Sunday, 19 May, 2024
शिक्षा

फागुनभित्र शिक्षकको विज्ञापन

Sikshak-sewa-aayog_4bu2wt-1661087868.jpg

शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७९/०८० को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार स्थायी शिक्षकको पदपूर्तिका लागि आगामी फागुनभित्रमा विज्ञापन गरिसक्नेछ । 

 

 

वैशाखभित्रमा प्रथम चरणको परीक्षा गरिसक्ने कार्ययोजना आयोगको छ । आयोगले माध्यमिक तृतीय तहको विज्ञापन पुसभित्रमा निकाल्नेछ । त्यस्तै निम्न माध्यमिक तहको विज्ञापनका लागि सूचना माघभित्रमा निकाल्नेछ । भने प्राथमिक तहका लागि फागुनभित्रमा विज्ञापन आह्वान गर्नेछ । 

माध्यमिक तहको सामान्य परीक्षा फागुनमा, निम्न माध्यमिक तहको चैतमा र प्राथमिक तहको परीक्षा वैशाखभित्रमा गरिसक्ने कार्यतालिका छ । सामान्य परीक्षा वैशाखभित्रमा गरिसक्ने भनेपनि त्यसको नतिजाका विषयमा भने आयोगले कार्यतालिकामा केही उल्लेख गरेको छैन् । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले चालु आर्थिक वर्षमा सामान्य परीक्षा मात्र लिन सकिने बताए । अघिल्लो आर्थिक वर्षमा लिइएको स्थायी शिक्षक विज्ञापनको नतिजा प्रकाशन गर्न सकिएको छैन् । त्यसका लागि अझै केही समय लाग्ने आयोगले जनाएको छ । 

‘पुरानो नै सकिएको छैन् । हामीले यो आर्थिक वर्षमा परीक्षा गर्न मात्र सक्छौं । सिफारिस गर्न सकिँदैन । आर्थिक वर्ष २०८०÷०८१ मा अन्तर्वार्ता लिने, सिफारिस गर्ने लगायतका काम हुन्छन् ।’ सूचना अधिकारी मरहठ्ठाले भने ।  असारभित्रमा बाँकी काम गर्न नसकिने भएकाले वार्षिक कार्यतालिकामा थप कामहरू उल्लेख नगरिएको उनको भनाई छ । 

‘माध्यमिक तहको वैशाखसम्ममा सामान्य परीक्षा गर्न सकिनेछ । अरूको कसैको चैतमा, कसैको वैशाखमा हुनेछ । बाँकी परीक्षा र प्रक्रिया आगामी आर्थिक वर्षमा जानेछ,’ मरहठ्ठाले भने । अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि चैत÷वैशाखभित्रमा विज्ञापन आह्वान गर्नेछ । भने असारमा परीक्षा गर्ने कार्यतालिका बनाएको छ ।

मरहठ्ठाले भने । अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि चैत÷वैशाखभित्रमा विज्ञापन आह्वान गर्नेछ । भने असारमा परीक्षा गर्ने कार्यतालिका बनाएको छ ।

 


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...