Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’संचालनमा आयो,

Screenshot_20220817-18402-1660741136.png

काठमाडौं—सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकले ‘हेड एक एण्ड भर्टाइगो’ (Headache and Vertigo) सञ्चालनमा आयको छ । क्लिनिक प्रबन्ध निर्देशक डा. विश्वनाथ कोइरालाकाअनुसार १५ साउनबाट क्लिनिक सञ्चालनमा आयको हो। ‘सबै कुराको तयारी पछी  १५ साउनबाट सुरु गरेको हो,’ वरिष्ठ फिजिसियन डा. कोइरालाले हेल्थआवाजसँग भने । उनकाअनुसार हेडएक एण्ड भर्टाइगो सम्बन्धी सम्पूर्ण सेवाहरु एकै छानामुनिबाट दिने उद्देश्यका साथ क्लिनिक सञ्चालनमा आयको हो । ‘टाउको दुख्ने र रिंगटा लाग्ने समस्या धेरैलाई हुन्छ । तर, यो हुने बित्तिकै कसलाई देखाउन जाने भन्ने कुरामा अस्पष्ट छ । कोही नाक, कान घाँटीको डाक्टर कहाँ, कोही आँखाको डाक्टर कहाँ, कोही न्यूरो सर्जन कहाँ जाने गरेको पाइन्छ,’ उनले भने, ‘यो सबैलाई संगठित रुपमा एकै छानामुनिबाट सेवा दिने हिसाबले हामीले हेडएक एण्ड भर्टाइगो क्लिनिक संचालनमा ल्यायका हौं ।’ डा. कोइरालाकाअनुसार हेडएक एण्ड भर्टाइगोको समस्या टिमवर्कबाट हल गर्नुपर्ने हो । ‘तर, हाम्रो देशमा यो विस्तारै विकसित हुँदैछ । यो एउटा टिमले हेर्नुपर्ने कुरा हो,’ उनले थपे, ‘विदेशतिर त्यस्तो प्राक्टिस छ । हेडएक एण्ड भर्टिगोसँगै आउने भएकोले हामीले एकै ठाउँबाट सेवा दिदैछौं ।’ उनकाअनुसार यसका लागि क्लिनिकले सामान्य ज्ञान, काउन्सिलिङ, विशिष्ट सेवा, उपचार, फ्लोअप, हिस्ट्री चेकजाँचहरु सबै कसले कति खेर दिने भन्ने योजनासहितको प्याकेज ल्यायको छ । हेडएक एण्ड भर्टिगो समस्या र क्लिनिक डा. कोइरालाकै शब्दमा टाउको दुखाइ विभिन्न कारणले हुनसक्छ ।  प्राइमेरी र सेकेण्डरी दुई खालको दुखाइ हुन्छन् । मुख्य समस्या भनेको माइग्रेनको हेडएक हो । अन्य स्ट्रेस, आँखाको कारण, ट्युमर र साइक्रयास्टिकका कारणले पनि टाउको दुख्छ । माइग्रेनको उपचार चाँडै गरेर मात्र ठिक हुँदैन् । माइग्रेनका बिरामीलाई समय दिएर यो कति समयसम्म दुख्छ, एकपट्टी दुख्छ कि दुवै साइड दुख्छ भन्नेजस्ता धेरै कुरालाई मध्यनजर गरी समय लगाएर उपचार गर्नुपर्छ । संसारमा अनुसन्धानमा आधारित उपचार सेवा हामीले दिने जमर्को गरेका छौं । एउटा ढाँचामा राखेर उपचार गर्न पाइयो र उनीहरुको फ्लोअप गराएर कसलाई कुन औषधीले काम ग–यो गरेन । किन गरेन भन्ने कुरा राम्ररी हेर्न पाइयोस् भन्ने हिसाबले व्यवस्था मिलाएका छौं । यसलाई एमआरआई, सिटिस्क्यान गर्न आवश्यक पर्दैन् । साधारण बिरामीको पृष्ठभूमी र साधारण चेक जाँचबाट पत्ता लगाउन सकिन्छ । उपयुक्त औषधी, खर्च कम र समय