Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

बाल विकास केन्द्रका सहजकर्ताहरु विभिन्न कारणले निराश छन्- सामाजिक विकास मन्त्री कुमारी मोक्तान

sic12-1701095771.jpg

बाल विकास केन्द्रका सहजकर्ताहरु विभिन्न कारणले निराश छन्, उनीहरुलाई उत्साहित बनाउनु जरुरी रहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभएको छ।

थाहा नगरपालिकाको विकास घरमा आज बाट सुरु भएको बाल विकास शिक्षक पुनर्ताजगी तालिमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै मन्त्री मोक्तानले उक्त कुरा बताउनुभएको हो।मन्त्री मोक्तानले अगाडि भन्नुभयो ''उनीहरुलाई उत्साहित बनाएमात्र कक्षाकोठामा सिकाइको वातावरण बन्छ र शिक्षाको जग बन्छ’,उनले बाल विकास केन्द्रहरु नै बालबालिकाको शिक्षाको मुख्य आधार भएकाले सामाजिक विकास मन्त्रालयले ती केन्द्रहरुलाई बालमैत्री, सिकारुमैत्री बनाउने काम गरिरहेको जनाए। उनले बाल विकास सहयोगी कार्यकर्ताको तलव/सुविधासम्बन्धी विषय तोकिएर नआउन्जेल उनीहरूको तलब कति भन्ने विषय कानुनीरूपमा स्पष्ट नभएकाले समस्या रहेको बताए। मन्त्री मोक्तानले अब आउने शिक्षा ऐनमा नै बाल बिकास शिक्षक हरुको सुविधा तोकिनुपर्नेमा जोड दिदै ,आफूले इसिडी शिक्षक हरुको मागको सम्बन्धमा प्रदेश सरकारमा निरन्तर छलफल चलाइरहेको बताए।

कार्यक्रममा थाहा नगरका प्रमुख बिष्णु बिष्टले बाल विकास केन्द्रहरु नै बालबालिकाको शिक्षाको मुख्य आधार भएकाले नगरपालिकाले ती केन्द्रहरुलाई बालमैत्री, सिकारुमैत्री बनाउने काम गरिरहेको जनाए। बिष्टले भने, ‘कक्षाकोठामा सिकाइको वातावरण बनाउने काम भनेको शिक्षक वा सहजकर्ताको हो, उनीहरुलाई तालिम दिएर, सीप सिकाएर उत्साहित बनाउनुपर्छ, त्यसले कक्षाकोठालाई आर्कषक बनाउन सहयोग गर्छ।’ नगरपालिकामा रहेका अधिकांश बाल विकास केन्द्रहरु औसतस्तरका रहेका कारण ती केन्द्रहरुको स्तर वृद्धि गर्न सघाउ पुर्याउनका लागि पनि यो तालिमले सहयोग पुग्ने उनको भनाइ छ।

कार्यक्रमको अध्यक्षता समेत रहेका शिक्षा तालिम केन्द्र धुलिखेलका तालिम प्रमुख रुद्रहरी भण्डारीले बालबिकास शिक्षक लाई हेर्ने दृस्टिकोण विद्यालय बाटै परिवर्तन हुनुपर्ने बताउदै माबी शिक्षकको भन्दा बढी जिम्मेवारी इसिडी शिक्षक हुने हुँदा इसिडी शिक्षकको सेवा सुबिधामा राज्यले सम्बोधन गर्नुपर्ने बताए। शिक्षा तालिम केन्द्र धुलिखेल काभ्रेको आयोजना तथा थाहा नगरपालिकाको समन्वयमा मंसिर ११ गते देखि १५ गते सम्म शिखरकोटको बिकास घरमा संचालन हुने तालिम उद्घाटन सत्रमा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,५ का बिष्णु बहादुर गुरुङ ,थाहा नगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल,नेपाल शिक्षक महासंघ थाहा नगर अध्यक्ष राजाराम कार्की,शिक्षा शाखा थाहाका अधिकृत सुर्य बहादुर थिङ,शिक्षा तालिम केन्द्र धुलिखेलको बिस्तारित शाखा चितवनका प्रशासन सहायक रामकृष्ण पौडेलको उपस्थिति रहेको थियो। तालिममा लक्ष्मी मल्ल ठकुरी र निर्मला गुरुङले प्रशिक्षण दिनुहुने छ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png