himalen-2083-1778725505.jpg
Monday, 18 May, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

फर्सीमा के के पोषक तत्व पाइन्छ ? के फाइदा गर्छ ?

farsee-1602833067.png

नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन्। जसमध्ये फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ। बच्चादेखि बृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रसस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दरुस्त राख्न मद्दत गर्छ।

फर्सीमा प्रसस्त मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जसले शरीरभित्र ‘भिटामिन ए’मा परिणत भई स्वस्थ आँखा र स्वस्थ मुटुका लागि मद्दत गर्छ। विभिन्न अनुसन्धानबाट बिटा  क्यारोटिनले क्यान्सर हुनबाट जोगाउने पनि देखिएको छ। यसैगरी, फार्सीमा प्रसस्त मात्रामा पाइने पोटासियमले हाम्रो शरीरमा रक्तचापको सन्तुलन मिलाउन र हड्डीलाई मजबुत राख्न मद्दत गर्छ।

अन्य तरकारीजस्तै फर्सी पनि फाइबरको राम्रो स्रोत हो। दीर्घ रोगहरु (जस्तै– क्यान्सर, मोटोपना, मुटु रोग, मधुमेह आदि) लाग्न नदिन हाम्रो शरीरलाई साधारणताया दैनिक २५–३० ग्राम फाइबर चाइन्छ।

शरीरको यस्तो आवश्यकता परिपूर्ति गर्न पनि फर्सी लाभदायक छ तरकारी हो। 
क्यालोरी थोरै भए पनि फाइबर आवश्यक मात्रामा हुने भएकाले फर्सी खाएको लामो समयसम्म भोक लाग्दैन र तौल नियन्त्रण प्रक्रियामा सहयोग पुग्छ। यस बाहेक फर्सीमा ‘भिटामिन ई’ र ‘सी’ पनि पाइन्छ, जसले ‘एन्टिअक्सिडेन्ट’का रूपमा हाम्रो शरीरमा काम गर्छ। शारीरिक प्रक्रियाबाट निस्केका ‘फ्री रेडिकल्स’ (जुन शरीरका लागि हानिकारक हुन्छन्)  लाई बढन दिँदैन। 

यस्तै, फर्सीको बियाँ प्रोटिनको उच्च स्रोत हो। यसमा प्रसस्त मात्रामा जिङ्क पनि पाइन्छ। जिङ्क शरीरका लागि अत्यावश्यक खनिज पदार्थ हो। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कोषहरुको वृद्धि, पुरुषहरुको यौनक्षमता वृद्धि र इन्सुलिनको कामलाई नियन्त्रिण गर्न मद्दत गर्छ। जिङ्क गर्भवती महिलाका लागि पनि आवश्यक तत्व मानिन्छ।

यसैगरी बियाँमा पाइने ‘अल्फा–लिनोलेनिक एसिड’ले हाम्रो मुटु स्वस्थ राख्न मद्दत गर्छ। अल्फा लिनोलेनिक एसिड हाम्रो शरीरभित्र गएर ‘ओमेगा ३’ र ‘ओमेगा ६’ जस्ता पोषक तत्वमा परिणत हुन्छ। जुन हाम्रो मुटु, आँखा र छालालाई स्वस्थ राख्न अत्यावश्यक छ।
फर्सीको बियाँमा ‘ट्रिप्टोफ्यान’ नामक पोषक तत्व पाइन्छ, जुन शरीरभित्र अनुकूल वातावरणमा ‘सेरोटोनिन’ नामक तत्वमा परिणत हुन्छ। सेरोटोनिनले हाम्रो मुड ठीक राख्न र राम्रो निद्रा पार्न मद्दत गर्छ। साथै, सेरोटोनिनले तीक्ष्णता वृद्धि गर्न पनि सघाउने विभिन्न अध्ययनले देखाएका छन्।

फर्सीको बियाँमा ‘म्याग्नेसियम’ नामको खनिज पदार्थ प्रसस्त मात्रामा पाइन्छ, जसले मुटुको कार्यमा सहयोग गर्नुका साथै दाँत र हड्डीको उचित विकाशमा मद्दत गर्छ।
 पोषक तत्वसँगै फर्सीको बियाँमा म्यान्गनिज, कप्पर, सेलेनियम, भिटामिन बि, क्याल्सियम पनि पाइन्छ। 
तर, ध्यान दिनुपर्ने कुरा के हो भने, फर्सीको बियाँमा हुने ‘फाइटिक एसिड’ले माथि उल्लेख गरिएका पोषक तत्वको पाचन क्रियामा बाधा र्पुयाउने भएकाले दिनहुँजसो खाँदा भिजाएर खानु बढी लाभदायक हुन्छ। 
फर्सी र यसको बियाँजस्तै फर्सीको मुन्टा पनि उतिकै पोषिलो खानेकुरा हो। फर्सीको मुन्टामा पनि क्याल्सियम, पोटासियम, फस्फोरस, आइरन, म्याग्नेसियम, भिटामिन ए, के, बि, फोलेट, कप्पर, म्यान्गनिज जस्ता तत्व पाइन्छ। फर्सीको मुन्टामा प्रसस्त मात्रामा पाइने आइरनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रक्तअल्पता हुनबाट जोगाउँछ।

