Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

भागवत गिताको ज्ञान नबुझ्दा देश परनिर्भर,परिवार परदेश

FB_IMG_1737554948010-1737554963.jpg

 

भागवत गीता हिन्दू धर्मको अमूल्य ग्रन्थ हो, जसले जीवनलाई उच्च मूल्य, नैतिकता, र कर्मयोगको मार्गदर्शन प्रदान गर्दछ। भागवत गीतामा कर्मयोगले मानव जीवन सुखद बन्नेछ र समाज सभ्य बन्नेछ भनेर मार्ग दर्शनको पाठ सिकाउन खोजिएको छ यद्यपि कुनै समयको शासनकर्ता र ऋषि मुनिहरुले   कर्म र योग लाई अलगअलग गरि समाजमा लागू गर्ने प्रचलनको सुरुवात गरिदिएको कारण  कर्म गर्ने हरु योग  (काम गर्दा भगवान संग आस्था राखेर काम गर्ने भावना ) लाई साथ नदिने र योग गर्ने ले काम गर्ने लाई सम्मान नगर्ने मानसिकताको बिकास   समाजमा उल्लेख गरिदिदा आज हिन्दु  समाज २ खेमामा  बिभाजन भएको छ । भागवतमा   भन्छ: "कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।"अर्थात्, कर्म गर्नु तिम्रो अधिकार हो, तर फलप्राप्तिको आशक्ति त्याग्नु पर्दछ। तर, हाम्रो समाजमा पेसागत कर्म र समुदायलाई सम्मान नगर्ने परम्पराले देशलाई आर्थिक, सामाजिक, र नैतिक रूपले कमजोर बनाइरहेको छ। 
हिन्दु समाजमा पबित्रताका नामा समाजमा जातीय, वर्गीय, र पेसागत भेदभावले विशेषगरी शारीरिक श्रममा आधारित पेसालाई तुच्छ ठान्ने परम्परा रहेको छ। फलस्वरूप युवापुस्तामा  बाउ बाजेको पालादेखि गर्दै आएको काम ,कामकै आधारमा समाजले हेप्ने र होच्याउने हुदा आफूले जानेको र योग्य रहेको कामलाई समेत तुच्छ ठानी परदेश पलायन हुने प्रचलन बढ्दो छ जसको कारणले काम गर्ने उमेरका युवाहरू गाउँ घरमा पाउन मुस्किल बन्दै छ ।  
 शारीरिक श्रम, कृषि, साना उद्योग, र हस्तकला जस्ता पेसा उपेक्षित हुँदा स्वदेशी उत्पादन खस्कँदै गएको छ।  कामको आधारमा सानो र ठूलो हुने परम्परागत सोचाइको कारण  काम गर्ने हरु  जानेको काम छाड्ने  काम नजान्नेहरु काम सिक्दा समाजले तल्लो वर्गको रुपमा सोचिदिने हुदा  काम सिक्न र गर्न हिचकिचाउदा  देसमा बेरोजगारीको संख्या बढ्दो छ   देस पर निर्भर बन्दैछ । देसमा बिदेशी  श्रमिकहरुले  काम पाउने तर नेपालीहरु बिदेशी श्रमिक बन्न जानुपर्ने अवस्था छ जसको कारणले परिवार टुट्दै छ बृद्धअबश्थामा छोराछोरीको साहारा हराउदै छ यो देसमा केही हुदैन भन्ने मानसिकताको तिब्र बिकास हुदैछ । यो देसमा जन्म लिनु अभिसाप समझ्दै देसलाई माया मारेर पलायन हुनेहरु बढ्दो छ  देस गरिबीको भुमरीमा फस्दै गएको छ ।
भागवत गितामा सराचर प्राणीको माया गर र पृथ्वीमा भएको सम्पूर्ण मानबलाई आत्मिक रुपमा भाईभाई सम्झ जबसम्म तिमिमा आत्मको बास हुन्छ तबसम्म मात्रै तिमीहरू मानव शरीर हो जब आत्मले छाड्ने छ तिमीहरू माटो हो  । सरिरको निश्चित समय पनि हुदैन तिम्रो आफ्नो परिवार पनि तिम्रो हुनेछैन मानवले राम्रो काम गरेमा मात्रै तिमी  सयौं बर्ष सम्झन लायक बन्नेछौ   भनेर व्याख्यान गरिएको छ । यो ज्ञान आज शिक्षित ब्यक्तिमा पनि देखिदैन । सामाजमा कर्म योगलाई नबुझदा समाजमा भ्रष्टाचार बेथिति र अहंमताको तिब्र बिकास हुदैछ  फलत हिन्दु समाज  विभाजन हुदै  पेसागत भेदभावले जातीय र वर्गीय भिन्नता झनै बलियो बनाउँदै गएको छ।  

