janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

शिक्षा

भारतीय दूतावासले हस्तान्तरण गर्यो जनकल्याण माबिको नवनिर्मित भवन

FB_IMG_1742385883072-1742385913.jpg

नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा थाहा नगरपालिकाको घट्टेचौरस्थित श्री जनकल्याण  माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।
 ३ करोड ७७ लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको भवनलाई भारतीय राजदूतावास काठमाडौँका नियोगका प्रथम सचिब वरिष्ठ नन्दन र  जिल्ला समन्वय समिति,मकवानपुरका प्रमुख ललित घलानले आज संयुक्त रूपमा उद्घाटन गरी औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारले उपलब्ध गराएको उक्त अनुदान रकम  २८ कोठे विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको थियो । भारत सरकार र नेपाल सरकारबिच भएको एक सम्झौता अनुरूप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रूपमा निर्माण गरिएको हो । जिल्ला समन्वय समिति,मकवानपुरले यस परियोजनाको कार्यान्वयन गरेको हो । 
उद्घाटन समारोहमा बोल्दै दूतावास काठमाडौका प्रथम सचिब बशिष्ठ नन्दनले यो परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै दुई देशबिचको यो साझेदारीले पछिल्ला वर्षहरूमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए। उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरूप र दुवै देशका जनताको हितका निमित्त दुई देशबिचको विकास साझेदारीलाई अझ मजबुत बनाउन  भारत सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे ।
कार्यक्रममा बिशिस्ट अतिथी रहेका थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले धेरै बर्षको निरन्तर प्रयास बाट विद्यालयको भवनले मुर्त रुप लिएको बताउदै भारतिय दुताबासले थाहा नगरपालिकाको शिक्षा क्षेत्रमा गरेको लगानीलाई नगरपालिकाले उच्च सम्मान गर्ने बताए।
२०६९ सालमा सम्झौता भएको विद्यालय भवन निर्माण गर्नकोलागि विभिन्न समयमा ठेक्का सम्झौता रद्द गर्दै पुन ठेक्का लगाउदै १२ बर्षमा भवन निर्माणले पुर्णता पाएको उल्लेख गर्दै जिल्ला समन्वय समिती मकवानपुरका अधिकारी शान्ती बिकले काम ढिला हुनुको कारण बारे जानकारी गराउनुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिब कुमार स्याङ्तानले स्वागत गरेको कार्यक्रममा नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशीले शुभकामना दिएका थिए।
जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगर शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्ल,जनकल्याण एल्मुनाइएशोसियसनका अध्यक्ष निरन्जन अधिकारी,पालुङ क्याम्पसका प्रमुख राजन मिश्र,प्याव्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान,पालुङ बहुउद्देश्यीयका अध्यक्ष कृष्ण बहादुर बिष्ट,जिल्ला समन्वय समितिका कर्मचारी हरु,जिल्ला समन्वय समितिका सदस्यहरु,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरु शिक्षक विद्यार्थी लगाएत भारतिय दूतावासका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये काठमाडौँका ४० गरी बागमती प्रदेशमा १०५ वटा रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ । भारतले हालसम्म काठमाडौँमा ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

FB_IMG_1742385903762-1742385913.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...