Sunday, 28 Apr, 2024
शिक्षा

बाल विकास केन्द्रका सहजकर्ताहरु विभिन्न कारणले निराश छन्- सामाजिक विकास मन्त्री कुमारी मोक्तान

sic12-1701095771.jpg

बाल विकास केन्द्रका सहजकर्ताहरु विभिन्न कारणले निराश छन्, उनीहरुलाई उत्साहित बनाउनु जरुरी रहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभएको छ।

थाहा नगरपालिकाको विकास घरमा आज बाट सुरु भएको बाल विकास शिक्षक पुनर्ताजगी तालिमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै मन्त्री मोक्तानले उक्त कुरा बताउनुभएको हो।मन्त्री मोक्तानले अगाडि भन्नुभयो ''उनीहरुलाई उत्साहित बनाएमात्र कक्षाकोठामा सिकाइको वातावरण बन्छ र शिक्षाको जग बन्छ’,उनले बाल विकास केन्द्रहरु नै बालबालिकाको शिक्षाको मुख्य आधार भएकाले सामाजिक विकास मन्त्रालयले ती केन्द्रहरुलाई बालमैत्री, सिकारुमैत्री बनाउने काम गरिरहेको जनाए। उनले बाल विकास सहयोगी कार्यकर्ताको तलव/सुविधासम्बन्धी विषय तोकिएर नआउन्जेल उनीहरूको तलब कति भन्ने विषय कानुनीरूपमा स्पष्ट नभएकाले समस्या रहेको बताए। मन्त्री मोक्तानले अब आउने शिक्षा ऐनमा नै बाल बिकास शिक्षक हरुको सुविधा तोकिनुपर्नेमा जोड दिदै ,आफूले इसिडी शिक्षक हरुको मागको सम्बन्धमा प्रदेश सरकारमा निरन्तर छलफल चलाइरहेको बताए।

कार्यक्रममा थाहा नगरका प्रमुख बिष्णु बिष्टले बाल विकास केन्द्रहरु नै बालबालिकाको शिक्षाको मुख्य आधार भएकाले नगरपालिकाले ती केन्द्रहरुलाई बालमैत्री, सिकारुमैत्री बनाउने काम गरिरहेको जनाए। बिष्टले भने, ‘कक्षाकोठामा सिकाइको वातावरण बनाउने काम भनेको शिक्षक वा सहजकर्ताको हो, उनीहरुलाई तालिम दिएर, सीप सिकाएर उत्साहित बनाउनुपर्छ, त्यसले कक्षाकोठालाई आर्कषक बनाउन सहयोग गर्छ।’ नगरपालिकामा रहेका अधिकांश बाल विकास केन्द्रहरु औसतस्तरका रहेका कारण ती केन्द्रहरुको स्तर वृद्धि गर्न सघाउ पुर्याउनका लागि पनि यो तालिमले सहयोग पुग्ने उनको भनाइ छ।

कार्यक्रमको अध्यक्षता समेत रहेका शिक्षा तालिम केन्द्र धुलिखेलका तालिम प्रमुख रुद्रहरी भण्डारीले बालबिकास शिक्षक लाई हेर्ने दृस्टिकोण विद्यालय बाटै परिवर्तन हुनुपर्ने बताउदै माबी शिक्षकको भन्दा बढी जिम्मेवारी इसिडी शिक्षक हुने हुँदा इसिडी शिक्षकको सेवा सुबिधामा राज्यले सम्बोधन गर्नुपर्ने बताए। शिक्षा तालिम केन्द्र धुलिखेल काभ्रेको आयोजना तथा थाहा नगरपालिकाको समन्वयमा मंसिर ११ गते देखि १५ गते सम्म शिखरकोटको बिकास घरमा संचालन हुने तालिम उद्घाटन सत्रमा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,५ का बिष्णु बहादुर गुरुङ ,थाहा नगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल,नेपाल शिक्षक महासंघ थाहा नगर अध्यक्ष राजाराम कार्की,शिक्षा शाखा थाहाका अधिकृत सुर्य बहादुर थिङ,शिक्षा तालिम केन्द्र धुलिखेलको बिस्तारित शाखा चितवनका प्रशासन सहायक रामकृष्ण पौडेलको उपस्थिति रहेको थियो। तालिममा लक्ष्मी मल्ल ठकुरी र निर्मला गुरुङले प्रशिक्षण दिनुहुने छ।


world-link-1690434568.jpg
पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...