pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

राजनीति

बिचौलियाहरुको संरक्षणका लागि नै कांग्रेस र एमाले को सरकार:-उपाध्यक्ष पुन

1746452085883-1746452100.jpg

बैशाख २२,हेटौंडा:- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दकिशोर पुनले नेपालको अहिलेको राजनीतिक अबस्था डामाडोल भएको बताएका छन् । वर्तमान सरकार संख्याको हिसाबले दुई तिहाइ भए पनि देशमा सुशासन कायम हुन नसकेको उनले बताए ।


सोमबार हेटौंडामा योङ कम्युनिष्ट लिग (वाईसीएल) मकवानपुरको पाचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारका गतिविधिका कारण दलाल पुजीपतिहरुको मनोबल उच्च भएको जिकिर गरे। भ्रष्टचारीहरुलाई कारबाही गर्नुको सट्टा संरक्षणमा सरकार लागेको उनको आरोप छ । पूर्वउपराष्ट्रपति पुनले बिचौलियाहरुको संरक्षणका लागि नै कांग्रेस र एमालेको सरकार बनेको टिप्पणी गरे ।
उपाध्यक्ष पुनले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको बताए । केही अदृष्य शक्तिहरुले राज्य संयन्त्रहरुलाई घेराबन्दी गरेर अर्थतन्त्रलाई ध्वस्त बनाएको उनको भनाइ छ । उनले ती शक्तिहरुको सञ्जाल संविधान, सरकार, न्यायपालिका सबैतिर व्यापकरुपमा फैलिएको जिकिर गरे । देशको राष्ट्रियतामाथि हस्तक्षेप गर्ने हस्तक्षेपकारीहरु संग ती शक्तिहरुको साठगाठ रहेको उनले उल्लेख गरे ।


उपाध्यक्ष पुनले आफू २ पटक उपराष्ट्रपति हुदा ती सञ्जालहरुलाई चिनिसकेको दाबी गर्दैै देश बचाउन त्यस्ता अदृष्य शक्तिको सञ्जाललाई तोड्नुपर्ने बताए। उपाध्यक्ष पुनले गणतन्त्र जोगाउने प्रमुख जिम्मेवारी माओवादीको भएकोसमेत बताए । कांग्रेस र एमालेले माटोमा पुरिसकेको संविधानसभालाई माओवादीको १० वर्षे सशस्त्र जनयुद्धले ब्युताएको उनले दाबी गरे ।

 

chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...