Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

पालुङ क्याम्पस १२ कक्षा उतिर्ण विद्यार्थीमाझ भर्ना अभियानमा ।

FB_IMG_1689004437855-1692860895.jpg

कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई पालुङ बहुमुखी क्याम्पसमा अध्ययन गर्न आग्रह गरिएको छ । क्याम्पसले सम्बन्धित विद्यालयहरुमा पुगी अभिमुखीकरण कार्यक्रम मार्फत विद्यार्थीहरुलाई पालुङ बहुमुखी क्याम्पसको विशेषताका विषयमा स्पष्ट पारेको हो । ६ भाद्रमा बज्रबाराही माविबाट कक्षा १२ उत्तीर्ण विधार्थी, अभिभावक र हाल कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई पालुङ क्याम्पसमा पढ्न आग्रह गरिएको हो ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा ६ नम्बर वडाध्यक्ष राजनभक्त श्रेष्ठले थाहाको उन्नतिका लागि पनि गाउँकै क्याम्पस रोज्न आवश्यक रहेको बताए । कार्यक्रममा बज्रबाराही मावि व्यवस्थापन समिति अध्यक्ष कल्पना बलामीले पनि पढ्दै रोजगारी गर्दैको अवसर रहने हुँदा पालुङ क्याम्पस रोज्न आग्रह गरिन् ।

कार्यक्रमको अवसरमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालयका प्रधानाध्यापक रमेशमान डंगोेलले पनि गाउँकै क्याम्पसमा पढ्न जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा क्याम्पसका सहायक प्रमुख गोपाल उप्रेती, प्राध्यापक प्रकाश पौडेलले सहजीकरण गरेका थिए । क्याम्पसका स्वबियु सभापति पुष्कल श्रेष्ठले क्याम्पसमा रहेको सुविधाका बिषयमा जानकारी गराएका थिए ।
यस अघि पालुङ क्याम्पसले जनकल्याण माबिमा विद्यार्थी संग अन्तर संबाद कार्यक्रम गरेको थियो।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष विमलकुमार ढकाल, सदस्य सहदेव ढकाल, सल्लाहकार प्रमोद जोशीलगायतको उपस्थिति थियो । क्याम्पसमा मानविकी र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...