jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

प्रयोगात्मक सिकाइले प्रभावकारी शिक्षा प्रदान गर्ने:-सामाजिक बिकास मन्त्री कुमारी मोक्तान

Screenshot_20220714-19213-1657806777.png

शम्भु अधिकारी थाहापाटी / थाहानगर/बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले शिक्षण सिकाइको उपलब्धि प्रयोगात्मक सिकाइ बिधिले मात्र प्रभावकारी शिक्षा प्रदान गर्नसक्ने भन्दै ,विद्यालयहरु लाई प्रयोगात्मक ब्यबहारिक शिक्षामा जोड दिन आग्रह गर्नुभएको छ।
थाहा नगरपालिकाको जनकल्याण माबिमा आज देखि सुरु भएको " प्रथम जनकल्याण शैक्षिक मेला २०७९"को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले सोकुरा बताउनुभयो ।
मन्त्री मोक्तानले यस्ता खाले शैक्षिक मेलाको उपलब्धि भबिस्यमा देखिने हुदा शैक्षिक मेला प्रत्येक विद्यालयले आयोजना गर्नुपर्नेमा जोड दिदै यस्को लागि प्रदेश सरकारको पनि सहयोग रहने बताउदै सरकारले शिक्षा क्षेत्र लाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रममा समाबेश गरेको बताउनुभयो साथै प्रदेश सरकारले विभिन्न प्राबिधिक विषय पढाउने विद्यालयहरु लाई अनुदानको समेत ब्यबस्था गरेकोले प्रदेश सरकारले प्राविधिमैत्री शिक्षा लाई जोड दिई बजेट बिनियोजन गरेको बताउदै विद्यालयको आइसिटी ल्याबको लागि एक विद्यालय १५ लाख रुपैयाँको ब्यबस्था गरेको बताउनुभयो,साथै वहाँले छोरी बुहारी शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेकोले सामुदायिक विद्यालयबाट एसइइ तथा प्लस टु उतिर्ण छोरी बुहारीलाई स्नातकोत्तर सम्म सामुदायिक क्याम्पसमा अध्ययन गर्न पुर्ण छात्रवृत्तिको ब्यबस्था सहित कमाउदै पढ्दै भन्ने नारालाई पनि प्रत्येक प्राबिधिक विद्यालयमा एसै बर्षदेखि लागुगरिने बताउनुभयो।
मन्त्री मोक्तानले प्रदेशको शिक्षाको गुणस्तरीयतामा जोड दिदै प्रदेश सरकारले बिज्ञहरु सङ्ग छलफल गरि ,शिक्षकहरुको दरबन्दी ,स्थायी शिक्षक पदपूर्ति लगायत शिक्षा क्षेत्रमा रहेको अन्तरबिरोध हटाउन प्रदेशभर बाट २ सय माबी तथा १ सय आधारभुत विद्यालय छनौट गरि कार्यक्रम बनाउन लागिरहेको हुँदा यस्को लागि थाहा नगरभित्र रहेका शैक्षिक संस्थाहरुले पनि चासो दिनुपर्ने बताउनुभयो।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथी मन्त्री कुमारी मोक्तान लगायत विद्यालयका पुर्व प्रअ हरीहर केसि,जनकल्याण एल्मुनाइएशोसियसनका अध्यक्ष निरन्जन अधिकारी ,पुर्व अध्यक्ष तथा नारायणी यातायात ब्याबसायी संघका महासचिव सरोज खनाल,नगर शिक्षा संयोजक राजेन्द्र भक्त श्रेष्ठ लगायतकाले मेलाको सफलताको कामना सहित जनकल्याणले रोजगार मुलक शिक्षामा जोड दियकोमा आभार ब्यक्त गरेका थिय।
कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली,थाहा नगरका वडा अध्यक्षहरु बम बहादुर सिङ्तान,हिरेन्द्र रायमाझी ,नारायण लामा,बिष्णु बहादुर गुरुङ्ग,नगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी ,कृषि शाखा प्रमुख संजय तिवारी,पालुङ्ग रेडक्रसका सभापति केदार प्रसाद बिडारी,पालुङ्ग क्याम्पस प्रमुख राजन मिश्र ,सेती गणेश आधारभुत विद्यालयका प्रअ उर्मिला गोपाली,लगायत नगरभित्र रहेका विद्यालयका प्र अ,ब्यबस्थापन समितिको अध्यक्षहरु लगायतका उपस्तिथि रहेको थियो।
विद्यालयका प्रअ सानोभाइ कार्कीले स्वागत गर्नुभयको उद्घाटन कार्यक्रम पश्चात अतिथिहरुले शैक्षिक मेला अबलोकन गरेका थिय मेलामा आयोजक विद्यालय बाहेक अन्य विद्यालय हरु पालुङ्ग बोर्डिङ्ग,पालुङ्ग मोर्डन,हिमालयन स्कुल,झम्केश्वरी माबी,सुनौला माबी,इअन बोर्डिङ्ग स्कुलले पनि आफ्नो बिज्ञान प्रदर्शनी स्टल राखेका छन।
अलसार ३०,३१ गते जनकल्याणको प्रागनमा भैरहेको शैक्षिक मेलामा एसइइ दिएर बसेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श ,कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बिशेष छुटको ब्यबस्था,बिज्ञान ,बालीबिज्ञान ,ब्यबस्थापन ,शिक्षा ,मानविकी ,र कृषि तहको डिप्लोमाको छुट्टाछुट्टै संकायको शैक्षिक परामर्श ,तथा बिज्ञान प्रदर्शन र प्रतियोगिता हुने साथै नगरभित्र रहेका विद्यालयहरुको स्टल रहेको छ।

Screenshot_20220714-19220-1657807317.png
Screenshot_20220714-19223-1657807320.png
Screenshot_20220714-19245-1657807357.png
Screenshot_20220714-19253-1657807357.png
Screenshot_20220714-19251-1657807729.png
Screenshot_20220714-19255-1657807730.png
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...