pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

पालुङ क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न

FB_IMG_1745226209841-1745226295.jpg

पालुङ बहुमुखी क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट आदर्शको अध्यक्षतामा पालुङ क्याम्पसको सभा हलमा परिषद भेला भएको हो।

परिषद भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै परिषद् अध्यक्ष बिष्णु बिष्टले थाहा नगरको शैक्षिक विकासको धरोहरको रूपमा रहेको पालुङ बहुमुखी क्याम्पसको महत्वोपुर्ण भुमिका रहने हुँदा क्याम्पसको विकासको लागि सक्दो सहयोग गरिरहने बताउनुभयो। साथै वहाँले शिक्षामा सहयोग जति गरेपनी अपुग हुने बताउदै सामुदायिक क्याम्पस टिकाउन समस्या रहेको तर समस्याको बाबजुद स्थानियले क्याम्पस टिकाइरहेको उल्लेख गरे । 

तेसै गरि परिषद भेलालाई शुभकामना दिदै त्रिभुवन बिश्वबिद्धालयका प्रतिनिधि राजमान महर्जनले जीवन र जगतलाई बुझ्ने र समाजप्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आवश्यकता भएको औल्याए । उनले आर्थिक अभावले  क्याम्पस बन्द हुन नदिने बताउँदै प्रविधीमैत्री शिक्षामा जोड दिन आग्रह गर्दै यस्को लागि त्रिभुवन बिश्वबिद्धालय सहयोग गर्न तत्पर रहेको उल्लेख गरे।


शुभकामना मन्तव्य दिदै अर्का अतिथी नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामाले नजिकको तिर्थ हेला भन्ने उदाहरण ‘पालुङ क्याम्पस’ भएको बताउदै क्याम्पसले गुणस्तरीय शिक्षा दिन्छ भन्ने सबै तिर सन्देश पु¥याउनू आजको आबश्यकता भएको औल्याए ।

वार्षिकोत्सव समारोहमा क्याम्पस अध्यक्ष बिष्णु बिष्ट आदर्शले आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने क्याम्पस प्रमुख राजन मिश्र द्वारा क्याम्पसको वर्तमान अवस्था र भावी योजनाको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने क्याम्पसका कोषाध्यक्ष  बिमल कुमार ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। भेलालाई क्याम्पस संचालक समिती उपाध्यक्ष सुरेन्द्रमान प्रधानले स्वागत गर्नुभएको थियो भने प्राध्यापक हरीकृष्ण कार्कीले संचालन गरेका थिय । वार्षिकोत्सवको अवसरमा थाहा नगरपालिका ३का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,वडान ४ का अध्यक्ष नारायण लामा,२ का बम बहादुर सिन्तान,वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान  ,नेपाली काङ्ग्रेस नगर उपसभापति नवराज कार्की,राप्रपा थाहाका अध्यक्ष कुलमान तामाङ लगायतकाले शुभकामना दिएका थिए। वार्षिकोत्सवको अवसरमा पालुङ क्याम्पसका स्वबियु पदाधिकारी लगायतका परिषद सदस्यहरु,क्याम्पस संचालक समितिका पदाधिकारी हरु,विभिन्न संघ संस्था तथा  विद्यालयका  प्रधानाध्यापकहरु,प्राध्यापक ,विद्यार्थी हरुको उपस्थिति रहेको थियो।


वार्षिकोत्सवको अवसरमा विभिन्न संघसंस्थाले प्रदान गर्ने छात्रवृत्ति समेत प्रदान गरियो विषयगत उत्कृष्ट प्राध्यापक रामहारी कार्की,उत्कृष्ट अभिभावक सानुभाइ बस्नेत,उत्कृष्ट विद्यार्थी मनिषा बिष्ट र लेखापाल मधुसूदन रायमाझी लाई सम्मानित गरियो। सम्मानित हुनेहरूलाई प्रमुख अतिथी तथा क्याम्पस अध्यक्ष बिष्णु बिष्टले कदरपत्र द्वारा सम्मानित गर्नुभयको थियो।

 

FB_IMG_1745226192290-1745226338.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...