Friday, 10 May, 2024
आर्थिक खबर

बागमती प्रदेशको बजेट आज ३ बजे प्रस्तुत हुने

budget-of-nepal-2077-78-1623723379.png


१ असार/बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट आज असार १ गते प्रदेश सभामा प्रस्तुत हुने भएको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज दिउँसो ३ बजे प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने छन् ।

सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वीकृति प्रदान गर्न बागमती प्रदेश मन्त्रीपरिषद् बैठक आज असार १ गते विहान बस्दैछ । मन्त्रीपरिषदबाट आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वीकृति प्रदान गर्ने निर्णय भएपछि बजेट प्रदेश सभामा प्रस्तुत गरिने छ ।

प्रदेश सरकारले आगामी आबको लागि ५५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । बजेटको प्राथमिकतामा कोभिड-१९ नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा राखिएको छ । यसको साथै शिक्षा र कृषि समेत प्राथमिकतामा परेको बताइएको छ ।

मन्त्री ढुङ्गेलले प्रमुख प्रतिपक्षसँग सहकार्य र समन्वय गरेर प्रदेशमा सम्मानजनक राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधारको निर्माण, सम्पदाको संरक्षण गर्ने र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि सङ्घीय सरकारसँग सहकार्य गरेर निर्माण कार्यलाई अघि बढाउनेतर्फ बजेटमा उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने जानकारी दिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...