pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

पालुङ क्याम्पसमा बि.बि.एस. र बि.ए. मा भर्ना शुरु

palung-campus-1725187104.jpg

 

मकवानपुरको उत्तरी भेगको थाहा नगरपालिका ३ खेल्पुडाँडामा रहेको एक मात्र विश्व विद्यालय शिक्षा प्रदान गर्ने क्याम्पसको रुपमा चिनिने पालुङ क्याम्पसमा अहिले भर्ना अभियान सञ्चालन भैरहेको छ ।

२०६० सालमा स्थापित पालुङ क्याम्पसले स्नातक तहमा भर्ना हुने विवाहित छात्राका लागि मासिक शुल्कमा छुट दिइरहेको छ । क्याम्पसले बुहारीहरुका लागि मासिक शुल्कमा छुट दिदै आइरहेको छ । क्याम्पसमा हाल स्नातक तह प्रथम वर्षको भर्ना चलिरहेको छ । पालुङ बहुमुखी क्याम्पसमा मानविकी र व्यवस्थापन गरी २ संकायमा स्नातक तहको  अध्ययन अध्यापन गराइन्छ ।   

भर्ना अभियान अन्तर्गत ब्यानर टास्ने, रेडियो तथा पत्रपत्रिका मार्फत सूचना प्रकाशन गर्ने लगायतका कामहरु भैरहेको छ साथै विद्यार्थीहरुलाई भर्ना गराउन विद्यार्थी तथा उहाँहरुको अभिभावकलाई फोन गरेरटोलका अगुवा, राजनीतिज्ञ, नेता तथा समाजसेवीहरुले पनि पालुङ् क्याम्पसमै भर्ना हुन अनुरोध गरिरहनु भएको छ ।  अभिभावकहरुले पनि माद्यामिक तह पार गरेर बसेका आफ्नो छोराछोरी सोहि क्याम्पसमा भर्ना गछौँ , बाहिर पठाउँदैनउ भन्ने कुराहरु गरिरहनु भएको छ क्याम्पस प्रमुख राजन मिश्र बताउनु भयो । साथै स्नातक तहका बि ए र बि बि एस दुबै संकायको प्रथम वर्षको पढाई आज भदौ १६ गते देखि सुरु भएको जानकारी दिनुभयो ।

 सूचना विद्यार्थी सम्म पुग्न समय लाग्छ त्यस कारण हामी फोन मार्फत पनि जानकारी गराउँछौ

 पालुङ क्याम्पसमा दक्ष, योग्य तथा अनुभवी प्राध्यापकहरुद्वारा अध्यापनको व्यवस्था, कक्षा १२ मा प्रथम श्रेणी ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई भर्नामा २ महिनाको शुल्क छुटको व्यवस्था, आन्तरिक परीक्षामा तहगत र संकाय प्रथम गर्नेलाई २ महिनाको शुल्क छुटको  व्यवस्था, बाह्य परीक्षामा प्रथम श्रेणी ल्याउने विद्यार्थीलाई ६ महिनाको शुल्क छुटको व्यवस्था, संकाय एवं तह प्रथम गर्ने विद्यार्थीलाई आंशिक छात्रवृत्तिको व्यवस्था, जनजाति, दलित, अपाङ्ग, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थायथोचित पुस्तकालयको व्यवस्था, समयमा नै कोर्स पुरा गराइने, इमेल, इन्टरनेटको व्यवस्था, कम्प्युटर कक्षाको व्यवस्था, बि ए  र बि बि एस दुबै संकायको दोस्रो वर्ष उत्कृष्ट हुने २ जनालाई पालुङ बहुमुखी क्याम्पस बाल मुकुन्द छात्रवृत्तिको व्यवस्था, साथै विभिन्न वित्तिय तथा सहकारी संस्थाहरुले पनि नियमित हरेक वर्ष छात्रबृति आइरहेको छ, साथै स्थानिय सामाजिक अगुवा तथा शिक्षा प्रेमी महानुभावहरुको पनि निरन्तर छात्रबृति सहयोग क्याम्पसमा अध्ययनरत विद्यार्थिहरुको लागी रहेकोले आर्थिक अभावको कारण उच्च शिक्षा हासिल गर्न पाईन भन्नु पर्ने अवस्था नरहेको क्याम्पस प्रमुख वताउनु हुन्छ ।

यस क्याम्पसले शैक्षिक कार्यक्रमहरुमा उत्कृष्टताको सुनिश्चिता, उच्च गुणस्तर मार्फत विद्यार्थिहरुलाई आकर्षित गर्ने ,अनुसन्धानात्मक संस्थाको रुपमा विकास, आधुनिक प्रविधिलाई शिक्षण सिकाई, क्याम्पस परिसरको भौतिक सुविधा र हरित वातावरण सुधार, विद्यार्थीहरुको प्रतिभा प्रकाशनका विविध पक्षका गतिविधिसँग विद्यार्थी युनियन स्व.वि.यु. लाई समयानुसार चलायमा गर्ने जस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ त्यस कारण पनि ढुक्क भएर गाउ घरमा कक्षा १२ उत्रिण भएर स्नातक तह अध्ययन नगरि वसेका सम्पुर्ण भाइबहिनीहरुलाई उच्च शिक्षा अध्ययन अवसरको फाइदा लिई आपm्नो विश्वविद्यालय शिक्षा पढने चाहना पुरा गर्न पालुङ क्याम्पस उचित गन्तब्य हो भन्ने भावना आम जनसमुदायले बुझाउन अनुरोध गर्नुभयो ।

पालुङ क्याम्पस, सामुदायिक क्याम्पस, राम्रो क्याम्पस , हाम्रो क्याम्पस बनाउन सवैको साथ र सहयोगको आवश्यक्तता छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...