Sunday, 05 May, 2024
शिक्षा

बागेश्वरी माबिमा स्कुल बस आइपुग्यो,थाहा ११ र १२ का विद्यार्थी लाभान्वित हुने।

FB_IMG_1689860543517-1689861136.jpg

थाहा  नगरपालिकाको ११ मा रहेको सामुदायिक विद्यालय बागेश्वरी माबिमा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय द्वारा प्रदान गरिएको स्कुल बस आइपुगेको छ।
प्रदेश सरकारले सामुदायिक विद्यालयको  क्षमता बढाउन यातायात सेवामा सहयोग गरेपछि थाहाका  सामुदायिक विद्यालय हरुमा पनि आफ्नै बस गुड्न थालेका छन् । 

 विद्यालयले आर्थिक व्यवस्थापन गर्न नसक्दा बस सञ्चालन गर्न सकेका थिएनन् सामाजिक बिकास मन्त्रालय बाट बस आएपछि सञ्चालनको अवस्थामा आइपुगेको वडा न ११ का अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश बलले बताए।

"बस सञ्चालन हुने भएपछि  विद्यालयसँग आफ्नो घरको भौतिक दूरी टाढा भएका विद्यार्थीलाई सहजता मात्र पुगेको छैन, अभिभावकले पनि ढुक्कसँग आफ्ना नानी बाबुहरुलाई सामुदायिक विद्यालय पठाउन पाउने छन "अध्यक्ष बलले भन्नूभयो।

थाहाको ११ र १२ को एउटै मात्र माद्यामिक  सरकारी विद्यालय टाढा हुँदा आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई बालबालिका विद्यालय पठाउन निकै समस्या परेको थियो । सामुदायिक विद्यालयमा निःशुल्क खाजा समेत पाइने र जान–आउन बस सुविधा भएसँगै विद्यार्थीको चाप बढ्ने प्रष्ट देखिने विद्यालयका प्रधानाध्यापक बिरमान स्याङ्तानले बताए।


थाहाका सामुदायिक विद्यालयहरु यहाँका निजी विद्यालयभन्दा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरमा अब्बल बन्दै गएका छन् । 
बाल कक्षा देखि १२ सम्म पढाई हुने विद्यालयमा थाहा ११ र १२ का खाप्लुङ ,देउराली , गैरिगाउ , तारुका , दोभानखोला , जगडाडा,डाडिघाट, ठाडे, मालागिरि,,नौखन्डे  , नागछेडा ,गैरिगाउ लगायतका स्थान बाट विद्यार्थी आउने गरेका छन।
बस संचालनमा आएपछी ३ सय विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष दिनेश बलले बताए।
हाल विद्यालयमा ६ सय विद्यार्थीले अध्यन गर्दै आइरहेका छन।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...