pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

बागेश्वरी मा.वि. काे सुविधा सम्पन्न भवन हस्तान्तरण

tistung-school-1596198615.jpg

मकवानपुरको थाहा नगरपालिका–११ स्थित टिस्टुङमा रु. ९ करोडमा निर्मित सुविधा सम्पन्न विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । अत्याधुनिक विद्यालय भवन हस्तान्तरण भएसँगै बागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरू ५ वर्षअघि भूकम्पले भत्किएको भवनमा पढ्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । २०७२ सालमा आएको भूकम्पले विद्यालय भवन क्षतिग्रस्त बनेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोगमा उक्त विद्यालयको भवन निर्माण गरेको हो । जाइकाको आठ करोड ९५ लाख रुपियाँको लागतमा तीन तलाको तीनवटा विद्यालय भवन निर्माण गरिएको छ । करिब पाँच रोपनी जग्गामा निर्माण सम्पन्न विद्यालय भवनमा विज्ञान ल्याब, पुस्तकालय, कम्प्युटर कक्षा, ईसीडी कक्षाका लागि फर्निचर लगायतका पूर्वाधार तयार छन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, जिल्ला आयोजना कार्यान्वयन इकाइ(क्षिक्षा) प्रमुख बद्रिबहादुर पाठक, नगर शिक्षा अधिकारी शोभाकर रेग्मी, परापर्शदातृ संस्थाका केन्द्र प्रमुख नरेश आचार्य लगायतको सहभागितामा विद्यालय भवन हस्तान्तरण गरिएको हो । समयमै विद्यालय भवन निर्माण गरेकोमा स्थानीयले निर्माणको ठेक्का लिएको स्वच्छन्द–खानी जेभी कम्पनीलाई धन्यवाद दिएका छन् । विद्यालयका अध्यक्ष किरणमान बलले नयाँ विद्यालय भवन निर्माणसँगै भूकम्पले क्षतिग्रस्त विद्यालय भवन र टहरामा त्रासमा पढ्नु र पढाउनु पर्ने बाध्यता हटेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक वीरमान स्याङ्तानले नवनिर्मित ३ वटा भवनमध्ये २ वटा भवनका १८ वटा कोठामा कक्षा संचालन गरिने र एउटा भवन प्रशासनिक लगायतका कार्यमा प्रयोग गरिने बताउनु भयो ।

tistung-school-ii-1596198615.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...