Thursday, 09 May, 2024
साहित्य

पुण्यक्षेत्रमा स्थलगत रचना लेखनसँगै साहित्य सन्ध्या

हेटौंडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरले ३१७ औं साहित्य सन्ध्या पर्यटकीय तथा धार्मिक स्थल पुण्यक्षेत्र र स्मारकमा मनाएको छ । साहित्य सन्ध्यालाई फरक तरिकाबाट मनाउने क्रममा हेटौंडा–११ मा रहेको पुण्यक्षेत्रको जंगलमा स्थलगत रचना लेखन र वाचन गरेर मनाएको हो ।

स्मारक विकास समितिको सहयोग र समन्वयमा आयोजना गरिएको कार्यक्रममा साहित्यकारहरुले त्यहिको प्रकृतिलाई नियाल्दै विभिन्न रचना लेखेर वाचन गरेका थिए । सङ्गमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार तुल्सी थापा रहेका थिए । 

स्थलगत रचना लेखन कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, गजल मञ्चका अध्यक्ष देवराज तिवारी, नेपाल लेखक संघका पूर्व अध्यक्ष विष्णु गौतम, साहित्यसेवी मुक्तीगोविन्द वैद्य, साहित्यकार जर्नादन खनाललगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रसिद्धिका लम्साल, रजनी अधिकारी, इलिसा पराजुली, सम्प्रस पौडेल, गंगा सापकोटा, यमनदेव उत्प्रेरक, अनिल कोइराला, ऋत्विक केबी, कुबेर पराजुली, महेन्द्र ओझा, सावित्री ढुंगाना, स्वस्तिका दाहाललगायतले गीत, कविता, गजल र हाईकु रचना गरेर वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण सङ्गमका कोषाध्यक्ष मनोज पोखरेलले गरेका थिए भने स्वगत मन्तव्य सङ्गमका उपाध्यक्ष सानु खनालले गरेका थिए । 

सधै साहित्य सङ्गमको प्रेक्षालयमा मात्र हुने सन्ध्यालाई फरक तरिकाले मनाउन पुण्यक्षेत्रमा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष न्यौपानेले बताईन् । उनले साहित्यकारहरुले प्रकृतिसँग  साक्षत्कार गरेर रचना गर्न पाउने र पर्यटकीय क्षेत्रको समेत प्रचारप्रसार हुने भएको यस्तो कार्यक्रमको आयोजना गरिएको उनले बताईन् । आगामी दिनमा पनि सङ्गमले यस्ता कार्यक्रमलाई सङ्गमले निरन्तरता दिने अध्यक्ष न्यौपानले जानकारी दिइन् ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...