तपाईँ साग कतिको खानु हुन्छ र तपाईँलाई कुन साग सबैभन्दा बढी मन पर्छ रु हुन त बजारमा वा तपाईँको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ ।
तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातिमध्ये एक हो फर्सीको मुन्टा वा भनौँ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी तपाईँलाई फर्सीको मुन्टाको साग खानुको फाइदाबारे जानकारी दिन चाहन्छौ ।
फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको साग भिटामिन ई, सी, ए, बी ६, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेसियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । हामीलाई स्वस्थ रहन का लागि शरीरमा यि सबै तत्वको आवश्यकता पर्दछ ।

 फर्सीको पातमा यति धेरै गुणहरू हुन्छ कि तपाईँलाई खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर तपाईँ उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित रहन सक्नु हुनेछ । तरकारीको रुपमा प्रयोग हुने विभिन्न तरकारीहरू मध्ये फर्सी पनि एक निकै उपयोगी तरकारी हो । फर्सी स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाजनक मानिन्छ। फर्सीमा भिटामिनको मात्रा निकै बढी पाइन्छ भने अन्य पौसष्टक पदार्थ पनि उत्तिकै पाइन्छ ।
यसमा पाइने पौष्टिक तत्व र यसका फाइदाहरू के के छन् 

१ २५० ग्राम फर्सीमा मात्र ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्ट्रोलको मात्रालाई समेत कम गर्ने काममा मद्दत पुग्छ।

२ फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ । जसले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै रेडिकलहरू लड्नका लागी समेत मद्दत गर्छ।

३ पहेँलो भएर पाकेको फर्सी झन् फाइदाजनक हुन्छ । यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ ।

४ फर्सीको बियाँ पनि उत्तिकै फाइदा जनक हुन्छ, यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ। यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्दत गर्छ।

५ यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरीरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्दत गर्छ।

६ फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्दत गर्छ 

७ कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जस्ता रोगलाई कम गर्न सहयोग पुर्याउछ ।

८ कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ ।

९ पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।

१० गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ ।

११ फर्सीको बियाले शरीरमा भएको पत्थरी निकाल्छ ।

१२ फर्सीको बियाँ छोडाई यसलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ ।

१३ निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ ।

१४ रुखो कपाललाई नरम बनाउँछ ।

१५ फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति
InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको...

थाहाका विद्यालय आइतबार पनि संचालन गर्ने निर्णय
DSCN4807-1778511695.JPG

मकवानपुरको थाहा नगरपालिकाले नगरभित्रका सबै विद्यालय आइतबारसमेत सञ्चालन गर्ने निर्णय गरेको छ। थाहा नगर शिक्षा...

नजिककैको तीर्थ ओझेलमा : पुरुषोत्तम मास पर्खिरहेको पालुङको मत्स्यनारायण
20260511_130604-1778507855.jpg

अहिले वैशाख महिना चलिरहेको छ । यसपटक जेठ महिनामा अधिकमास अर्थात् मलमास परेको छ । हिन्दु धर्मशास्त्रअनुसार यो...

रास्वपा थाहा–२ को प्रथम वडा अधिवेशन सम्पन्न, दिपेन्द्र घिमिरे सभापतिमा चयन
FB_IMG_1778330052474-1778330178.jpg

मकवानपुर, थाहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगरपालिका वडा नं. २ को प्रथम वडा अधिवेशन भव्य रूपमा...

थाहा नगरको बज्रबाराही माविमा प्रधानाध्यापक विवाद अदालतसम्म पुग्यो
file_000000002a4472088d56-1778253055.png

मकवानपुरको थाहा नगरपालिका–६ स्थित बज्रबाराही माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ ।...

शिशु पोषण सुरक्षाका लागि स्तनपान प्रवर्द्धनमा जोड, BMS ऐनबारे सरोकारवालालाई अभिमुखीकरण
FB_IMG_1778240807546-1778240925.jpg

थाहा नगरपालिका क्षेत्रमा शिशुको स्वास्थ्य र पोषण सुरक्षालाई केन्द्रमा राख्दै पोषण कार्यक्रम अन्तर्गत स्तनपान...

khane-1774766593.png