेजना गरेकाे जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारी सुनिता कुमारी गजुरेलले बताउनुभयाे । 

जिल्ला समन्वय समिति प्रमुख ललित घलानकाे प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा उप-प्रमुख सानुकाजी लुँइटेलको सभाध्यक्षतामा सम्पन्न भएको थियो। जिल्ला समन्वय समितिकाे सभा हलमा भएकाे उक्त कार्यक्रममा मकवानपुरका दश स्थानीय तहका शिक्षा प्रमुख र प्रत्येक स्थानीय तहबाट ३/३ जना ईसीडी शिक्षकहरू लगायत विभिन्न सराेकारवाला संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरूकाे  उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा शिक्षा विकास समन्वय इकाइ मकवानपुर प्रमुख दिनानाथ गौतम, जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारीसुनिता कुमारी गजुरेल, नेपाली भाषा विज्ञ निमेष निखिल, अबिभाबक संघ मकवानपुरको पूर्व अध्यक्ष ध्रुबप्रसाद चौलागाईं , नेल्टा मकवानपुरका उपाध्यक्ष उत्तम अर्याल, जिल्ला युवा समितिको अध्यक्ष शिवहरी दाहाल, लगायत जिल्ला समन्वय समितिको सदस्यहरुको आतिथ्यता रहेको थियो |

FB_IMG_1677161157081-1677161668.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...