jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

पालुङ्ग क्याम्पसको पाँचौ परिषद तथा १९औं वार्षिकोत्सव

IMG_20220411_080909_031-1649674660.jpg

पालुङ्ग बहुमुखी क्याम्पसको पाँचौ परिषद सभा तथा १९औंवार्षिकउत्सव  समारोह आज पालुङ्ग जेसिज हलमा सम्पन्न भएको छ।पालुङ्ग क्याम्पस संचालक समितिको अध्यक्ष बिष्णु बिष्ट आदर्शको सभापतित्व मा सम्पन्न समारोहमा प्रमुख अतिथि थाहा नगरपालिका का  मेयर लबशेर बिष्ट ,नगर शिक्षा साखा प्रमुख शोभाकर रेग्मी ,नेपाली काङ्ग्रेस महादिवेसन प्रतिनिधि राममाया खत्री ,एमाले नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,एमाले जिल्ला सदस्य सुरेन्द्रमान प्रधान ,माओवादी केन्द्र नगर अध्यक्ष बिनोद लामा,नेकपा एकीकृत समाजवादी  का डम्बर लामा,नेकपा एमाले थाहा इन्चार्ज बिष्णु प्रसाद ढकाल,भुपु सैनिक संघ मकवानपुर अध्यक्ष कमल कुमार केसी,भुमी आयोग मकवानपुर सदस्य अरुण रायमाझी ,क्याम्पस प्रमुख रामहरि अधिकारी ,संचालक समितिका सदस्यहरु,नगरभित्रका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरु,पालुङ बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष पुर्सोत्तम कार्की ,पालुङ्ग जेसिज बर्ष २०२२ अध्यक्ष जयराम केसी ,थाहा नगर उद्योग बाणिज्य संघ का भरत गोपाली,जनकल्याण मा बि का अध्यक्ष राजिब स्याङ्तान,थाहा नगर होटल एसोसिएसन अध्यक्ष शिवकुमार खत्री ,स्वबियु सभापति मुकेश गोले,लगायतका उपस्थिति  रहेको समारोह लाई संचालक समितिको उपाध्यक्ष स्वागत श्यामभक्त श्रेष्ठ ले स्वागत गर्नुभयको थियो।समारोह लाई शुभकामना दिदै संघ संस्था को तर्फबाट पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्शोत्तम कार्की ले २०४८ सालमा एकमत हुन नसक्दा नगरमा क्याम्पस खोल्न पाँच बर्ष ढिलो भएको स्मरण गर्दै नजिकको तिर्थ हेला जस्तै क्याम्पस भएको बताउदै पालुङ्ग क्याम्पसले गुणस्तरीय शिक्षा दिन्छ भन्ने सबै तिर पुर्याउनु आजको आबश्यकता भएको र पालुङ्ग बहुउद्देश्यीय सहकारीले छात्रवृत्ति दिदै सहयोग गरिएको बताउनु भयो।अर्का अतिथि सुरेन्द्रमान प्रधानले विद्यार्थी संख्या बढ्न नसक्नु चिन्ताको विषय भएको बताउदै,नगरको बिकासको पुर्वाधार मध्य क्याम्पस भएको र क्याम्पसको बिकासको लागि संचालक समितिको मात्र मुख ताकेर बस्न नहुने ,प्रबिधि मैत्री शिक्षा लाई जोड दिदै क्याम्पस लाई अपनत्वको भावना बिकास गराइ ,क्याम्पस को निति तथा कार्यक्रम परिमार्जन गर्ने बेला भएको मा जोड दिदै नगरका ६२ वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षा लिन कहाँ जान्छन भनेर खोज्नुपर्ने मा जोड दिनुभयो।
तेस्तै माओवादी केन्द्र थाहा नगरका अध्यक्ष बिनोद कुमार लामाले समाजमा भएको शैक्षिक संस्था कत्तिको उत्कृष्ट छ भन्ने मापक तेहा रहेका राजनीतिक दल हरु कत्तिको उत्कृष्ट छ्न भन्ने देखाउने हुदा क्याम्पस को शैक्षिक तथा भौतिक प्रगती मापक हुने बताय।
नेकपा एमाले थाहा नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल ले पालुङ्ग मा क्याम्पस स्थापना गर्नुपर्छ भनेर दिलोज्यान लगाउने तत्कालीन दामन पालुङ आर्थिक बिकास समिति का अध्यक्ष बाशुदेव बिष्टलाई बिर्सनु नहुने बताउदै तेतिबेला १५ लाखको बजेटमा शिक्षा लाई महत्वपूर्ण दिदा अहिले १ अर्बको बजेट हुदा शिक्षा लाई कति छुट्टायौ समिक्षा गर्ने बेला भएको मा जोड दिनुभयो।