 गीता र कर्मयोगको पाठ  
भागवत गीता भन्छ: कर्मले आत्मा शुद्ध हुन्छ र समाजको उत्थान सम्भव छ। कुनै पनि कर्म सानो वा ठूलो हुँदैन; यो कर्मप्रति हाम्रो दृष्टिकोणले निर्धारण गर्छ। जबसम्म समाजमा हरेक पेसालाई सम्मानको दृष्टिले हेरिँदैन, तबसम्म समृद्धि सम्भव छैन।  गीताको कर्मयोगले हामीलाई सिकाउँछ:  
पेसाप्रति सम्मान: हरेक पेसा समाजको आधार हो। यदि हाम्रा हातले हाम्रै श्रमलाई तुच्छ ठान्छ भने आत्मसम्मान र देशको भविष्य दुवै कमजोर हुन्छ।
  
कर्ममा समर्पण जुनसुकै पेसा गरियोस्, त्यो ईश्वरप्रति समर्पणको रूपमा गर्नु पर्छ।  
कर्म तथा सीप वा पेसालाई जीवन जीबिकाको रुपमा लिनुपर्छ  कर्म प्रतिको आफ्नो धर्म पालन गर्नु आफ्नो कर्तव्यलाई यथासक्य इमानदारीपूर्वक निर्वाह गर्नु नै सच्चा आध्यात्मिकता हो।  

अब समाजमा पेसालाई सम्मान गर्ने प्रेरणा तथा जातीयताको नाममा भएको बिभाजन भागवत गिताको अनुसार पापकर्म हो  ।सीप र जातीयताको आधारमा भएको बिभाजन ले हाम्रो परिवार
टुट्दै छ ,समाज बिभाजन हुदै  छ  देस पर निर्भर हुदै यो देसमा मेरो जन्म हुनुनै अभिसाप हो  भनेर युवापुस्ता देस छाड्न बिवश छन अत गीता अनुशरण गर्दै हामी समाजलाई निम्न तवरले जागरूक बनाउन सक्छौं:  
पेसागत शिक्षा: समाजमा पेसागत शिक्षाको बिकाश  गर्ने  र युवाहरूलाई हरेक प्रकारका पेसा समाजको मेरुदण्ड भएको कुरा बुझाउनुपर्छ।  
आध्यात्मिक जागरण अभियान: धार्मिक संस्थाहरूले अहिलेसम्म भएको कमिकमजोरि लाई समिक्षा गर्दै  गीता, कर्मयोग, र पेसागत समानताको महत्त्वबारे प्रवचन कार्यक्रम राखिनुपर्छ।  
सांस्कृतिक पुनरुत्थान  : समाजमा कर्म र सिपले मात्रै मानव उच्च वनाउछ भन्ने चेतना बृदि गर्न हस्तकला, कृषि, र श्रमको महत्त्वलाई पुनःस्थापित गर्न उत्सव र अभियान सञ्चालन गर्नुपर्छ।  
योग र ध्यानको अभ्यास: योगले मानिसलाई आफ्नो कर्मप्रति समर्पण बनाउने छ र ध्यानले यो  म आत्मको सहारा रहेसम्म  काम(बासना), क्रोध ,लोभ ,मोह र अहंकार बाट कसरी माथि जाने र आन्तरिक आत्मिक शान्ति प्राप्त गर्ने भनेर  प्रेरित गर्दछ।जसबाट सारा मानव समान हुन भन्ने चेतना बिकाश गरिदिन्छ ।  


पेसा र कर्मप्रति घृणाको परम्पराले हाम्रो समाजलाई कमजोर बनाएको छ। भागवत गीता जस्तो ग्रन्थले देखाएको कर्मयोगको मार्गले यो परम्परालाई तोडेर नयाँ अध्यात्मिक जागरण ल्याउन सक्नुपर्छ तबमात्र हामी हिन्दु समाजको बिकास र धर्मको पालना हुनेछ ।  हामी पेसागत समुदाय र श्रमलाई सम्मान गर्न थाल्छौं भने बेरोजगारी घट्ने मात्र होइन, देश आत्मनिर्भर र समृद्ध बन्नेछ। कर्मयोगको सिद्धान्तलाई आत्मसात् गरेर हामीले आफ्नो जीवनलाई मात्र होइन, समाजलाई पनि सही मार्गमा डोर्याउन सक्छौं।  (नवराज नेपाली थाहा ४ मकवानपुर।)

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...