pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

शिक्षा

पालुङ क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न

FB_IMG_1745226209841-1745226295.jpg

पालुङ बहुमुखी क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट आदर्शको अध्यक्षतामा पालुङ क्याम्पसको सभा हलमा परिषद भेला भएको हो।

परिषद भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै परिषद् अध्यक्ष बिष्णु बिष्टले थाहा नगरको शैक्षिक विकासको धरोहरको रूपमा रहेको पालुङ बहुमुखी क्याम्पसको महत्वोपुर्ण भुमिका रहने हुँदा क्याम्पसको विकासको लागि सक्दो सहयोग गरिरहने बताउनुभयो। साथै वहाँले शिक्षामा सहयोग जति गरेपनी अपुग हुने बताउदै सामुदायिक क्याम्पस टिकाउन समस्या रहेको तर समस्याको बाबजुद स्थानियले क्याम्पस टिकाइरहेको उल्लेख गरे । 

तेसै गरि परिषद भेलालाई शुभकामना दिदै त्रिभुवन बिश्वबिद्धालयका प्रतिनिधि राजमान महर्जनले जीवन र जगतलाई बुझ्ने र समाजप्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आवश्यकता भएको औल्याए । उनले आर्थिक अभावले  क्याम्पस बन्द हुन नदिने बताउँदै प्रविधीमैत्री शिक्षामा जोड दिन आग्रह गर्दै यस्को लागि त्रिभुवन बिश्वबिद्धालय सहयोग गर्न तत्पर रहेको उल्लेख गरे।


शुभकामना मन्तव्य दिदै अर्का अतिथी नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामाले नजिकको तिर्थ हेला भन्ने उदाहरण ‘पालुङ क्याम्पस’ भएको बताउदै क्याम्पसले गुणस्तरीय शिक्षा दिन्छ भन्ने सबै तिर सन्देश पु¥याउनू आजको आबश्यकता भएको औल्याए ।

वार्षिकोत्सव समारोहमा क्याम्पस अध्यक्ष बिष्णु बिष्ट आदर्शले आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने क्याम्पस प्रमुख राजन मिश्र द्वारा क्याम्पसको वर्तमान अवस्था र भावी योजनाको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने क्याम्पसका कोषाध्यक्ष  बिमल कुमार ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। भेलालाई क्याम्पस संचालक समिती उपाध्यक्ष सुरेन्द्रमान प्रधानले स्वागत गर्नुभएको थियो भने प्राध्यापक हरीकृष्ण कार्कीले संचालन गरेका थिय । वार्षिकोत्सवको अवसरमा थाहा नगरपालिका ३का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,वडान ४ का अध्यक्ष नारायण लामा,२ का बम बहादुर सिन्तान,वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान  ,नेपाली काङ्ग्रेस नगर उपसभापति नवराज कार्की,राप्रपा थाहाका अध्यक्ष कुलमान तामाङ लगायतकाले शुभकामना दिएका थिए। वार्षिकोत्सवको अवसरमा पालुङ क्याम्पसका स्वबियु पदाधिकारी लगायतका परिषद सदस्यहरु,क्याम्पस संचालक समितिका पदाधिकारी हरु,विभिन्न संघ संस्था तथा  विद्यालयका  प्रधानाध्यापकहरु,प्राध्यापक ,विद्यार्थी हरुको उपस्थिति रहेको थियो।


वार्षिकोत्सवको अवसरमा विभिन्न संघसंस्थाले प्रदान गर्ने छात्रवृत्ति समेत प्रदान गरियो विषयगत उत्कृष्ट प्राध्यापक रामहारी कार्की,उत्कृष्ट अभिभावक सानुभाइ बस्नेत,उत्कृष्ट विद्यार्थी मनिषा बिष्ट र लेखापाल मधुसूदन रायमाझी लाई सम्मानित गरियो। सम्मानित हुनेहरूलाई प्रमुख अतिथी तथा क्याम्पस अध्यक्ष बिष्णु बिष्टले कदरपत्र द्वारा सम्मानित गर्नुभयको थियो।

 

FB_IMG_1745226192290-1745226338.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...