pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

बालदिवसको अवसरमा थाहा नगरद्वारा आयोजित वक्तृत्वकलामा सुनौला माबी प्रथम,

459546406_143115592424057-1726227036.jpg

भदौ २८,थाहा नगर/“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित ६९ औं राष्ट्रिय बाल दिवसको अवसरमा थाहा नगरपालिकाको बालबालिका शाखाले वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

थाहा नगरपालिका महिला बालबालिका शाखाको आयोजना तथा शिक्षा शाखाको सहकार्यमा माध्यामिक तह स्तरीय "बालबालिकामा लगानी:सुनिश्चित भविष्यको थालनी" बिषयक वक्तृत्वकला सम्पन्न भएको हो।
 प्रतियोगितामा सुनौला माध्यमिक विद्यालयकी आकृती गोपाली प्रथम भएकी छिन,प्रथम भएसंगै आकृतिले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छिन। तेसैगरी इअन स्कुलका बेबि गोपाली दोस्रो हुदा बज्रबाराही माबिका रिता देवी स्याङ्तान र सरस्वती विद्या मन्दिरका अभिषेक ज्सिसवाल तेस्रो हुन सफल भए। दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३ हजार र २ हजार सहित प्रमाणपत्र प्राप्त गरे।

बिजेता तथा सहभागी सम्पूर्णलाई थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
नगरपालिकाका ११ विद्यालयको सहभागिता रहेको प्रतियोगिता महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ समितिका संयोजक अनिता बलको अध्यक्षता तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख बिष्टले बालमैत्री समाजले मात्र बालबालिकाको समुन्नत विकास हुने र उनीहरुको भविष्य उज्ज्वल हुने भन्दै नगरपालिकाले बालबालिकाको क्षेत्रमा लगानी बढाइरहेको बताए । बालअधिकार हनन् हुन नदिन र संविधानमा व्यवस्था भए बमोजिम उनीहरुले पाउने अधिकार प्राप्तीका लागि अभिभावकसँगै सिंगो समुदाय पनि सचेत हुनुपर्नेमा उनले जोड दिए।
नगर शिक्षा शाखाका अधिकृत सुर्य थिङले संचालन गरेको कार्यक्रममा शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्लले स्वागत गरेका थिए।
कार्यक्रममा नगर बाल संजालकी अध्यक्ष खुशी गोपाली,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की,नगर शिक्षा समिती सदस्य हरिकृष्ण कार्की,अर्जुन सुनार,कार्यपालिका सदस्य सविता सुनार,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,कार्यपालिका सदस्य जनक बिक,प्याब्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान लगायत शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायक हरुमा रत्न बहादुर शाही,लोकेन्द्र ठाकुर र विनोद अर्याल रहेका थिए।

459462256_143115665757383-1726227058.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...