Saturday, 11 May, 2024
साहित्य

पालुङ क्याम्पसमा साहित्यिक कार्यक्रम सम्पन्न
सिम्रन भईन प्रथम

थाहा नगरपालिका–३, खेल्पुडांडा स्थित उत्तरी मकवानपुरको एक मात्र क्याम्पस पालुङ बहुमुखी क्याम्पसमा प्रजातन्त्र दिवशको उपलक्ष्यमा आईतबार बिहान कविता गोष्ठि सम्पन्न भएको छ ।
   पालुङ बहुमुखी क्याम्पसको बार्षिक क्यालेण्डर अनुसार स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसका प्रमुख रामहरि अधिकारीको प्रमुख आतिथ्यता एवम् स्वतन्त्र विद्यार्थी युनियन पालुङ क्याम्पसका सभापति मुकेश गोलेको सभाध्यक्षतामा कार्यक्रम भएका हो ।
   कार्यक्रममा सहभागी विद्यार्थीहरुले आ–आफ्नो रचना बाचन गरेर थिए । मानविकि संकाय प्रथम वर्षका सिम्रन खड्का कविता गोष्ठिमा प्रथम भएकी छिन् । त्यसैगरि व्यवस्थापन संकाय द्वितीय वर्षका शिवानी विश्वकर्मा द्वितीय र व्यवस्थापन संकाय तृतीय वर्षका संजिता गोपाली तृतीय भएका छन् ।
    त्यसैगरि व्यवस्थापन संकाय तृतीय वर्षका मञ्जरी बलामी, सोही वर्षका पार्वती विडारी र मानविकि संकाय प्रथम वर्षका सिर्जना पाठकले सान्तव सात्वना पुरस्कार जितेका छन् । सप्राध्यापक राजन मिश्रले स्वागत मन्तव्य सहित सुरुभएको कार्यक्रममा क्याम्पसका सप्राध्यापक तोयानाथ काफ्ले र विजय बाबु बस्नेतले निर्णयको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको सञ्चालन  सप्राध्यापक सन्तोष हमालले गर्नु भएको थियो ।
   विद्यार्थीलाई सधै पढाईमा मात्र लाग्न नभई साहित्यिक क्षेत्रमा समेत रुचि बढ्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्याम्पसले जनाएको छ । क्याम्पसमा यस्ता गतिविधि गरिरहने र त्यसको लागि विद्यार्थीको सहभायिता हुनुपर्ने प्रमुख अधिकारीले बताउनु भएको छ । प्रमुख अधिकारीले विद्यार्थीहरुको रचना आफुलाई साहै राम्रो लागेको भन्दै प्रशंशा गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष तथा स्ववियू सभापति मुकेश गोलेले कार्यक्रममा सहभागिता जनाउने सबैलाई बिशेष धन्यवाद सहित कार्यक्रम समान गर्नु भएको थियो । सभापति गोलेले पालुङ क्याम्पसमा शैक्षिक गतिविधि स“गै अन्य मनोरञ्जनात्मक तर सन्देशमुलक, सचेतनामुलक गतिविधि गर्दाै आइरहेको र आगामी दिनमा पनि क्याम्पसको अतिरिक्त क्रियाकलाप तथा शैक्षिक बिकासमा  लागि पर्ने प्रतिवद्घता व्यक्त गर्नु भएको थियो  । विजेता विद्यार्थी तथा सान्त्वना विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा सभापतिले पुरस्कार वितरण गर्नु भएको थियो ।

 


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...