kirsi-samaagri-utpaadan-1733404658.png
Tuesday, 21 Jan, 2025
krishi-suchana-1732709378.png

शिक्षा

पालुङ क्याम्पसमा बि.बि.एस. र बि.ए. मा भर्ना शुरु

palung-campus-1725187104.jpg

 

मकवानपुरको उत्तरी भेगको थाहा नगरपालिका ३ खेल्पुडाँडामा रहेको एक मात्र विश्व विद्यालय शिक्षा प्रदान गर्ने क्याम्पसको रुपमा चिनिने पालुङ क्याम्पसमा अहिले भर्ना अभियान सञ्चालन भैरहेको छ ।

२०६० सालमा स्थापित पालुङ क्याम्पसले स्नातक तहमा भर्ना हुने विवाहित छात्राका लागि मासिक शुल्कमा छुट दिइरहेको छ । क्याम्पसले बुहारीहरुका लागि मासिक शुल्कमा छुट दिदै आइरहेको छ । क्याम्पसमा हाल स्नातक तह प्रथम वर्षको भर्ना चलिरहेको छ । पालुङ बहुमुखी क्याम्पसमा मानविकी र व्यवस्थापन गरी २ संकायमा स्नातक तहको  अध्ययन अध्यापन गराइन्छ ।   

भर्ना अभियान अन्तर्गत ब्यानर टास्ने, रेडियो तथा पत्रपत्रिका मार्फत सूचना प्रकाशन गर्ने लगायतका कामहरु भैरहेको छ साथै विद्यार्थीहरुलाई भर्ना गराउन विद्यार्थी तथा उहाँहरुको अभिभावकलाई फोन गरेरटोलका अगुवा, राजनीतिज्ञ, नेता तथा समाजसेवीहरुले पनि पालुङ् क्याम्पसमै भर्ना हुन अनुरोध गरिरहनु भएको छ ।  अभिभावकहरुले पनि माद्यामिक तह पार गरेर बसेका आफ्नो छोराछोरी सोहि क्याम्पसमा भर्ना गछौँ , बाहिर पठाउँदैनउ भन्ने कुराहरु गरिरहनु भएको छ क्याम्पस प्रमुख राजन मिश्र बताउनु भयो । साथै स्नातक तहका बि ए र बि बि एस दुबै संकायको प्रथम वर्षको पढाई आज भदौ १६ गते देखि सुरु भएको जानकारी दिनुभयो ।

 सूचना विद्यार्थी सम्म पुग्न समय लाग्छ त्यस कारण हामी फोन मार्फत पनि जानकारी गराउँछौ

 पालुङ क्याम्पसमा दक्ष, योग्य तथा अनुभवी प्राध्यापकहरुद्वारा अध्यापनको व्यवस्था, कक्षा १२ मा प्रथम श्रेणी ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई भर्नामा २ महिनाको शुल्क छुटको व्यवस्था, आन्तरिक परीक्षामा तहगत र संकाय प्रथम गर्नेलाई २ महिनाको शुल्क छुटको  व्यवस्था, बाह्य परीक्षामा प्रथम श्रेणी ल्याउने विद्यार्थीलाई ६ महिनाको शुल्क छुटको व्यवस्था, संकाय एवं तह प्रथम गर्ने विद्यार्थीलाई आंशिक छात्रवृत्तिको व्यवस्था, जनजाति, दलित, अपाङ्ग, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थायथोचित पुस्तकालयको व्यवस्था, समयमा नै कोर्स पुरा गराइने, इमेल, इन्टरनेटको व्यवस्था, कम्प्युटर कक्षाको व्यवस्था, बि ए  र बि बि एस दुबै संकायको दोस्रो वर्ष उत्कृष्ट हुने २ जनालाई पालुङ बहुमुखी क्याम्पस बाल मुकुन्द छात्रवृत्तिको व्यवस्था, साथै विभिन्न वित्तिय तथा सहकारी संस्थाहरुले पनि नियमित हरेक वर्ष छात्रबृति आइरहेको छ, साथै स्थानिय सामाजिक अगुवा तथा शिक्षा प्रेमी महानुभावहरुको पनि निरन्तर छात्रबृति सहयोग क्याम्पसमा अध्ययनरत विद्यार्थिहरुको लागी रहेकोले आर्थिक अभावको कारण उच्च शिक्षा हासिल गर्न पाईन भन्नु पर्ने अवस्था नरहेको क्याम्पस प्रमुख वताउनु हुन्छ ।

यस क्याम्पसले शैक्षिक कार्यक्रमहरुमा उत्कृष्टताको सुनिश्चिता, उच्च गुणस्तर मार्फत विद्यार्थिहरुलाई आकर्षित गर्ने ,अनुसन्धानात्मक संस्थाको रुपमा विकास, आधुनिक प्रविधिलाई शिक्षण सिकाई, क्याम्पस परिसरको भौतिक सुविधा र हरित वातावरण सुधार, विद्यार्थीहरुको प्रतिभा प्रकाशनका विविध पक्षका गतिविधिसँग विद्यार्थी युनियन स्व.वि.यु. लाई समयानुसार चलायमा गर्ने जस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ त्यस कारण पनि ढुक्क भएर गाउ घरमा कक्षा १२ उत्रिण भएर स्नातक तह अध्ययन नगरि वसेका सम्पुर्ण भाइबहिनीहरुलाई उच्च शिक्षा अध्ययन अवसरको फाइदा लिई आपm्नो विश्वविद्यालय शिक्षा पढने चाहना पुरा गर्न पालुङ क्याम्पस उचित गन्तब्य हो भन्ने भावना आम जनसमुदायले बुझाउन अनुरोध गर्नुभयो ।

पालुङ क्याम्पस, सामुदायिक क्याम्पस, राम्रो क्याम्पस , हाम्रो क्याम्पस बनाउन सवैको साथ र सहयोगको आवश्यक्तता छ ।

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का
1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ...

एमालेमा ५९ जनाको सामूहिक राजीनामा
FB_IMG_1736141202334-1737357938.jpg

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने
FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि...

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई
FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि...

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने
FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा
FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,
1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
1736955698308-1736955710.jpg

काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G,...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र...