Saturday, 20 Apr, 2024
शिक्षा

पालुङ क्याम्पस थाहा नगरको शैक्षिक धरोहर :- मन्त्री कुमारी मोक्तान

p3-1676644109.jpg

पालुङ बहुमुखी क्याम्पसको २० औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट आदर्शको अध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा पालुङ जेसिजको सभा हलमा परिषद भेला भएको हो।

परिषद भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्री मोक्तानले थाहा नगरको शैक्षिक विकासको धरोहरको रूपमा रहेको पालुङ बहुमुखी क्याम्पसको महत्वोपुर्ण भुमिका रहने हुँदा क्याम्पसको विकासको लागि सक्दो सहयोग गरिरहने बताउनुभयो। साथै वहाँले शिक्षामा सहयोग जति गरेपनी अपुग हुने बताउदै सामुदायिक क्याम्पस टिकाउन समस्या रहेको तर समस्याको बाबजुद स्थानियले क्याम्पस टिकाइरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो। मन्त्री मोक्तानले थाहा नगरबाट मन्त्रालयमा नगरको शैक्षिक व्यवस्थापनको सुधारको लागि गएको निवेदन एउटापनी नकाटियको बताउदै पालुङ क्याम्पसको लागि यो बर्ष पनि सामाजिक विकास मन्त्रालय बाट २५ लाख रुपैयाँ सुरक्षित रहेको बताउनुभयो साथै मन्त्री मोक्तानले क्याम्पस संचालनको निम्ति नयाँ ढंगले सोच्नुपर्ने बताउदै जटिलताको वाबजुद मेहनतको खाचो रहेको औल्याउँदै क्याम्पस लाई प्रदेश सरकारबाट निरन्तर सहयोग भैरहने प्रतिबद्धता व्यक्त गरे।

तेसै गरि परिषद भेलालाई शुभकामना दिदै नारायणी यातायात व्यावसायि संघका महासचिव सरोज खनालले जीवन र जगतलाई बुझ्ने र समाजप्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आवश्यकता भएको औल्याए । उनले आर्थिक अभावले पालुङ क्याम्पस बन्द हुन नदिने बताउँदै प्रविधीमैत्री शिक्षामा जोड दिन आग्रह गरे ।

शुभकामना मन्तव्य दिदै अर्का अतिथी जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्कीले २०४८ सालमा एकमत हुन नसक्दा नगरमा क्याम्पस खोल्न पाँच बर्ष ढिलो भएको स्मरण गरे । उनले नजिकको तिर्थ हेला भन्ने उदाहरण ‘पालुङ क्याम्पस’ भएको बताउदै क्याम्पसले गुणस्तरीय शिक्षा दिन्छ भन्ने सबै तिर सन्देश पु¥याउनू आजको आबश्यकता भएको औल्याए ।

शुभकामना दिदै नेकपा एमाले थाहा नगरका अध्यक्ष अच्युत्तम प्रसाद ढकालले पालुङमा उच्च शिक्षाको सपना देख्दै क्याम्पस स्थापना गर्नुपर्छ भनेर दिलोज्यान लगाउने तत्कालीन दामन पालुङ आर्थिक विकास समितिका अध्यक्ष वाशुदेव बिष्टको सम्झाना गरे । ढकालले १५ लाखको बजेटमा समेत शिक्षालाई महत्व दिने यहि ठाउँ अहिले १ अर्बको बजेट हुँदा पनि शिक्षा क्षेत्र ओझेलमा परेको बताए । उनले भने–‘यतिका वर्ष बजेट बाँड्यौं, शिक्षालाई कति छुट्टायौँ समिक्षा समिक्षा गरौं ।’

