jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

फागुनभित्र शिक्षकको विज्ञापन

Sikshak-sewa-aayog_4bu2wt-1661087868.jpg

शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७९/०८० को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार स्थायी शिक्षकको पदपूर्तिका लागि आगामी फागुनभित्रमा विज्ञापन गरिसक्नेछ । 

 

 

वैशाखभित्रमा प्रथम चरणको परीक्षा गरिसक्ने कार्ययोजना आयोगको छ । आयोगले माध्यमिक तृतीय तहको विज्ञापन पुसभित्रमा निकाल्नेछ । त्यस्तै निम्न माध्यमिक तहको विज्ञापनका लागि सूचना माघभित्रमा निकाल्नेछ । भने प्राथमिक तहका लागि फागुनभित्रमा विज्ञापन आह्वान गर्नेछ । 

माध्यमिक तहको सामान्य परीक्षा फागुनमा, निम्न माध्यमिक तहको चैतमा र प्राथमिक तहको परीक्षा वैशाखभित्रमा गरिसक्ने कार्यतालिका छ । सामान्य परीक्षा वैशाखभित्रमा गरिसक्ने भनेपनि त्यसको नतिजाका विषयमा भने आयोगले कार्यतालिकामा केही उल्लेख गरेको छैन् । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले चालु आर्थिक वर्षमा सामान्य परीक्षा मात्र लिन सकिने बताए । अघिल्लो आर्थिक वर्षमा लिइएको स्थायी शिक्षक विज्ञापनको नतिजा प्रकाशन गर्न सकिएको छैन् । त्यसका लागि अझै केही समय लाग्ने आयोगले जनाएको छ । 

‘पुरानो नै सकिएको छैन् । हामीले यो आर्थिक वर्षमा परीक्षा गर्न मात्र सक्छौं । सिफारिस गर्न सकिँदैन । आर्थिक वर्ष २०८०÷०८१ मा अन्तर्वार्ता लिने, सिफारिस गर्ने लगायतका काम हुन्छन् ।’ सूचना अधिकारी मरहठ्ठाले भने ।  असारभित्रमा बाँकी काम गर्न नसकिने भएकाले वार्षिक कार्यतालिकामा थप कामहरू उल्लेख नगरिएको उनको भनाई छ । 

‘माध्यमिक तहको वैशाखसम्ममा सामान्य परीक्षा गर्न सकिनेछ । अरूको कसैको चैतमा, कसैको वैशाखमा हुनेछ । बाँकी परीक्षा र प्रक्रिया आगामी आर्थिक वर्षमा जानेछ,’ मरहठ्ठाले भने । अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि चैत÷वैशाखभित्रमा विज्ञापन आह्वान गर्नेछ । भने असारमा परीक्षा गर्ने कार्यतालिका बनाएको छ ।

मरहठ्ठाले भने । अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि चैत÷वैशाखभित्रमा विज्ञापन आह्वान गर्नेछ । भने असारमा परीक्षा गर्ने कार्यतालिका बनाएको छ ।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...