jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

खेल

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान

1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको उपमेयर कप नगरस्तरीय व्याड्मिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसरमा खेलाडी सम्मान गरिएको हो ।
संघले दोलखामा सम्पन्न १५औं बागमती प्रदेश बाट प्रतिनिधित्व गर्दै राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कुमितो–४२ केजी समूहमा स्वर्ण पदक हाँसिल गर्न सफल थाहा ९ चित्लाङका करुण गमाल र छात्रा तर्फ १०० मिटर र २०० मिटर दौड प्रतियोगितामा स्वर्ण पदक हाँसिल गर्न सफल थाहा नगरपालिका वडा नम्बर १ की दिना गोपालीलाई सम्मान गरिएको हो ।
सम्मानित दुबै जनालाई नगद २ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको प्रतियोगिताका संयोजक सुशान्त श्रेष्ठ (च्याङ) ले जानकारी दिए ।
यसअघि ७ असार बिहान थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । ८ असारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले १२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने सेमिीइनलमा पराजित हुने दुईवटा टिमले ६ हजार ५ सय नगद प्राप्त गर्नेछन् । थाहा नगरपालिका–३, क्याम्पाडाँडास्थित कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन समारोहमा उपप्रमुख भरत गोपाली, पालुङ भ्यालीहार्ट एकेडेमीका संस्थापक÷प्रिन्सिपल सुरेन्द्रमान प्रधान, हर्ट हृदयरोग निवारण प्रतिष्ठान थाहा नगर अध्यक्ष विमलकुमार ढकाल, फरक सोचका संयोजक यादव जंग रायमाझी, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायतको आतिथ्य रहेको थियो ।
प्रतियोगिता लिग–कम–नकआउटका आधारमा सञ्चालन गरिने संयोजक सुशान्त श्रेष्ठ (च्याङ) ले बताए।

1750516920565-1750516938.jpg
khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...