jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

पालुङ क्याम्पस थाहा नगरको शैक्षिक धरोहर :- मन्त्री कुमारी मोक्तान

p3-1676644109.jpg

पालुङ बहुमुखी क्याम्पसको २० औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट आदर्शको अध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा पालुङ जेसिजको सभा हलमा परिषद भेला भएको हो।

परिषद भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्री मोक्तानले थाहा नगरको शैक्षिक विकासको धरोहरको रूपमा रहेको पालुङ बहुमुखी क्याम्पसको महत्वोपुर्ण भुमिका रहने हुँदा क्याम्पसको विकासको लागि सक्दो सहयोग गरिरहने बताउनुभयो। साथै वहाँले शिक्षामा सहयोग जति गरेपनी अपुग हुने बताउदै सामुदायिक क्याम्पस टिकाउन समस्या रहेको तर समस्याको बाबजुद स्थानियले क्याम्पस टिकाइरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो। मन्त्री मोक्तानले थाहा नगरबाट मन्त्रालयमा नगरको शैक्षिक व्यवस्थापनको सुधारको लागि गएको निवेदन एउटापनी नकाटियको बताउदै पालुङ क्याम्पसको लागि यो बर्ष पनि सामाजिक विकास मन्त्रालय बाट २५ लाख रुपैयाँ सुरक्षित रहेको बताउनुभयो साथै मन्त्री मोक्तानले क्याम्पस संचालनको निम्ति नयाँ ढंगले सोच्नुपर्ने बताउदै जटिलताको वाबजुद मेहनतको खाचो रहेको औल्याउँदै क्याम्पस लाई प्रदेश सरकारबाट निरन्तर सहयोग भैरहने प्रतिबद्धता व्यक्त गरे।

तेसै गरि परिषद भेलालाई शुभकामना दिदै नारायणी यातायात व्यावसायि संघका महासचिव सरोज खनालले जीवन र जगतलाई बुझ्ने र समाजप्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आवश्यकता भएको औल्याए । उनले आर्थिक अभावले पालुङ क्याम्पस बन्द हुन नदिने बताउँदै प्रविधीमैत्री शिक्षामा जोड दिन आग्रह गरे ।

शुभकामना मन्तव्य दिदै अर्का अतिथी जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्कीले २०४८ सालमा एकमत हुन नसक्दा नगरमा क्याम्पस खोल्न पाँच बर्ष ढिलो भएको स्मरण गरे । उनले नजिकको तिर्थ हेला भन्ने उदाहरण ‘पालुङ क्याम्पस’ भएको बताउदै क्याम्पसले गुणस्तरीय शिक्षा दिन्छ भन्ने सबै तिर सन्देश पु¥याउनू आजको आबश्यकता भएको औल्याए ।

शुभकामना दिदै नेकपा एमाले थाहा नगरका अध्यक्ष अच्युत्तम प्रसाद ढकालले पालुङमा उच्च शिक्षाको सपना देख्दै क्याम्पस स्थापना गर्नुपर्छ भनेर दिलोज्यान लगाउने तत्कालीन दामन पालुङ आर्थिक विकास समितिका अध्यक्ष वाशुदेव बिष्टको सम्झाना गरे । ढकालले १५ लाखको बजेटमा समेत शिक्षालाई महत्व दिने यहि ठाउँ अहिले १ अर्बको बजेट हुँदा पनि शिक्षा क्षेत्र ओझेलमा परेको बताए । उनले भने–‘यतिका वर्ष बजेट बाँड्यौं, शिक्षालाई कति छुट्टायौँ समिक्षा समिक्षा गरौं ।’

वार्षिकोत्सव समारोहमा क्याम्पस अध्यक्ष बिष्णु बिष्ट आदर्शले आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने क्याम्पस प्रमुख राजन मिश्र द्वारा क्याम्पसको वर्तमान अवस्था र भावी योजनाको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने क्याम्पसका लेखापाल मधुसूदन रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। भेलालाई क्याम्पस संचालक समिती उपाध्यक्ष श्यामभक्त श्रेष्ठले स्वागत गर्नुभएको थियो भने प्राध्यापक कुमार नेगीले संचालन गरेका थिय । वार्षिकोत्सवको अवसरमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,थाहा ४ का वडा अध्यक्ष नारायण लामा,भुमी आयोग मकवानपुरका सदस्य तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि का उपाध्यक्ष अरुण रायमाझी ,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमाले नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,माओवादी केन्द्र नगर अध्यक्ष बिनोद कुमार लामा,राप्रपा थाहा नगर अध्यक्ष नवीन रायमाझी ,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री ,थाहा नगर शिक्षा समिती सदस्य सुरेन्द्रमान प्रधान,नारायणी यातायात व्यावसायि संघका महासचिव सरोज खनाल,फरक सोचका अध्यक्ष यादव रायमाझी ,लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रिता प्रधान,पालुङ क्याम्पसका स्वबियु सभापति मुकेश गोले,लगायतका परिषद सदस्यहरु,क्याम्पस संचालक समितिका पदाधिकारी हरु,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु,प्राध्यापक ,विद्यार्थी हरुको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा पालुङ क्याम्पसका प्रथम व्याचका विद्यार्थी नानुमैया प्रधानलाई विद्यावारिधी (पिएचडी) को तयारी गरिरहेको भन्दै सम्मान गरियो भने विभिन्न संघसंस्थाले प्रदान गर्ने छात्रवृत्ति समेत प्रदान गरियो विषयगत उत्कृष्ट प्राध्यापक गोपाल उप्रेती लाई अङ्ग्रेजी विषयको लागि र १३ बर्ष क्याम्पस प्रमुखको जिम्मेवारी लिइ क्याम्पसको प्रगतिको लागि खटियकोमा पुर्व क्याम्पस प्रमुख रामहरी अधिकारी लाई सम्मानित गरियो भने उत्कृष्ट विद्यार्थी हरु रेजिना गोपाली,र रोजिता बलामीलाइ सम्मानित गरियो तेस्तै क्याम्पसको सुचना प्रवाहमा योगदान पुर्याएकोमा थाहापाटी अनलाइनका सम्पादक शम्भु अधिकारी र क्याम्पसको भौतिक निर्माण कार्यमा योगदान पुर्याय बापत श्रवण लामालाई सम्मानित गरियो। सम्मानित हुनेहरूलाई प्रमुख अतिथी मन्त्री कुमारी मोक्तानले कदरपत्र द्वारा सम्मानित गर्नुभयको थियो।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...