pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

बागमती प्रदेश सरकारको बजेट : चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी

FB_IMG_1718469457432-1718469488.jpg

राजकुमार के.सी.

मकवानपुर, १ असार/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम शनिबार प्रदेश सभामा प्रस्तुत गरेको छ । यो बजेट  चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी हो। 


बागमती प्रदेशसभामा बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले यस बजेटले प्रदेशको विकासमा दीर्घकालिन प्रभाव पार्ने बताए ।


कुल बजेटमध्ये चालू खर्चतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ, र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। यसले चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत, र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्याएको छ।


बजेटमा आगामी आर्थिक वर्षको खर्चको स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।


बजेटमा प्रदेश सरकारका मन्त्रालयहरूलाई प्राथमिकता र आवश्यकता अनुसार रकम विनियोजन गरिएको छ। 


जस अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा बढी २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६२ करोड,संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलाई २ अर्ब ४६ करोड, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयलाई ७२ करोड, वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई ९३ करोड, स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ८ करोड र सामाजिक विकास मन्त्रालयलाई ३ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

युवा तथा खेलकुद मन्त्रालयलाई ७४ करोड, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई ६ अर्ब ९३ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ४४ करोड, आर्थिक मामिला तथा योजना मन्त्रालयलाई २४ करोड २ लाख र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ५० करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

बजेटमा प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, तथा स्थानीय विकासलाई दिइएको छ। बजेटले विशेषगरी, साना तथा मझौला उद्यमहरूको विकास, कृषि क्षेत्रको सशक्तिकरण र पर्यटन प्रवर्द्धनका क्षेत्रमा विविध कार्यक्रम तय गरेको छ ।


त्यस्तै बजेटमा प्रदेश सरकारले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालनमा ल्याउने उल्लेख गरेको छ ।

प्रदेशका नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुधार गर्न, नयाँ अस्पतालहरूको निर्माण र विद्यमान स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गर्ने योजना सरकारले ल्याएको छ ।

कृषि क्षेत्रको सुदृढीकरणका लागि सिँचाइ सुविधा विस्तार, साना सिँचाइ आयोजनाहरूको निर्माण, र कृषकलाई प्रोत्साहन अनुदानमा बजेट विनियोजन गरिएको​​ र दुग्धजन्य उत्पादनहरूको निर्यात प्रवर्द्धन गर्न आवश्यक बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले बताए ।

पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न पर्यटकीय स्थलहरूको विकास, पयर्टक आकर्षण बढाउन रोड शो, मेला, र महोत्सव आयोजना गरिने बजेटमा उल्लेख छ । 

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बृद्धभत्ता, अपांगता भत्ता, र अन्य सामाजिक सुरक्षा योजनाहरूलाई निरन्तरता दिँदै विभिन्न जातजाति, भाषा, संस्कृतिका सम्पदाहरूको संरक्षण र विकासमा बजेट विनियोजनले समावेशी विकासलाई टेवा पुर्याउने कार्यक्रम बजेटमा समावेस गरिएको मन्त्री थपलियाले बताए ।

बजेटले बागमती प्रदेशको आर्थिक, सामाजिक, र सांस्कृतिक क्षेत्रमा दीर्घकालीन प्रभाव पारी प्रदेशको दिगो विकास र समृद्धिको मार्गमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...