pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

भारतलाई हराउँदै नेपाल अन्डर ट्वेन्टी महिला साफ च्याम्पियनसिपको फाइनलमा

CamScanner-०२-०७-1675782899.jpg

भारतलाई हराउँदै नेपाल अन्डर ट्वेन्टी महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बंगलादेशको ढाकास्थित सहिद मुस्तफा कमल स्टेडियममा नेपालले पुनरागमन जित निकालेको हो । सुमती कुमारीको क्रसमा अपूर्वा नार्जरीले गोल गरेपछि नेपाल २१ औं मिनेटमा पछि परेको थियो । पहिलो हाफमा प्राप्त केही अवसर गुमाएको नेपालले दोस्रो हाफमा भने शानदार पुनरागमन गर्यो ।

४८ औं मिनेटमा अन्जली चन्दको गोलमार्फत नेपाल खेलामा फर्कियो । डिफेन्डर शुभाङ्‍गी सिंहले दिएको सटपास भारतीय गोलरक्षक आन्सिकाले सहजै क्लियर गर्न सकिनन् । अमिसा कार्कीले डिबक्सभित्रै पुगेर आन्सिकाबाट बल खोस्दै अन्जलीलाई पास उपलब्ध गराएकी थिइन् ।

कप्तान प्रिती राईको पेनाल्टी गोलसँग ६९ औं मिनेटमा नेपालले अग्रता बनायो । भारतीय डिफेन्डरले अन्जलीलाई डिबक्समा फल हानेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । ८९ औं मिनेटमा अमिशा कार्कीले नेपालका लागि तेस्रो गोल गरिन् । तीन डिफेन्डरलाई बिट गर्दै कप्तान प्रितीले डीबक्स भित्रबाट अमिसाका लागि पास उपलब्ध गराएकी थिइन् ।

अमिसाको प्रतियोगितामा यो चौथो गोल हो । उनले भुटानविरुद्ध ह्याट्रिक गरेकी थिइन् । लिग चरणका दुई खेलमा जित निकालेको नेपालको ६ अंक भएको छ । योसँगै नेपाल कम्तीमा दोस्रो स्थानमा रहँदै फाइनल पुग्ने पक्का भयो । आजै हुने दोस्रो खेलमा आयोजक बंगलादेशले भुटानको सामना गर्नेछ । उक्त खेलमा भुटान विजयी भए नेपाल शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनल पुग्नेछन् ।

बंगलादेश विजयी भए नेपाल दोस्रो र बंगलादेश शीर्ष स्थानमा रहँदै फाइनल पुग्नेछन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...