jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

पालुङ क्याम्पसमा स्नातक अध्ययनको लागि थाहा ४ का ४ बुहारीलाई छात्रवृत्ति प्रदान,

FB_IMG_1686055975682-1686057579.jpg

विवाहित महिलालाई उच्च शिक्षा अध्ययन गर्न बुहारी छात्रवृत्ति प्रदान गरियको छ।
थाहा नगरपालिका वडा न ४ ले उच्च शिक्षा अध्ययन गर्नको निम्ति वडाका ४ जना बुहारी निलिमा गोपाली,पुष्पा कार्की,मनिशा बिष्ट र सुस्मिता सुनार लाई पालुङ क्याम्पसमा अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको हो। कार्की र बिष्ट पालुङ क्याम्पसमा अध्यनरत छन भने गोपाली र सुनार हेटौंडा क्याम्पसमा अध्यनरत छन।
वडा न ४ का अध्यक्ष नारायण लामाका अनुसार  ‘विवाह गरेपछि पढ्न छाड्ने चलनको अन्त्य गर्दै औपचारिक शिक्षा पूरा गराउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘खर्च जुटाउन नसकेर विद्यालय जान नसक्ने बुहारी विद्यार्थीलाई यसले समेट्नेछ । तर, छात्रवृत्ति प्राप्त गर्न वैधानिक विवाह भएको हुनुपर्नेछ ।’
आर्थिक बर्ष २०७९/०८० को बिनियोजित बजेट अनुसार बुहारी छात्रवृत्ति कार्यक्रम अनुसार एक विद्यार्थी २० हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गरिएको वडा सचिब पाल्साङ लामाले जानकारी दिए।


छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उपप्रमुख भरत गोपालीले छात्रवृत्ति कार्यक्रमले बुहारी तथा छात्राको उन्नती प्रगति हुनुको साथै देश निर्माणमा महिलाले पनि उतिकै योगदान गर्नसक्ने बताउनुभयो ।साथै वहाँले कार्यक्रम सकारात्मक जनपक्षीय रहेको र थाहा लाई आहा बनाउनका निमित्त बुहारीहरुको भुमिका उल्लेखनीय रहने भएकोले नगरपालिका सदैव सहयोगका निमित्त तत्पर रहेको र भोलिका दिनमा पढेर यहि नगर मा सेवा दिन आग्रह गरे।
कार्यक्रममा थाहा ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र ,जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...