समारोहमा नेपाली काङ्ग्रेसका नेतृ राममाया खत्रीले क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने भन्दै शुभकामना दिनुभयो।
प्रमुख अतिथी थाहा नगरपालिका प्रमुख लबशेर बिष्टले जीवन र जगतलाई बुझ्ने र समाज प्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आबश्यकता भएको औल्याउँदै ,आर्थिक अभावले पालुङ्ग क्याम्पस बन्द हुन नदिने बताउदै आजको आबश्यकता प्रबिधीमैत्री शिक्षामा नगर अगाडि बढ्न तयार रहेको र यस्कोलागी हातेमालोको आबश्यक रहेको बताउदै समारोह लाई शुभकामना दिनुभयो।


तेस्तै अध्यक्ष बिष्णु बिष्ट आदर्श ले आफ्नो शुभकामना मन्तव्य दिदै अध्यक्ष को नेतृत्व सम्हालेर भौतिक ,आर्थिक एवं प्राज्ञिक बिकासको कार्यलाई यथासम्भव अघि बढाउदै आयको र युगानुसार अघि बढाउन धेरै कार्यहरु गर्न बाकी रहेको स्मरण गदै,सिमित विद्यार्थीबाट दुईवटा संकायमा पठनपाठन हुँदै आएको सन्दर्भलाई हेर्दा अगाडि बढ्न चुनौती रहेको औल्याउँदै नगरपालिकाको मात्र आर्थिक सहयोगले नपुग्ने भन्दै प्रदेश तथा संघबाट किटानी साथ रकम प्राप्त नहुदासम्म क्याम्पस आर्थिक रुपमा सबल हुन कठिन रहेको भन्दै सबै सरोकारवाला एकजुट भएर संस्थागत हितमा जुट्नु नितान्त आबश्यक रहेको बताउदै आगामी बर्षमा सबैको साथ र समयको माग बमोजिम संकाय र विषय पनि थप गरी पठनपाठनको तथा अनुसन्धानका दायरालाई फराकिलो पार्दै लगिने बताउनुभयो।
             समारोह मा प्रमुख अतिथि लबशेर बिष्ट  द्वारा क्याम्पस द्वारा प्रकाशित पालुवा स्मारिका बिमोचन गरियको थियो भने १९ औ बर्ष प्रवेश को उपलक्ष्य मा आयोजित साताब्यापि अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुनेलाइ प्रमाणपत्र बितरण गरियो भने बिबिएस संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी बिकेस गोपाली तथा राकेश प्रधानलाइ सम्मानित गरियको थियो तेस्तै विषयगत प्राध्यापक द्वय संतोष हमाल र सवलद्दिन मिया लाई पनि सम्मान गरियो।आर्थिक प्रतिबेदन बिमल कुमार बिष्टले प्रस्तुत गर्नुभयको समारोहमा २३ जना विद्यार्थीलाई विभिन्न संघ संस्था तथा ब्यक्तिहरु द्वारा प्रदान गरिएको छात्रवृत्ति प्रदान गरियको थियो,भने विद्यार्थीहरुले सास्कृतिक प्रस्तुति दियका थिय।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

IMG_20220411_081355_359-1649674708.jpg
IMG_20220411_081237_020-1649674709.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...