Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

बाढी र पहिरो बाट थाहा नगरको तरकारी बालीमा एक करोडको क्षति भएको प्रारम्भिक बिवरण

FB_IMG_1727702998113-1727880386.jpg

यही असोज १० देखि १२ गते सम्म परेको अविरल बर्षाको कारण थाहा नगरपालिकाको कृषि बालीमा ठूलो क्षति पुगेको छ।
थाहा नगरपालिकाको कृषि शाखाको अनुसार अहिले सम्म नगरपालिकामा आएको प्रारम्भिक जानकारी अनुसार १६ हेक्टरमा लगाएको तरकारी तथा अन्य बाली क्षति हुदा एक करोड मुल्य  बराबरको तरकारी तथा अन्य बालीको बाढी र पहिरोको कारण पुर्ण क्षति भएको हो।
कृषि शाखाका प्रमुख संजय तिवारीले दिनुभएको जानकारी अनुसार थाहाको १० नम्बर वडामा मात्र कुनै क्षति नभएको बिवरण प्राप्त भएको र अन्य वडामा वडा न १,२,३,४,५,६,९ मा एक सय एघार किसानको १६ हेक्टरमा लगाएको बालीनाली नष्ट भएको प्रारम्भिक बिबरण प्राप्त भएको बताउनुभयो।
वहाँले वडा न ७,८,११ र १२ बाट अझै बिबरण आइनसकेकोले क्षति अझ बढ्न सक्ने बताउनुभयो।
कृषि शाखाले वडा कृषि प्राविधिकहरुलाई फिल्डमै गएर क्षतिको पुर्ण एकिन गर्न खटाइएको जानकारी दिदै ४ वटा वडाको बिवरण आएपछि र स्थलगत निरीक्षण पश्चात् कति क्षति भयो भन्ने एकिन जानकारी आउने बताउनुभयो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...