jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

पालुङ्ग क्याम्पसको बिकासको लागी सबको साथ आबश्यक:- मेयर बिष्ट

IMG_20220525_083546_81-1653451848.jpg

पालुङ्ग क्याम्पसको मुल समस्यानै आर्थिक भएकोले स्थानिय सरकार बाट प्रयास हुदाहुदै पनि प्रदेश र संघ बाट प्रष्टरुपमा सम्बोधन नभएकोले क्याम्पस आर्थिक रुपमा सबल हुन नसकेको थाहा नगरका नवनिर्वाचित मेयर बिष्णु बिष्ट आदर्श ले बताउनु भएको छ।पालुङ्ग बहुमुखी क्याम्पसले थाहा नगरका नवनिर्वाचित प्रमुख ,उपप्रमुख,लगायत जनप्रतिनिधि हरुलाइ स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा प्रमुख बिष्टले सोकुरा बताउनुभयको हो।प्रमुख बिष्टले क्याम्पसबाट संख्यात्मक र गुणात्मक दुवै किसिमको जनशक्ति उत्पादन गर्नु चुनौती रहेको स्विकार्दै क्याम्पसको बिकासमा सबै सरोकारवाला हरु एकजुट भएर अगाडि बढ्नुपर्ने औल्याउँदै तेसमा क्याम्पस संचालक समितिको अध्यक्ष तथा नगरप्रमुखको हैसियतमा सहयोग भैरहने बताय तेसै गरि उपप्रमुख भरत गोपालीले थाहा नगरको समग्र शैक्षिक बिकासमा आफू डटेर लाग्ने बताउदै पालुङ्ग क्याम्पसलाइ नगरको शैक्षिक केन्द्र बनाउन नगरपालिका लागिपर्ने बताउनुभयो।आज बिहान क्याम्पस हाताभित्र क्याम्पस संचालक समितिका उपाध्यक्ष श्यामभक्त श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा पालुङ्ग क्याम्पसका अध्यक्ष तथा थाहा नगरका नवनिर्वाचित प्रमुख बिष्णु बिष्ट आदर्श , उपप्रमुख भरत गोपाली तथा वडा अध्यक्षहरुलाइ स्वागत तथा सम्मानित गरियको कार्यक्रममा क्याम्पस,संचालक समितिका कोषाध्यक्ष बिमल कुमार ढकाल ,संचालक समिती सदस्य सुरेन्द्रमान प्रधान,बिमलकुमार बिष्ट ,सुदर्शन कार्की,रामशरण थापा,नवनिर्वाचित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु,क्याम्पस प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
स्वागत कार्यक्रममा अभिभावकको तर्फबाट निरन्जन अधिकारी ,क्याम्पस संचालक समितिको तर्फबाट सुरेन्द्रमान प्रधान,प्राध्यापक संघको तर्फबाट हरिकृष्ण कार्की,क्याम्पस प्रमुख रामहरी अधिकारी,कोषाध्यक्ष बिमलकुमार ढकाल ,वडा अध्यक्षको तर्फबाट ३ न वडाका अध्यक्ष हिरेन्द्र रायमाझी , लगायतकाले क्याम्पसको शैक्षिक शुद्धीकरण तथा ब्यबस्थापनमा थाहा नगरको ध्यानाकर्षण गर्दै ,उच्च शिक्षाको लागि नगर बाहिर जानुनपर्ने गरि शैक्षिक बिकाश गर्न नगर लाग्नुपर्ने भन्दै शिक्षा ,स्वास्थ ,पर्यटनको नारालाइ सार्थक बनाउन आग्रह गर्दै शुभकामना दियका थिय।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220525_083040_863-1653451850.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...