वार्षिकोत्सव समारोहमा क्याम्पस अध्यक्ष बिष्णु बिष्ट आदर्शले आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने क्याम्पस प्रमुख राजन मिश्र द्वारा क्याम्पसको वर्तमान अवस्था र भावी योजनाको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने क्याम्पसका लेखापाल मधुसूदन रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। भेलालाई क्याम्पस संचालक समिती उपाध्यक्ष श्यामभक्त श्रेष्ठले स्वागत गर्नुभएको थियो भने प्राध्यापक कुमार नेगीले संचालन गरेका थिय । वार्षिकोत्सवको अवसरमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,थाहा ४ का वडा अध्यक्ष नारायण लामा,भुमी आयोग मकवानपुरका सदस्य तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि का उपाध्यक्ष अरुण रायमाझी ,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमाले नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,माओवादी केन्द्र नगर अध्यक्ष बिनोद कुमार लामा,राप्रपा थाहा नगर अध्यक्ष नवीन रायमाझी ,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री ,थाहा नगर शिक्षा समिती सदस्य सुरेन्द्रमान प्रधान,नारायणी यातायात व्यावसायि संघका महासचिव सरोज खनाल,फरक सोचका अध्यक्ष यादव रायमाझी ,लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रिता प्रधान,पालुङ क्याम्पसका स्वबियु सभापति मुकेश गोले,लगायतका परिषद सदस्यहरु,क्याम्पस संचालक समितिका पदाधिकारी हरु,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु,प्राध्यापक ,विद्यार्थी हरुको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा पालुङ क्याम्पसका प्रथम व्याचका विद्यार्थी नानुमैया प्रधानलाई विद्यावारिधी (पिएचडी) को तयारी गरिरहेको भन्दै सम्मान गरियो भने विभिन्न संघसंस्थाले प्रदान गर्ने छात्रवृत्ति समेत प्रदान गरियो विषयगत उत्कृष्ट प्राध्यापक गोपाल उप्रेती लाई अङ्ग्रेजी विषयको लागि र १३ बर्ष क्याम्पस प्रमुखको जिम्मेवारी लिइ क्याम्पसको प्रगतिको लागि खटियकोमा पुर्व क्याम्पस प्रमुख रामहरी अधिकारी लाई सम्मानित गरियो भने उत्कृष्ट विद्यार्थी हरु रेजिना गोपाली,र रोजिता बलामीलाइ सम्मानित गरियो तेस्तै क्याम्पसको सुचना प्रवाहमा योगदान पुर्याएकोमा थाहापाटी अनलाइनका सम्पादक शम्भु अधिकारी र क्याम्पसको भौतिक निर्माण कार्यमा योगदान पुर्याय बापत श्रवण लामालाई सम्मानित गरियो। सम्मानित हुनेहरूलाई प्रमुख अतिथी मन्त्री कुमारी मोक्तानले कदरपत्र द्वारा सम्मानित गर्नुभयको थियो।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...

थाहामा तरकारी खेती सम्बन्धि तीन दिने तालिम सुरु,
FB_IMG_1713523539317-1713523554.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ७ देखि थाहा नगरपालिकाको वडा नम्बर ४ मा...

माओवादी केन्द्र पुनरोदयको सन्निकट : ईन्चार्ज बिजय गौतम
1713453864566-1713453890.jpg

हेटौंडा/नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले माओवादी पार्टी...

थाहामा पाँच दिने एकिकृत पाठ्यक्रम सम्बन्धी कार्यशाला सुरु
IMG_20240418_121721_786-1713439276.jpg

थाहा नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी पाँचदिने कार्यशाला सुरु गरिएको छ । थाहा नगरपालिकाको शिक्षा तथा युवा...

शिक्षाकाे गुणस्तर अभिवृद्धिको मागसहित थाहाको उपप्रमुख समक्ष नेविसंघको ज्ञापनपत्र
IMG_20240418_145509_348-1713436511.jpg

नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र...

बालबालिकालाई आज र भोलि भिटामिन ए खुवाइँदै
FB_IMG_1713411874078-1713411890.jpg

आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज र भोलि दुई दिन रकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए...

सहकारीहरु प्रणालीमा जादा व्यवस्थापन राम्रो हुन्छ:-जिसस प्रमुख घलान
437360699_134659162603034-1713367537.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना...

थाहा ३ का महिलाहरुले गाँजा र अल्लो बाट कपडा बनाउन सिक्दै,
FB_IMG_1713365575349-1713365634.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा सुरु भएको छ...