bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

साहित्य

भानु जयन्तीको अवसरमा पालुङ जेसिज द्वारा साहित्यकार बिर्खे अन्जान लाई सम्मान ,

FB_IMG_1689387093502-1689388229.jpg

२१० औं भानु जयन्तीको अवसरमा पालुङ जेसिजले  साहित्यकार लक्ष्मण वर्तौला "बिर्खे अन्जान"लाई सम्मान गरेको छ।
साहित्यकार वर्तौलालाई थाहा नगरपालिका लाई साहित्यको माध्यम बाट राष्ट्रिय रुपमा  चिनाउन सफल भएको भन्दै सम्मानित गरेको पालुङ जेसिजले जनाएको छ।
 साहित्यकार अन्जानले मकवानपुरको उत्तरी क्षेत्रमा बसेर नेपाली भाषा,र साहित्यको क्षेत्रमा लामो समयदेखी सक्रिय रहि विशेषत: समालोचना,मुक्तक ,कविता लेखनमा महत्वपूर्ण योगदान पुर्यायबापत सम्मान गरिएको पालुङ जेसिज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए।
साहित्यकार बिर्खे अन्जानलाइ प्रमुख अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली र पालुङ जेसिजका संस्थापक अध्यक्ष पुर्शोत्तम ढकालले भादगाउँले टोपी,दोसल्ला तथा सम्मानपत्र द्वारा सम्मानित गरेका थिए ।


थाहाका साहित्यकार बिर्खे अन्जानले यस अगाडि युवा बर्ष मोति पुरस्कार २०७९ र बागमती प्रदेश सरकारले प्रदान गर्ने बिशिस्ट युवा प्रतीभा पुरस्कार २०८० प्राप्त गरिसकेका छन।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बिर्खे अञ्जान मूलतः कवि हुन् ।यसका अतिरिक्त समालोचना र  कथा पनि उहाँबाट लेखिदै आएको छ ।


पालुङ जेसिज बर्ष २०२३ का शाखा अध्यक्ष संगम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक अजय कार्की ,उपाध्यक्ष दिपा बल,निवर्तमान अध्यक्ष जयराम खत्री,बर्ष २००३ का राष्ट्रिय उपाध्यक्ष पुरुषोत्तम कार्की ,संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल,पुर्व अध्यक्ष मनोज रायमाझी , मोटिभेसन स्पिकर जय बहादुर मल्ल,सुभारम्भ कृषक समुहका अध्यक्ष बिक्रम बिष्ट लगायतका उपस्थित रहेको थियो ।

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...