Friday, 03 May, 2024
साहित्य

प्रेमको बकपत्र।
बिर्खे अञ्जान

Untitled-1-1623288157.jpg

 तिम्रो बिचारको बीर्यमा
स्खलन भएको छ -- प्रेमको भ्रुण
र , बिश्वास बिरूद्ध अस्तित्वको फैसला हुनु पूर्व
बलात्कृत भएछ -- नैतिकताको कौमार्य ।

न्यायाधीश बस्छन् या जल्लाद
थाहा छैन अदालतमा
अन्तर्मूल्याङ्कनको पूरातन पद्धति 
हो हिजो जस्तै आज पनि कायमै छ।

निषेधित अत्यासहरूको तूफान
प्रायः प्रेम माथि नै हमला गर्छ
र , संस्कार नामको पूरातन अहम् 
उध्रेका बिचारहरूको हुण्डरी बोकेर 
प्रेमको बस्ती उजाड बनाउँछ।

खोला बग्छ निरन्तर 
किनार चाहेर पनि हिड्न सक्दैन 
हो जूनलाई घामसँग जिस्कन मन छ
र , पनि रात बाहेक अरू उसको हुनै सक्दैन 
जति जोडे पनि कहिल्यै मिल्दैन 
अचम्मको छ प्रेमको गणित ।

माया फुल्ने फूलबारी 
माटो हुनै सक्दैन 
छातिभरि रोपेर स्पर्शको बिरुवा
उमार्न खोजेपनि मुटुमा प्रेमको गुँरास
अझेपनि असफल छन् --- मुनामदनको जोडी
अचेल अोठहरूले ममता होइन आक्रोश अोकल्छ
मानव सभ्यतामा हुर्किरहेछ -- घमण्डको बीउ
साच्चिकै कहाँ पाइन्छ  यतिखेर 
बिदूर जस्तै बिश्वासको हिमाल ।

च्यातेर फ्याकेको प्रेम पत्र
साक्षी राखेर भगवानलाई खाएका मायाको कसम
फेल भएको शैक्षिक प्रमाणपत्र 
अथवा बासी भएको अखबारका पानाहरू
हो सबै सबै आदिम भएका छन् इतिहासहरूमा।

बिचारको उत्तेजना 
भो ! नबर्साउ समयको कालो कठघरामा 
घाम अझै मलिनो छ
आगो तात्न सकेको छैन अघेनूमा
खिया लागेको भुत्ते मष्तिक
आरनमा नअर्जावेसम्म सँस्कृतिको हतियार 
फूलमाया !
 तिम्रो र मेरो प्रेम 
आकाश र धर्ती जस्तै हुन्छ।

तिम्रो बिचारको बीर्यमा
स्खलन भएको छ - प्रेमको भ्रुण
र बिश्वास बिरूद्ध अस्तित्वको फैसला हुनु पूर्व
बलात्कृत भएको छ -- नैतिकताको कौमार्य।

*******************

बिर्खे अञ्जान

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...