Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

पालुङ क्याम्पसले बुहारीहरुलाई छुट दिने 

kyamp-1567072442.jpg

मनोज तितुङ,
मकवानपुरको थाहा नगरपालिकामा रहेको एक मात्र क्याम्पसको रुपमा चिनिने पालुङ बहुमुखी क्याम्पसमा अहिले भर्ना अभियान सञ्चालन भैरहेको छ । २०६० सालमा स्थापित पालुङ बहुमुखी क्याम्पसले स्नातक तहमा भर्ना हुने विवाहित छात्राका लागि मासिक शुल्कमा छुट दिने भएको छ । क्याम्पसले बुहारीहरुका लागि मासिक शुल्कमा एक सय रुपिया छुट दिने निर्णय गरेको क्याम्पस प्रमुख रामहरी अधिकारीले बताउनु भयो । 
क्याम्पसमा हाल स्नातक तह प्रथम वर्षको भर्ना चलिरहेको छ । पालुङ बहुमुखी क्याम्पसमा मानविकी र व्यवस्थापन गरी २ संकायमा अध्ययन अध्यापन गराइन्छ ।    
अहिले पहिलो चरणको अभियान अन्तर्गत पम्प्लेटहरु बाड्ने, ब्यानर टास्ने, रेडियो तथा पत्रपत्रिका मार्फत सूचना प्रशारण, प्रकाशन गर्ने लगायतका कामहरु भैरहेको र  दोस्रो चरणमा ति विद्यार्थीहरुलाई भर्ना गराउन उसको अभिभावकलाई भनेर टोलका अगुवा, राजनीतिज्ञ, नेता तथा समाजसेवीहरुलाई परिचालन गरिरहेको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिएका छन् ।  
  अभिभावकहरुले पनि माद्यामिक तह पार गरेर बसेका आफ्नो छोराछोरी सोहि क्याम्पसमा भर्ना गछौँ , बाहिर पठाउँदिन भन्ने कुराहरु गरिरहेका क्याम्पस प्रमुख अधिकारी बताउछन् । बि ए र बि बि एस दुबै संकायको पढाई यहि  भदौ १८ गते देखि सुरु गर्ने तयारी भएको गत बिहिबार सूचना प्रकाशित गरी जानकारी गराएका थिए । “सूचना विद्यार्थी सम्म पुग्न समय लाग्छ त्यस कारण हामी फोन मार्फत पनि जानकारी गराउँछौ” –अधिकारीले भने ।
 पालुङ क्याम्पसमा दक्ष, योग्य तथा अनुभवी प्राध्यापकहरुद्वारा अध्यापनको व्यवस्था, कक्षा १२ मा प्रथम श्रेणी ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई भर्नामा २ महिनाको शुल्क छुटको व्यवस्था, आन्तरिक परीक्षामा तहगत र संकाय प्रथम गर्नेलाई २ महिनाको शुल्क छुटको  व्यवस्था, बाह्य परीक्षामा प्रथम श्रेणी ल्याउने विद्यार्थीलाई ६ महिनाको शुल्क छुटको व्यवस्था, संकाय एवं तह प्रथम गर्ने विद्यार्थीलाई आंशिक छात्रवृत्तिको व्यवस्था, जनजाति, दलित, अपाङ्ग, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था,  यथोचित पुस्तकालयको व्यवस्था, समयमा नै कोर्स पुरा गराइने, इमेल, इन्टरनेटको व्यवस्था, कम्प्युटर कक्षाको व्यवस्था, बि ए  र बि बि एस दुबै संकायको दोस्रो वर्ष उत्कृष्ट हुने २ जनालाई पालुङ बहुमुखी क्याम्पस बाल मुकुन्द छात्रवृत्तिको व्यवस्था लगायतका विशेषता तथा सुविधाहरु छन् । क्याम्पसको उक्त विशेषताको कारण पनि पालुङ क्याम्पसमै भर्ना हुनु जरुरी रहेको अधिकारीको भनाई छ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

khane-1774766593.png