kirsi-samaagri-utpaadan-1733404658.png
Tuesday, 21 Jan, 2025
krishi-suchana-1732709378.png

शिक्षा

बालदिवसको अवसरमा थाहा नगरद्वारा आयोजित वक्तृत्वकलामा सुनौला माबी प्रथम,

459546406_143115592424057-1726227036.jpg

भदौ २८,थाहा नगर/“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित ६९ औं राष्ट्रिय बाल दिवसको अवसरमा थाहा नगरपालिकाको बालबालिका शाखाले वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

थाहा नगरपालिका महिला बालबालिका शाखाको आयोजना तथा शिक्षा शाखाको सहकार्यमा माध्यामिक तह स्तरीय "बालबालिकामा लगानी:सुनिश्चित भविष्यको थालनी" बिषयक वक्तृत्वकला सम्पन्न भएको हो।
 प्रतियोगितामा सुनौला माध्यमिक विद्यालयकी आकृती गोपाली प्रथम भएकी छिन,प्रथम भएसंगै आकृतिले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छिन। तेसैगरी इअन स्कुलका बेबि गोपाली दोस्रो हुदा बज्रबाराही माबिका रिता देवी स्याङ्तान र सरस्वती विद्या मन्दिरका अभिषेक ज्सिसवाल तेस्रो हुन सफल भए। दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३ हजार र २ हजार सहित प्रमाणपत्र प्राप्त गरे।

बिजेता तथा सहभागी सम्पूर्णलाई थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
नगरपालिकाका ११ विद्यालयको सहभागिता रहेको प्रतियोगिता महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ समितिका संयोजक अनिता बलको अध्यक्षता तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख बिष्टले बालमैत्री समाजले मात्र बालबालिकाको समुन्नत विकास हुने र उनीहरुको भविष्य उज्ज्वल हुने भन्दै नगरपालिकाले बालबालिकाको क्षेत्रमा लगानी बढाइरहेको बताए । बालअधिकार हनन् हुन नदिन र संविधानमा व्यवस्था भए बमोजिम उनीहरुले पाउने अधिकार प्राप्तीका लागि अभिभावकसँगै सिंगो समुदाय पनि सचेत हुनुपर्नेमा उनले जोड दिए।
नगर शिक्षा शाखाका अधिकृत सुर्य थिङले संचालन गरेको कार्यक्रममा शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्लले स्वागत गरेका थिए।
कार्यक्रममा नगर बाल संजालकी अध्यक्ष खुशी गोपाली,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की,नगर शिक्षा समिती सदस्य हरिकृष्ण कार्की,अर्जुन सुनार,कार्यपालिका सदस्य सविता सुनार,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,कार्यपालिका सदस्य जनक बिक,प्याब्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान लगायत शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायक हरुमा रत्न बहादुर शाही,लोकेन्द्र ठाकुर र विनोद अर्याल रहेका थिए।

459462256_143115665757383-1726227058.jpg
chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का
1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ...

एमालेमा ५९ जनाको सामूहिक राजीनामा
FB_IMG_1736141202334-1737357938.jpg

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने
FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि...

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई
FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि...

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने
FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा
FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,
1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
1736955698308-1736955710.jpg

काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G,...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र...