दिएर हेर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो । करिब ३ महिना भित्रमा बिरामीले फ्लोअप गर्दा के कस्तो नतिजा आउँछ त्यो अनुसार कति फाइदा हुन्छ भन्ने निर्धारण गरेर हेर्ने भन्ने छ । भर्टाइगो नाक, कान र घाँटीका डाक्टरले हेर्नुपर्ने हुन्छ । यसमा पनि प्राइमरी र सेकेण्डरी हुन्छ । प्राइमरीमा बेनाइन पेरोक्सिज्मल पोजिशनल भर्टिगो (बीपीपोभी) पर्छ ।  भर्टाइगो माइग्रेनमा पनि हुनसक्छ । र, अन्य ट्युमर र संक्रमणकोजस्ता कारणबाट हुने भर्टाइगो सेकेण्डरी हुन् । हेडएक एण्ड भर्टाइगोका उपचारका लागि सामान्य ज्ञान, काउन्सिलिङ, विशिष्ट सेवा, उपचार, फलोअप, हिस्ट्री चेकजाँचहरु सबै कसले कति खेर दिने भन्ने योजनासहितको प्याकेज बनाउदैछौँ । यी गरेमा उपचार सेवा छुट्दैन । संसारमा चलेको उपचार पनि पाउने र अनावश्यक जाँच गर्नुबाट बच्ने र खर्च कम हुने गरी हामी सेवा दिदैछौँ । टाउको दुख्ने बितिकै एमआरआई गर्ने चलन छ । एमआरआईबाट मात्रै सबैकुरा देखिन्छ भन्ने हुँदैन् । माइग्रेनमा पनि एउटा क्रोनिक माइग्रेन भन्ने हुन्छ । यसका बिरामीको लागि धेरै समय दिनुपर्ने हुन्छ । उपयुक्त उपचारको वातावरण र बिरामीले कुन औषधीले कति समय लगाएर उपचारपछि ठिक भए भन्ने सबै कुराको अनुसन्धान पनि होस् भन्ने हिसाबले व्यवस्थित रुपले क्लिनिक संचालन गर्न लागेका छौं । के माइग्रेन निर्मुल हुन्छ ? माइग्रेन निर्मुल त हुन सक्दैन् । यो एउटा औषधी खाएर ठिक हुने कुरा होइन् । तर, धेरैजसो बिरामीको उपचार गराएर माइग्रेन ट्रिगर गर्ने तत्व पहिचान गरी हटाउन सक्यो भने बिरामी आफै ठिक हुन्छ । कसैलाई खानपिन, प्रदूषण, तनाव, महिनावारी धेरै खालका ट्रिगरका कारण हुन्छन् । यो एउटा रोग हो र फाल्न मिल्छ भन्ने हुँदैन् । जीवनशैली, खानपिन, व्यायायमहरु गरेर, कसैलाई लामो समयसम्म औषधी दिएर जीवन सहज पार्न सकिन्छ । विनाकारण अप्रत्यक्ष टाउको दुख्ने माइग्रेन हो । यसको यही प्राइमरी कारण हो भनेर पत्ता लाग्दैन् । तर, यसको उपचार भने हुन्छ । अरु बाँकी टाउको दुख्ने समस्या सेकेण्डरी ब्रेन ट्युमर, ट्रमाको केस, संक्रमण, टाउकोमा पिप जमेकोजस्ता कारणले हुन्छ । जसको मुख्य कारण पत्ता लाग्छ र त्यहीअनुसार उपचार गर्नुपर्छ । उपचार सुरुमा आएर हिस्ट्री सोधेर, के–के परीक्षण गराउने, त्यसको नतिजाको आधारमा फिजिसियनलाई देखाएपछि कसरी जाने भन्ने तय हुन्छ । यसका लागि सबै विधाको जनशक्ति आवश्यक पर्छ । ल्याब, अल्ट्रासाउण्ड, एक्सरे हेर्नेदेखि फिजिसियन, न्युरो सर्जन र नाक, कान घाँटी विशेषज्ञ, आँखा रोग विशेषज्ञ हामीसँग उपलब्ध छन् । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg